मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्। मङ्गलबार प्रदेशसभामा उपस्थित ६१ सांसदले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरे।
दुई पटक बैठक स्थगित भएपछि प्रतिपक्षी दलहरू भने प्रदेशसभा बाहिरै बसेका थिए। जस कारण उनको विपक्षमा शून्य मत परेको छ।
१०७ सदस्य प्रदेश सभामा सामान्य बहुमत ५४ सांसद समर्थन चाहिन्छ। मुख्यमन्त्री यादवको पक्षमा ६१ सांसदले हस्ताक्षर गरेपछि सदनको विश्वास मुख्यमन्त्रीमाथि रहेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।
मुख्यमन्त्री यादवलाई आफ्नो दलको १९, एमालेको सभामुखसहित २४, नेकपा एकीकृत समाजवादीका ७, माओवादी केन्द्र ९ र अन्य स्वतन्त्र सांसदहरूको समर्थन छ।
प्रकाशित: ४ वैशाख २०८१ २२:०१ मंगलबार