जनताका मुद्दाहरूलाई केन्द्रित गरेर एमाले-काँग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छः काँग्रेस
१९ असार २०८१
•
२ मिनेट पाठ
जनताका मुद्दाहरूलाई केन्द्रित गरेर एमाले-काँग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छः काँग्रेस
नेपाली काँग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि काँग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएका छन्। मंगलवार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।




उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए। आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको उनको भनाइ छ। उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको र सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताए।

उनले भने, ‘देशको महत्वपूर्ण मुद्दाहरु छन्। संविधानको विषय छ। यि तमाम मुद्दालाई केन्द्रित गरेर मात्रै हामी सरकार निर्माणमा संलग्न हुन्छाै। खालि सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ भनेका थियौँ। अन्तत्व गत्वा महत्वपूर्ण मुद्दालाई आम जनताको चासो र चिन्ताको विषय छ, सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ। त्यो समझदारीमा मुलभुत रुपमा स्थायित्वको जुन समस्या छ, आम जनता पनि त्यसबाट चिन्तित छन्। त्यसले आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो पारेको छ। सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो पारेको छ। अन्योलको स्थिति सिर्जना भएको छ। त्यसलाई महत्वपूर्ण आधार बनाएका छौँ। संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसावले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ।’

उनले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुगेकाे भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे। 
अर्को समाचार
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
०७ साउन २०८२
•
७ मिनेट पाठ
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
 एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम दिन मंगलबार राती एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नोट अफ डिसेण्ट दर्ज गराए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा आउन हुन्न भन्ने प्रस्तावमा उनको नोट अफ डिसेण्ट थियो । 




पार्टीको छैटौँ महाधिवेशनमा तत्कालीन विद्यार्थी नेताहरु योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई प्रतिनिधि हुनबाट रोक्ने र महाधिवेशन हलबाटै कारबाहीको गर्ने जुन निर्णय गरियो त्यसले पार्टीलाई कालान्तरमा ठूलो नोक्सानी पुग्यो भन्दै यस्ता निर्णय गर्दा सुझबुझ अपनाउनु पर्ने र छलफलबाट समाधान खोजिनुपर्ने बताएका थिए । ‘छैटौँ महाधिवेशनमा के भएको त्यो पनि सम्झनुपर्छ ,योगेशजी अहिले यहाँ सचिव हुनुहुन्छ, छैटौँ महाधिवेशनमा उहाँमाथि १०वर्षको कारबाही गरिएको थियो, हतारमा कारबाही गर्दा, र यस्ता निर्णयले पार्टीलाई क्षति पुगेको इतिहास हामीसँग छ’, उपाध्यक्ष पाण्डेले भनेका थिए ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो प्रतिवाद गरेर विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गराए। एमाले उपाध्यक्ष समेत रहेका पाण्डेले यति बेला उठाएको विषय र त्यस बेला के भएको थियो भनेर केही हामीले इतिहास फर्केर हेर्नुपर्ने हुन्छ । 

यस्तो छैटौँ महाधिवेशनको पृष्ठभूमि:

२०४९ सालमा पाँचौ महाधिवेशन सकिएपछि नेपालमा एमालेको शक्ति र महासचिव मदन भण्डारीको क्रेज ह्वात्तै चुलियो । संसदमा एमालेको सशक्त उपस्थिति र मदन भण्डारीको सम्बोधनले एमालेलाई हेर्ने दृष्टिकोण परिवर्तन आयो।

पाँचौ महाधिवेशनपछि एमाले संसदीय राजनीतिमा अभ्यस्त हुन थालिसकेको थियो । तर त्यही क्रममा ०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा मदन  भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि पार्टीले दोस्रो वरियता क्रममा रहेका माधव नेपाललाई  महासचिव तय गर्‍यो । उनी निरन्तर १४ वर्ष महासचिव भइरहे । ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा पार्टीको खराब नतिजा आएपछि मात्रै ०६५ बैशाख १ गते पदबाट राजीनामा दिएका थिए । सोही महिनाको १५ गतेदेखि बसेको पार्टी बैठकको पहिलो दिन नै उनको राजीनामा स्वीकृत गरेको थियो । 

जब मदन भण्डारी जीवराज आश्रितको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा मृत्यु भयो त्यसपछि एमालेले उहाँहरुको हत्या भन्दै देशव्यापी आन्दोलन गर्‍यो । तर त्यो हत्या हो या दुर्घटना हो भन्ने बारेमा एमाले अहिलेसम्म अलमलमै छ । एमालेले पटक पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा पुन अनुसन्धान गर्ने जमर्को भएको छैन।

२०५१ सालमा मुलुकमा मध्यावधि निर्वाचन भयो । त्यो निर्वाचनपछि एमाले ८८ सीट जितेर मुलुकको सबैभन्दा ठूलो दल बन्यो । पहिलो दल भएको हैसियतले एमालेले अल्पमतको सरकार बनायो । संसदको ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने, महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री  र रक्षा मन्त्री भए । अध्यक्ष र महासचिव नै सरकारमा गएपछि वामदेव गौतमलाई पार्टीको विधानमा नै नभएको उपमहासचिव पद सिर्जना गरेर पार्टीको कामको जिम्मेवारी दिइयो । महासचिव माधव नेपाल सरकारबाट फिर्ता भएर आएपछि त्यो पद खोसियो । 

त्यस बेला नै हो वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता सुरु गरेर एमालेले थप लोकप्रियता हासिल गर्‍यो । त्यति बेला एमालेको अल्पमतको सरकार नौ महिना मात्रै टिक्यो । त्यसपछि कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एमालेमा विवाद, द्वन्द्व र आन्तरिक लफडाहरू सुरु भयो । नौ महिने शासनकै बेलामा सरकारमा जान नपाएका र पार्टी सत्तामा रहेका नेताहरूबिच द्वन्द्व कायमै थियो । 

शेरबहादुर देउवाको सरकारले महाकाली सन्धि संसदमा पेश गरेपछि एमालेभित्र द्वन्द्वकाे आगो भित्रभित्रै सल्किन थाल्यो । महाकाली सन्धिका कारण एमालेभित्र ठूलो द्वन्द्व कायमै थियो । ४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमालेभित्र देखिएको विवाद संस्थागत गर्‍यो । 

त्यहीबीचमा एमालेले शेरबहादुर देउवाको सरकार ढालेर राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकारमा गयो । सो सरकारमा एमालेका स्थायी कमिटी सदस्य वामदेव गौतमलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाएर सरकारमा पठायो । यसले एमालेभित्र विवादको नयाँ आयम निकाल्यो । २०५४ सालमै चन्द–एमाले सरकारले स्थानीय निकायको निर्वाचन गराएको थियो । त्यो निर्वाचनमा एमालेले आशतित सफलता हासिल गर्‍यो ।  स्थानीय तहको स्थानीय तहको निर्वाचन सकिएपछि एमालेभित्र महाधिवेशनको रौनक सुरु भयो । 

२०५४ सालसम्म आइपुग्दा पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षवीच दुरी बढ्दै गएको थियो । त्यति बेला एमाले महासचिव माधवकुमार नेपालले केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी दिएका थिए । तर वामदेव गौतमले निहुँ खोजेपछि उनलाई पनि राजनीतिक प्रतिवेदन लेख्न दिए । यहाँनिर महासचिव नेपालले ओली र गौतमलाई आन्तरिक रुपमा भिडाइदिए । 

अन्ततः महाधिवेशनको हलमा ओलीको शक्ति सन्चय र गौतमको प्रगतिशील सुधार सम्बन्धी दुवै दस्ताबेज पेश भए । ओलीको शक्ति सञ्चय पास भयो गौतमको पराजित भयो । ४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमालेभित्र देखिएको विवादमा यी दुई नेताहरु छटौँ महाधिवेशनमा आमुन्ने सामुन्ने देखिए । 

पार्टीभित्र संस्थापन पक्ष र सीपी मैनाली पक्षबिच अन्तरसंघर्ष चर्किइरहेकै थियो । जबज पक्षमै भए पनि ओली समूहको लखेटाइमा परेका वामदेवले आफू जबजको पक्षधर हुँदाहुँदै पनि नौलो जनवादी धारका सीपी मैनालीलाई साथमा लिएर प्रगतिशील सुधार सम्बन्धी राजनीतिक प्रतिवेदन तयार पारे । त्यहाँ सीपी मैनालीले पनि गौतमलाई उपयोग गरे । महाकाली सन्धिको बेला एमालेका अध्यक्ष मनमोहन अधिकारी, राधाकृष्ण मैनाली, सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ, पद्यरत्न तुलाधार लगायतका सांसदहरु अनुपस्थित भएका थिए । 

महासचिव माधवकुमार नेपाल र केपी ओली जसरी पनि यो सन्धि पास गराउने पक्षमा थिए । यसले पार्टीभित्र ठूलो विग्रह ल्याएको थियो । त्यही क्रममा दुई नेताहरु ओली र गौतमले राजनीतिक दस्ताबेज सम्बन्धी देशव्यापी रुपमा बहस सिर्जना गरेपछि पार्टीभित्र ठुलै हलचल मच्चिएको थियो । करिब एक महिना राजनीतिक प्रतिवेदनमै छलफल भएको थियो । दस्ताबेजहरू सङ्गठित सदस्यहरुलाई वितरण गरेर व्यापक बहस सिर्जना गरियो । गौतमको राजनीतिक प्रतिवेदनमा ओलीमाथि राष्ट्रघाती भएको आरोप लगाइएको थियो । त्यसले गर्दा पार्टीभित्र झन विग्रह उत्पन्न मात्रै गराएन नेताहरूबिच तिक्तता समेत बढायो ।

माघको पहिलो साता दुई पक्षबिच प्रतिनिधि छनौटको क्रममा झडप समेत भयो ।  तत्कालीन विद्यार्थी नेताहरु योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई महाधिवेशन अघि प्रतिनिधि जानबाट वञ्चित गरिएको थियो । त्यति मात्र होइन नेपालगन्ज पुग्नु अगावै उनीहरुमाथि १० वर्ष पार्टी काममा फर्कन नपाउने गरी कारबाही गरेपछि विवाद झन चर्कियो । नेपालगन्जको महाधिवेशन हलमा योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई छिर्न दिइएन ।  पार्टीका नेताहरूबिच यो विषयले ठुलै विवाद निम्त्यायो । 

अन्ततः दुवै नेताहरुको कारबाही फूकुवा भएपछि मात्रै महाधिवेशन हल सञ्चालन भएको थियो । यसरी ०५४ साल २०५४ माघ १२–१८,मा एमालेको छैटौँ महाधिवेशन नेपालगन्जमा सम्पन्न भयो । छैटौँ महाधिवेशनमा पुग्दा पार्टीले एकातिर आफ्ना निर्णयहरूलाई पाँचौँ महाधिवेशनको नीतिहरूको निरन्तरता हो भनेर दाबी ग¥यो भने अर्कोतिर ‘जनताको बहुदलीय जनवाद’ स्वयं नै क्रान्तिहरूको सिद्धान्त हो भन्ने घोषणा ग¥यो । महाधिवेशनले माधव नेपाल नेतृत्वमा केन्द्रीय कमिटी चयन गर्‍यो ।

पाँचौँ महाधिवेशनमा नेकपा एमालेले शान्तिपूर्ण सङ्घर्षद्वारा कम्युनिष्ट पार्टी सरकारमा गएर प्रगतिशील सुधार गर्नेसम्मको हदसम्म मात्रै अगाडि जान सक्छ, क्रान्तिका लागि भने बल प्रयोग गर्नैपर्छ भनेर किटानी ग¥यो । तर, छैटौँ महाधिवेशनपछि पार्टीले कुनै पनि दस्ताबेजमा ‘बल’ प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरेको छैन ।

नेपालगन्जमा छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि पार्टी सग्लो रहेबत्नर+न । त्यस महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान माथिको संशोधन प्रस्ताव, जनताको बहुदलीय जनवादको कार्यनीति तथा जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी नीति आधिकारिक दस्ताबेजका रूपमा छलफलमा लगिएका थिए ।

राजनीतिक प्रतिवेदन र कार्यनीति सम्बन्धमा फरक मतको दस्ताबेज पनि छलफलमा लगिएको थियो । महाधिवेशनले विगत पाँच वर्षको सिंहावलोकन सहितको राजनीतिक प्रतिवेदन पारित गरी त्यसका आधारमा पार्टीको विधान, संगठनात्मक प्रस्ताव र कार्यनीतिलाई पुनव्र्यवस्थित गर्नुका साथै अन्य कतिपय विषयहरूमा नीतिगत स्पष्टता हासिल गर्ने अपेक्षा गरिएको थियो ।

विकृति र विसङ्गतिका विरुद्ध संघर्ष गरौँ, विचार धारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ भन्ने उद्घोषका साथ नेपालगन्जमा आयोजना भएको महाधिवेशनमा देश तथा विदेशका वरिष्ठ नेताहरू तथा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सङ्गठित पार्टी सदस्यहरू मध्येबाट १८० बराबर एक जनाका दरले महाधिवेशनमा करिब ९०० प्रतिनिधिहरू सहभागी भएका थिए ।

महाधिवेशनले  मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित ग¥यो । यद्यपि पार्टी भित्रका विवादहरू भने पूर्णतः अन्त्य भएनन् । फलतः २०५४ फागुन २१ गते पार्टी विभाजन भयो । झण्डै चार वर्षको तीव्र विवाद पछि २०५८ फागुन ४ गते पार्टीमा पुनः एकता कायम भयो ।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस