७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस

क्याप्शन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठक यस्तो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै  प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम हिनामिना प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समितिको आवश्यकताको पुष्टि भएको र समिति गठन नभएमा सदन अवरुद्ध हुने बताए।

सहकारीको रकम दुरूपयोगको विषयमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको प्रमाण आइसकेको भन्दै उनले आफूहरूको बटमलाइन समिति नै रहेको बताए।

संसदको बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। यो बैठकमा शीर्ष नेताहरूलाई बोल्न दिने तयारी छ।

प्रकाशित: २८ वैशाख २०८१ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App