द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
१२ असोज २०८१
•
२ मिनेट पाठ
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन्।




संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट गरे।

दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्द्वारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै उनले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका काम अबका दिनमा अगाडि बढ्ने जनाए।

‘नेपालको शान्ति प्रक्रिया हामी आफैंले नेतृत्व गरेको र राष्ट्रिय अपनत्व प्राप्त भएको एक मौलिक प्रक्रिया हो। वामपन्थी र लोकतान्त्रिक सबै राजनीतिक दलहरू मिलेर गरेको ‘शान्ति सम्झौता’ त्यस अर्थमा पनि अनुपम छ।’

प्रधानमन्त्री ओलीले भने, ‘हामी शान्ति प्रक्रियाको अन्तिम किस्ताका कार्यमा प्रवेश गर्दा पारित ऐनको प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियामा हाम्रा साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र प्रोत्साहनको स्वागत गर्दछौं।’

उनले द्वन्द्वकालका घाउहरू निको पार्न र सम्पूर्ण समाजलाई मेलमिलाप, शान्ति र सद्भावको भावनाका साथ अगाडि बढ्न मद्दत गर्न हिंसात्मक प्रक्रियाको अन्त्य गर्न कटिबद्ध रहेको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मभूमि भएकाले नेपाल स्वाभाविक रूपमा अहिंसावादी, सहिष्णु र शान्तिपूर्ण समाज भएको अवगत गराए।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयलाई पनि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमाझ प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उनले जवाफ दिँदै नेपालका युवाहरू सधैं विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको संख्यालाई पनि हेर्न आग्रह गरे। उनले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’ जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले नेपालका दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा निर्माणका बेला धेरैका माग र विषय एकैपटक सम्बोधन हुन नसकेको स्थितिलाई स्मरण गराउँदै आवश्यकता र औचित्यताका आधारमा यसबीचमा दुईपटक संविधान संशोधन भइसकेको र फेरि पनि गर्न सकिने स्पष्ट गरे। –रासस
अर्को समाचार
संक्रमणकालीन न्याय : राजनीतिक भागबन्डा नमिल्दा दुई आयोग रित्तै
१० पौष २०८१
•
३ मिनेट पाठ
संक्रमणकालीन न्याय : राजनीतिक भागबन्डा नमिल्दा दुई आयोग रित्तै
संक्रमणकालीन न्यायमा राजनीतिक खिचातानी हुँदा दुई आयोगमा स्वतन्त्र व्यक्ति सिफारिस गर्न नसक्दा समिति भंग भएको पुष्टि भएको छ। राजनीतिक भागबन्डा नमिल्दा २०७९ साउनदेखि पदाधिकारीविहीन भएका संक्रममणकालीन न्यायसम्बन्धी दुई आयोगमा रिक्तताको अवधि लम्बिएको छ।




बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिसमा हस्तक्षेप हुँदा सिफारिस समिति असफल बनेको हो। मानवअधिकार आयोगका सदस्य एवं सिफारिस समितिका सदस्य मनोज दुवाडीले राजनीतिक भागबन्डाका कारण काम गर्न कठिनाइ भएको बताए। ‘योग्य मान्छे पठाऔं भन्ने थियो। राजनीतिक भागबन्डा कारण पहिलेको जस्तो नहोस् भनेर रोकेका हौं,’ मंगलबार मानवअधिकार आयोगमा द्वन्द्वपीडित र सञ्चारकर्मीमाझ दुवाडीले भने।

यसअघि पनि दुई पटक सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी चयन भएका थिए। त्यसबेला पनि दुई आयोगमा राजनीतिक भागबन्डाकै कारण सिफारिस गरिएको भन्दै द्वन्द्वपीडितले असहमति जनाएका थिए। यसपटक पनि राजनीतिक भागबन्डाबाटै दुई आयोगमा पदाधिकारी ल्याउन नहुने द्वन्द्वपीडित, नागरिक समाजले आबाज उठाउँदै आएका थिए।

सिफारिस समितिमा बसेर काम गरेका आयोगका सदस्य दुवाडीले संक्रमणकालीन न्यायलाई फौजदारी न्यायसँग तुलना गर्न नहुने बताए। यो टुंगोमा पुर्‍याउन राजनीतिक सहमति आवश्यक पर्ने उनको तर्क छ। तर पनि सिफारिस समितिलाई स्वतन्त्र ढंगबाट बिनाहस्तक्षेप काम गर्न दिनुपर्ने उनको भनाइ छ। विगतबाट पाठ सिकेर विवादमा पर्नुभन्दा सिफारिस नै नगर्नु उचित भएको उनको भनाइ छ। ‘भोकाले खाऊँ भन्छ डाँडावारि, अघाएको खाऊँ भन्छ डाँडापारि भनेझैं छिटो खाने भन्दैमा अखाद्य खानेकुरा खान हुँदैन,’ उनले भने। द्वन्द्वपीडित संघसंस्थाले सिफारिस गरिएका व्यक्तिको सहमति नभएका कारण आफूहरूलाई ती नाम छनोट गर्न कानुनी अप्ठेरो परेको बताए। ‘द्वन्द्वपीडितलाई दुई आयोगमा राख्दा आफ्नो मुद्दामा आफैं न्यायाधीश भएझैं हुन्छ कि? त्यसकारण राखेनौं,’ दुवाडीले भने।

पदाधिकारी सिफारिसका लागि जम्मा दुई महिना समय दिइएका कारण समितिले सातै प्रदेशमा पुगेर पीडितसँग परामर्श गर्न नसकेको उनले बताए। सिफारिस समितिमा बसेर आफूहरूले कुनै पनि भत्ता नलिएको पनि उनले बताए। ‘पीडितको दुई महिना समय खायौं तर भत्ता खाएनौं। सरकारबाट एक पैसा पनि लिएका छैनौं,’ उनले भने। द्वन्द्वपीडितले सिफारिस समितिले आफूहरूको समय र सरकारको भत्तासमेत खाएकाले फिर्ता गर्नुपर्ने भन्दै आक्रोश पोखेपछि उनले त्यस्तो जबाफ दिएका थिए। द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले दुई आयोगमा टीका लगाएर पाँच थान ल्याउनु ठुलो कुरा नभएको बताए। 

‘सिफारिस समितिले आफ्नो अधिकार पनि प्रयोग गर्न सकेन,’ उनले भने। अब सिफारिस समितिमा स्वतन्त्र भएर काम गर्न नसक्दा फेरि समिति नै नबन्ने डर भएको उनले बताए। पुरानो समितिले नसकेर हात उठाएपछि अब फेरि को जान्छ? भन्ने अधिकारीको प्रश्न छ। सक्षम व्यक्तिहरूलाई समेटेर पुनः नयाँ सिफारिस समिति बनाउन उनको सुझाव छ।

त्यसैगरी अधिकारकर्मी चरण प्रसाईंले सिफारिस समिति राजनीतिक भागबन्डा गर्नबाट बचेको बताएका छन्। सिफारिस समितिले विवेक प्रयोग गर्न नसके पनि राजनीतिक प्रभावलाई रोकेको बताए। ‘यसले दलहरूलाई एउटा सिकाइ भएको र मानवअधिकार आयोगले सकारात्मक भूमिका खेलेको छ,’ उनले भने। द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सञ्जालकी संयोजक देवी खड्काले संक्रमणकालीन न्यायको पाटो निकै ढिलो हुँदै गएकाले कानुनमा भएका विषय कार्यान्वयन गरिदिन आग्रह गरिन्। ‘फेरि कानुन संशोधनका कुरा सुन्न चाहन्नौं। पीडितले जे पाउँछ, कार्यान्वयन गरिदिनुस्,’ उनले भनिन्।

गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष रामकुमार भण्डारीले सिफारिस समितिले पीडितलाई अल्मल्याएको भन्दै आक्रोश पोखे। ‘जवाफदेहिताको प्रश्न मानवअधिकार आयोगतिर तेर्सिएको छ। आयोगका प्रतिनिधिले पारदर्शी रूपमा काम गर्न सकेनन्,’ उनले भने। उनले पीडितहरूको दुई महिना सिफारिस समितिले खेर फालेको भन्दै जबाफदेही हुनुपर्ने बताए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस