राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन, तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा भने राजनीतिमा महिलालाई बाध्य बनाइएको छ। किसान आन्दोलनबाट राजनीतिमा सक्रिय सिंह सिराह क्षेत्र नं २ बाट आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक सांसदमा चुनिएकी हुन्। पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित जनमत पार्टीकी विनिताकुमारी सिंहसँग गरिएको संवाद :
राजनीतिमा आउनुअघिको दिनचर्या कस्तो थियो ?
राजनीतिमा आउनुअघि घरपरिवार सम्हाल्नमै व्यस्त थिएँ। महिलाले घरपरिवार सम्हाल्नैपर्छ त्यसपछि मात्रै अरु क्षेत्रमा सक्रिय हुनुपर्छ। पहिलो रोजाइ परिवार नै पर्छ।
परिवार सम्हाल्दै राजनीति गर्दा के कस्ता चुनौती आउँदा रहेछन् नि ?
पहिलो कुरो त मधेसका महिला घुम्टो उठाउँदै अघि बढ्नुपर्ने मुख्य चुनौती छ। म पनि त्यही माटोमै हुर्किएकी हुँ। म त्यो घुम्टोबाट अछुतो कसरी हुन सक्छु र ? तर पनि ममा राजनीतिक चेत छ। यसैले परिवारमा मात्रै रुमलिएर हुँदैन, देश र जनताका लागि पनि केही गर्नुपर्छ भन्ने भावना सँगालेकी छु। त्यही भावनाले नै म घुम्टो खेलेर सदनमा पुग्न सफल भएकी हुँ। मधेसका सीमित महिला मात्र राजनीतिमा आउने अवसर पाउँछन्।
चुनौतीचाहिँ के रहेछन् त ?
चुनौती थुप्रै छन्। दुई वर्षअघि प्रतिनिधिसभाको सांसदको शपथ लिँदा काखमा चार वर्षको छोरो थियो। तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न मेरो दैनिकी व्यस्तता कति छ भनेर। बिहान उठेदेखि बेलुकासम्म फुर्सद पाउँदिनँ। छोरालाई खाना पकाएर खुवाऊ, स्कुल पु¥याऊ, परिवारको सेवा गर अनि संसद जाऊ। राति परिवार मस्त निदाउँछन्, म संसदको विधेयक पढ्न थाल्छु। म संसदको शिक्षा स्वास्थ्य समितिमा पनि छु। समितिको दैनिकजसो बैठक हुन्छ। त्यसका लागि अध्ययन गर्नुपर्छ। परिवार र जनताको सेवा एकसाथ गर्दै आएकी छु।
पारिवारिक अनुभव त सबै महिलाको उस्तै हो, संसद्को अनुभव कस्तो हुँदो रहेछ ?
दुई वर्षअघि संसद बैठकमा पहिलोपटक पस्दा रमाइलो लाग्यो। पछि बुझ्दै गएँ यहाँ रमाइलो होइन, गम्भीर हुनुपर्दो रहेछ। जनताप्रति जिम्मवार हुने क्षेत्र रहेछ। जनताकै लागि बोल्ने थलोमा पुगेकी रहेछु। संसदको दोस्रो वर्ष मात्रै यहाँको भाव बुझ्न थालेँ। मैले खासगरी जहाँबाट निर्वाचित भएकी थिएँ, त्यहाँका जनता भेट्न थालेँ। उहाँहरुका समस्या संसद बैठकबाट उठाउँदै आएकी छु।
कस्ता समस्या राख्दा रहेछन् जनता ?
सिरहा जिल्ला शिक्षा, स्वास्थ्य, रोजगार सबै हिसाबले पछि परेको ठाउँ हो। खासगरी यहाँका महिलाको स्थिति दर्दनाक छ। मधेसी दलितको स्थिति उस्तै पीडादायी छ। भोक, गरिबी, अभाव, असुरक्षालगायतका समस्या छन्। सांसदले उहाँहरुका कुरा सुनिदिए मात्रै पनि धेरै राहत मिल्छ जस्तो लाग्छ। त्यसैले पनि म गाउँमै जान्छु र उहाँहरुका कुरा सुन्छु। महिला दिदीबहिनीहरु मसँग खुलेर धेरै गुनासो राख्नुहुन्छ।
सिरहाका महिलाका कस्ता गुनासा छन् नि ?
अति सूक्ष्म र महत्वपूर्ण पनि छन्। पछिल्लो समय आत्मनिर्भर बन्नुपर्छ भन्ने धारणा विकास भएको छ। आफ्नै खुट्टामा उभिन चाहनुहुन्छ। कपडा सिलाउने मेसिन, धुप बनाउने सामग्री, व्यापार गर्ने लगानी दिनुप¥यो सांसदज्यू भन्ने गर्नुहुन्छ।
उनीहरुका माग पूरा गर्नुभएको छ त?
यो प्रश्न मैले आफैंलाई पटकपटक सोध्ने गरेकी छु– के साँच्चिकै मैले आफ्ना मतदाताका समस्या सम्बोधन गर्न सकेकी छु त ? उत्तर पनि आफैंल पाउँछु, ‘छैन।’
नेताहरुले जनताका माग पूरा गरेकै छौँ भनेर ठोकुवा गर्छन्, तपाईं पनि भन्न सक्नुहुन् ?
म झुटो बोल्न सक्दिनँ। मैले जे गरेकी छु, त्यो मात्र बोल्छु। नगरेको कुरा म गर्दिनँ। मैले जनतालाई वास्तवमै केही गर्न सकेकी छैन। प्रयास भने निरन्तर गरिरहेको छु। नतिजा आउने प्रतीक्षामा छु। सांसद एक्लैले जनताका आवश्यकता पूरा गर्न सक्दैन। हामी जनताका कुरा सदनमा पुर्याउँछौं तर सरकारले सुन्दैन भने कसरी माग पूरा हुन्छ र ?
सांसदका कुरा सरकारले सुन्दैन ?
सुन्छ मात्रै सम्बोधन हुँदैन। मधेसजस्तो पिछडिएका क्षेत्रको प्रतिनिधित्व गर्ने महिला सांसद हुँ। मैले पटकपटक सदनमा मधेसी जनताको आवाज उठाएकी छु, चाहे त्यो पुल, सडक, शिक्षा, स्वास्थ्य तथा रोजगार नै किन नहोस्। विशेषगरी सिरहामा स्नातक तहको इन्जिनियर विश्वविद्यालय खोल्नुपर्ने मेरो माग छ। सिरहामा चिस्यान केन्द्र जरुरी छ।
तपाईं आफैंले भन्नुभयो जनतालाई सहयोग गर्न पाइनँ। सहयोग गर्न केले रोक्यो ?
सबैभन्दा ठुलो अवरोध आर्थिक रहेछ। सांसद जनतासँग प्रत्यक्ष ठोक्किन्छन्। एक अर्थले सांसद जनताको गुनासो पेटिका हो। केही सहयोग गरिहालौं भने पनि आफूसँग बजेट छैन। मैले पटकपटक फन्ड जुटाउनका लागि अर्थ मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालयहरु धाएकी छु। सबैबाट एउटै उत्तर आउँछ, ‘माननीयज्यू, सहयोग गर्न त हुन्थ्यो तर बजेटै छैन।’ अहिले त सदनमा जनताका पीडा थाँती राखेर सत्ता लडाइँ भइरहेको मात्रै देख्छु। –रासस