माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?
१८ फागुन २०८०
•
१ मिनेट पाठ
माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताएका छन्।




संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गरेका हुन्। शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताए।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो। यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ। र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं। सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु।’
अर्को समाचार
सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल
२३ साउन २०८०
•
२ मिनेट पाठ
सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले छानविन गरिरहेको भन्दै छानविन निष्कर्षमा नपुगुञ्जेल अर्को छानविन समिति आवश्यक नभएको बताएका छन्।




मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन दिन प्रतिपक्षी दलहरुलाई आग्रह गरे। उनले सरकारले गरेको छानविनलाई निष्कर्षमा नपु¥याउँदै अर्को समिति बनाउँदा जारी छानविनमाथि नै प्रश्न उठ्ने बताए।

छानविन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरुलाई आफ्नो काम गर्न दिनुपर्ने उनको भनाइ छ। उनले आफुहरु संसदीय छानविन समितिको विरोधी नभएको स्पष्ट पार्दै यस प्रकरणमा भने सरकारको छानविन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उल्लेख गरे। सांसद पौडेलले गृह प्रशासनले गरिरहेको छानविनको कामलाई सघाउन पनि आग्रह गरे।

उनले भने, ‘संविधान बनाउँदाखेरी सिआइबि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सर्तकता केन्द्र यस प्रकारका निकायहरु राख्नु हुँदैन भनेर त्यतिबेला कुनै राजनीतिक दल विशेष वा कसैको विमति थियो र? यि कुनै पार्टी विशेषका संस्था हुन? वा यस प्रकारका घटनाहरुको छानविन गर्नका लागि संवैधानिक हिसाबले नै हामी सबैले निर्णय गरेर अगाडी बढाइएका राज्यका निकायहरु होइनन् र? यी निकायहरुले अगाडी काम गर्दैगर्दा, यिनीहरु निष्कर्षमा नपुगिकन अर्को छानविन गर्ने समिति बनाउँदाखेरी गरिराखेको छानविनमाथि प्रश्न उठ्दैन र? एकजना सर्जन डाक्टरले थिएटरभित्र गएर बिरामीको अप्रेशन गरिराखेको बेलामा अर्को डाक्टरले ढोका फोडेर गयो भने बिरामीको हालत के होला? अहिले सम्बन्धित निकायले दृढतापूर्वक अगाडी बढाइराखेको छ। छानविन गरिराखेको छ। हामी सिद्धान्तत्ः संसदीय छानविन समितिको बिरोधी होइनौँ। तर छानविन त भइराखेको छ नि। त्यसको निष्कर्ष आउन्जेलसम्म धैयर्तापूर्वक बसेर गृह प्रशासन र यसप्रकारका अन्य राज्यका निकायहरुले गरिराखेको कामलाई सहयोग गर्नका निम्ति प्रतिपक्षका साथीहरुलाई म हार्दिक अनुरोध गर्न चाहान्छु। किनभने भ्रष्टाचारको कुनै अनुहार हुँदैन। भ्रष्टाचारको कुनै भुगोल हुँदैन। भ्रष्टाचारको कुनै दल हुँदैन । हामी सबैले सामुहिक रुपमा मिलेर राज्यले स्थापित गरेका, संविधानले स्थापित गरेका त्यसप्रकारका निकायहरुबाट छानविन प्रक्रियालाई अगाडी बढाउँदा माननीयज्यूहरुले त्यसलाई सहजतापूर्वक लिएर स्याब्बासी गर्नुभएको भए हुन्थ्यो।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस