संकटमा गठबन्धन
२१ फागुन २०८०
•
४ मिनेट पाठ
संकटमा गठबन्धन
सरकार सञ्चालनमा गठबन्धन गरिरहेका  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ। राष्ट्रियसभा अध्यक्ष कांग्रेस र माओवादी केन्द्र कसले लिने भन्ने विषयमा असमझदारी बढ्दै जाँदा ओलीले सक्रियता बढाएका हुन्।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर सरकार सञ्चालनमा देखिएको समस्याबारे अवगत गराएका थिए। उनीहरूले सत्ता गठबन्धनभित्र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीसँग अस्वाभाविक रूपमा भेटघाट गरिरहेको र राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई नदिने गरी गठबन्धन भत्काउन लागिपरेको ब्रिफिङ गरेका थिए। उनीहरूले गठबन्धन जोगिने अवस्थामा सामूहिक राजीनामा दिने पनि वचन दिएका थिए।

कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीको हेपाइमा परेको समेत बताएका थिए। प्रधानमन्त्रीले अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई निकृष्ट व्यवहार गरेको र गठबन्धन जोगिने सर्तमा त्यो पनि सहेर बसेको उनीहरूले बताएका थिए।

‘हामीले सभापतिलाई सबै कुरा भनेका छौं। गठबन्धनमा रहने-नरहने भन्ने सोमबार बस्ने  दलहरूको बैठकबाट निर्भर हुन्छ,’ सभापति देउवासँग छलफलपछि फर्केका एक मन्त्रीले भने। उनका अनुसार देउवाले सरकारमा रहेका मन्त्रीहरूसँग छलफल गरेलगत्तै सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बोलाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्।

कांग्रेसका मन्त्रीहरूले सभापतिसँग छलफल गरिरहेको अवस्थामा एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गरेका थिए। आइतबार साँझ उनीहरूसँग प्रधानमन्त्री दाहालले छलफल गरेको सुइँको पाएपछि देउवाले मन्त्रीहरूको राजीनामा रोकेका थिए।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्रीले बोलाएपछि विपक्षी दलको नेता जानु स्वाभाविक हो। भेटघाटमा अहिलेको राजनीतिक परिस्थितिबारे छलफल भएको हुन सक्छ,’ उनले भने।

दाहाल–ओली भेटपछि माओवादीका नेताहरू वर्षमान पुनलगायत बालुवाटार पुगेका थिए। राति बालकोटस्थित ओलीनिवासमा एमाले नेताहरूले पछिल्लो पटक विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गरेका छन्। एमाले नेताहरू ईश्वर पोखरेललगायत बालकोट छलफलमा सहभागी थिए। यसैगरी माधव नेपालको निवासमा पनि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताहरूबीच विकसित राजनीतिक  घटनाक्रमबारे छलफल भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबार पारित गर्ने तयारी भए पनि कांग्रेसकै कारण रोकिएको प्रधानमन्त्रीको बुझाइ छ। त्यसले गर्दा पनि गठबन्धनमा दुई पार्टीबीच बढी दरार आएको बताइन्छ। 

एमालेले यसअघि असहमति जनाउँदै आएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाको परिभाषामा दोहोरो भिडन्तमा मृत्यु भएका बाहेक ‘स्वेच्छाचारी’ रूपले गरेको हत्या भन्ने विषयमा ‘नियतवश’ शब्द थपेर अगाडि बढाउन सहमति जनाएको थियो। तर कानुनमन्त्री धनराज गुरुङले थप छलफल गर्ने भन्दै त्यसलाई रोकिदिए। कानुनमन्त्री गुरुङको यो कदमले पनि प्रधानमन्त्री दाहाल हच्किएको स्रोतको दाबी छ।

दिउँसो संसदीय समितिमा टिआरसी विधेयक रोकिएपछि प्रधानमन्त्रीसँग माओवादीका नेताहरूले कांग्रेससँगको सहकार्य टुटाउन दबाब दिएका थिए। सत्ता गठबन्धनमा आएको खटपटपछि एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ। छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेता वर्षमान पुनसहित प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पनि भेटघाट भएको छ।

आइतबार साँझ दाहाल र ओली तथा दाहाल र लामिछानेबीच भएको भेटघाटले कांग्रेस तर्सिएको छ। यो विषयले सोमबारको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकमा प्रवेश पाउने भएको छ। माओवादी प्रवक्ता अग्नि सापकोटाले नेताहरू परस्पर रूपमा भेटघाट गर्दैमा गठबन्धन नटुट्ने बताए।

‘नेताहरूबीच संसद्मा उठेका विषयमा संवाद भइरहेका हुन्छन्। यसले गठबन्धन टुट्छ भन्ने हल्ला फिँजाउनु भ्रम फैलाउनु मात्रै हो,’ प्रवक्ता सापकोटाले भने। सोमबार बिहान बस्ने भनिएको गठबन्धन बैठकमा अहिलेको राजनीतिक परिस्थितिबारे छलफल हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन, मन्त्री हेरफेरको विषय र अन्य राजनीतिक परिस्थितिबारे छलफल हुन सक्छ,’ उनले भने।

गठबन्धनभित्र गम्भीर समस्या आएकै कारण परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित गरेको हो। ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन,’ परराष्ट्र मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ।

परराष्ट्रमन्त्री साउदको भ्रमण स्थगित गर्न लगाएर देउवाले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका थिए। गत पुसदेखि नै प्रधानमन्त्री दाहालले कार्यक्षमतामाथि प्रश्न उठाएर मन्त्री हेरफेर गर्ने जनाएका थिए। शनिबार मात्रै मन्त्री हेरफेरबारे सहमत भएका देउवाले आइतबार भने कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीको राजीनामा लिने सोच बनाएका थिए। तर दाहाल–ओलीको भेटले मन्त्रीहरूको राजिनामा लिनेभन्दा पनि गठबन्धन दलको बैठकमा छलफल गरेर मात्रै मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेको स्रोतको दाबी छ।
अर्को समाचार
एमाओवादी नेतृत्वको २० दलीय गठबन्धन संकटमा
२१ मंसिर २०७१
•
५ मिनेट पाठ
एमाओवादी नेतृत्वको २० दलीय गठबन्धन संकटमा
काठमाडौं–एमाओवादी नेतृत्वको २० राजनीतिक दलको गठबन्धन संकटमा परेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलको मोर्चा गठन गर्ने प्रस्तावमा सहमति हुन नसकेपछि गठबन्दन संकटमा परेको हो।आइतबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धनको बैठकमा ‘संघीय लोकतान्त्रिक गठबन्धन नेपाल' गठन गर्न प्रस्ताव आएपछि मोर्चा गठन गर्ने वा नगर्ने भन्ने विषमया विवाद भएको हो। गठबन्धनमा आबद्ध पाँच दलले मोर्चा गठन गर्दा सहमतिको वातावरण बिग्रने भन्दै असहमति जनाएका हुन्। नेपाल परिवार दल, नेपाली जनता दल, मधेस समता पार्टी,  दलित जनजाती पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले असहमति जनाएपछि मोर्च गठन संकटमा परेको हो। उनीहरुले मोर्चा गठन गरे आफूहरु गठबन्धनबाट बाहिरिने समेत चेतावनी दिएका छन्।

मोर्चा गठनको बिरोधमा रहेका दलले संधिवानका विवादित विषयमा सबैको धारणा फरक-फरक भएकाले मोर्चा गठन गर्न नसकिने बताएका थिए। नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले राजनीतिक सहमतिमा संविधान जारी गर्नुपर्ने भन्दै मोर्चाबन्दीले सहमतिको वातावरण विगार्ने जनाउ दिएर बैठकमा अनुपस्थिति भएको जनाए। ‘मलाई मोर्चा गठनको प्रस्तावमा सहमति जनाउन आग्रह गरिएको थियो,' ढकालले नागरिकन्युजसँग भने, ‘सहमतिको वातवरण बिग्रने गरी राजनैतिक ध्रुविकरण गर्ने पक्षमा हामी छैनौ।’ उनले दलहरुबीच सहमतिका लागि गम्भिररुपमा छलफल भैरहेको र परिवर्तनलाई संस्थागत गर्ने कुरामा प्रमुख दल एक रहेको उनले बताए।
२० दलको सहभागितामा मोर्चा गठन गर्नका लागि एमाओवादी नेता कृष्णबहादुर महरा नेत्तृपत्वको समितिले अवधारणापत्रसमेत तयार पारेर बैठकमा पेश गरेको थियो। संविधानसभाबाट निर्धारित मितिमा सहमतिबाट संविधान जारी गर्ने वातावरण मिलाउन मोर्चा गठन आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ। पत्रमा मोर्चा गठन गरिसकेपछि संविधानसभा बाहिर रहेका राजनीतिक दल, संघसंस्था, नागरिक समाजलाई समेत समावेश गराउने उल्लेख छ।
नागरिकन्युजसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र संघीयता पक्षधरको मोर्चा बनाउने कुरा सकारात्मक भएपनि मधेसको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।  
बैठकमा सहभागी नेपाल जनता दलका अध्यक्ष एवं सभासद हरिचरण साहले संविधानका विवादित विषमया सबै दलको फरक-फरक धारणा भएकाले कुनै एक विषयमा पनि सहमति नगरी मोर्चा गठन गर्न नसकिने बताए। उनले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली वा न्याय प्रणालीमध्ये एक विषयमा मात्र पनि सहमति गर्नसके मोर्चा गठनको औचित्य पुरा हुने धारणा राखे। ‘मुख्य विवादित विषयमा २० दलका २० थरी धारणा छन्,' उनले भने, ‘सके सबै विषयमा समान धारणा बनाउनुपर्छ। त्यसो हुन नसके एक विषयमा मात्र भएपनि सहमति नगरेसम्म मोर्चा गठनको औचित्य छैन।'

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा सहभागी सबै दललाई मोर्चा बनाएर सहमतिबाट संविधान जारी गर्न सशक्त भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। दाहालले पहिचान र संघीयता पक्षधर बलियो भएमात्र जनताको संविधान बन्ने बताएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। मोर्चा गठन गर्ने प्रस्ताव सहयात्री दलहरुबाटै बिरोध भएपछि अर्को बैठकमा छलफल गर्ने भन्दै अवधारणापत्र अध्ययनको लागि भन्दै वितरण गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस