६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा कांग्रेस सरकारको पक्षमा उभिने

नेपाली कांग्रेस कोशी संसदीय दलले कोशी प्रदेश सरकारको पक्षमा उभिने जनाएको छ।

दलका प्रमुख सचेतक गोपाल तामाङले आइतबार कोशी प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै दलको बैठकले सरकारको पक्षमा उभिने निर्णय गरिसकेका कारण सोहि अनुसार कांग्रेस अघि बढ्ने जानकारी दिए।

‘संविधानले दिएको बाटोलाई अबलम्बन गरेर जे–जे गर्न सकिन्छ गर्ने’ तामाङले भने ‘संविधान अनुसार सरकारलाई हरसम्भव सहयोग गछौं।’

मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार वा राजनीतिक जुनसुकै निर्णय गरेपनि कांग्रेसले मुख्यमन्त्रीलाई सहयोग गर्ने स्पष्ट पारे। कोशी प्रदेशसभाले अनुमानको भरमा संकल्प प्रस्ताव पारित गर्नु गलत भएको तामाङले बताए।

सरकार अल्पमतमै परेको भए मुख्यमन्त्रीले विश्वासको मत लिने समयसम्म नपर्खी संसदबाट संकल्प प्रस्ताव पारित गर्नु गलत भएको तामाङको धारणा छ। उनले वैशाख २५ पछि कोशीको राजनीतिक अन्योल अन्त्य हुने स्पष्ट पारे। तामाङले भने ‘वैशाख २५ पछि कोशीमा देखिएको अन्योल अन्त्य हुन्छ।’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गते भित्र विश्वासको मत लिन निर्देश गर्ने, मुख्यमन्त्रीले विश्वासको मत नलिए प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सम्बन्धी संकल्प प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भइसकेको छ।

तर, मुख्यमन्त्री केदार कार्की भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार संसदको नेतृत्वमा गठन भएको सरकारको विकल्प नयाँ सरकार गठन हुन नसक्ने दाबी गर्दै आएका छन्।

कार्कीले संविधान अनुसार एक पल्ट विश्वासको मत लिएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नमिल्ने भएकाले दुई वर्षसम्म यहि सरकार रहने बताउँदै आएका छन्।

प्रकाशित: २३ वैशाख २०८१ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App