इलाम २ को उपनिर्वाचनमा नेकपा (एस)बाट जितबहादुर राई उम्मेदवार
१५ चैत्र २०८०
•
२ मिनेट पाठ
इलाम २ को उपनिर्वाचनमा नेकपा (एस)बाट जितबहादुर राई उम्मेदवार
इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ।  




पार्टीले जिल्लाबाट सिफारिस गरेका तीन जनामध्ये राईलाई उम्मेदवार बनाउने निर्णय केन्द्रीय सचिवालयले गरेको हो । तर,पार्टीले आधिकारिक रूपमा उनको उम्मेदवारी सार्वजनिक गरेको छैन।  

नेकपा (एस)ले जिल्लाबाट केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेत, जिल्ला सचिव हरिबाला राई र सचिवालय सदस्य जितबहादुर राईको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो। पार्टी जिल्ला सदस्य चेतन अधिकारीले राईको नाममा निर्णय भएको सूचना आएको बताए।  

उम्मेदवार राई इलामकै माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। उनी गत २०७९ सालको निर्वाचनमा भने तत्कालीन गठबन्धनबाट नेकपा (एमाले) उम्मेदवार कुशबहादुर राईसँग अध्यक्ष पदमै पराजित भएका थिए।  

यसअघि नेकपा (एस)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल,केन्द्रीय सदस्य रामचन्द्र पराजुली र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए। तर, खनाल, पराजुली र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदमात्रै अघि सार्न खोजेको थियो। खनाल २०७९ सालको निर्वाचनमा जिल्लाकै क्षेत्र १ बाट पराजित भएका थिए।  

नेकपा (एमाले)ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा (एस)ले खनाल, पराजुली र केसीलाई जिल्लाबाट सिफारिस गरेको छैन।

यस्तै,इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ । २०७९ को निर्वाचनमा नेम्बाङ यो क्षेत्र ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। नेकपा (एस)समेतको गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

समानुपातिकतर्फ यो क्षेत्रमा नेकपा (एस)ले पाँच सय ८६ मत ल्याएको थियो। एमालेले २६ हजार पाँच सय ६२,कांग्रेसले २२ हजार तीन सय ३३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।  
अर्को समाचार
नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।




शनिबार र आइतबार हेटौंडामा सन्चालन भएको पार्टीको नवौं जिल्ला अधिवेशनले दाहालकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। ५८ सदस्यीय जिल्ला कार्यसमितिको कार्यकाल ३ वर्षको हुने बताइएको छ।

दाहालले यसअघि पनि अध्यक्ष पदमा रहेर काम गरेका थिए। जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिव ध्रुवबहादुर भुजेल, उपसचिव टंकबहादुर मोक्तान, बेगम बराल र  कविन पन्त चयन भएका छन्।

रिक्त रहेको एक उपाध्यक्ष र सदस्य पछि मनोनयन गरिने बताइएको छ। अध्यक्षमा चयन भएका दाहालले पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर लागिपर्ने योजना रहेको बताए।

‘पछिल्लो समय नेकपा एकीकृत समाजवादीप्रति आकर्षण बढेको छ। पार्टीलाई अझ बलियो बनाउने जिम्मेवारी छ’, दाहालले भने, ‘सबैलाई समेट्दै अघि बढिनेछ।’ महाधिवेशनको तयारीमा रहेको एकीकृत समाजवादी मकवानपुरको अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए।
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस