नेपाली सेनालाई हेलिकोप्टर स्काई ट्रक दिँदै अमेरिका
३० असोज २०८१
•
३ मिनेट पाठ
नेपाली सेनालाई हेलिकोप्टर स्काई ट्रक दिँदै अमेरिका
अमेरिकाले नेपाली सेनालाई दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ। अमेरिकी सरकारले दिने ती हेलिकोप्टर र स्काई ट्रक विपद् प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन प्रयोग गरिनेछ। अमेरिकाले नेपाली सेनालाई करिब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सैन्य सहायताअन्तर्गत ती जहाज र हेलिकोप्टर उपलब्ध गराउने भएको हो।




नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले अमेरिकाले दुईवटा जहाज र दुईवटा हेलिकोप्टर दिने जानकारी प्राप्त भएको बताए। ‘अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक र दुईवटा वेल हेलिकोप्टर दिने जानकारी प्राप्त भएको छ। ल्याउने प्रक्रिया सुरु हुँदैछ भन्ने लागेको छ। विस्तृतचाहिँ जानकारी छैन’, प्रवक्ता केसीले भने।

गत साउन ३२ गते नेपाल आएकै बेला अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने जानकारी गराएका थिए। त्यसबेला उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटमा सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

‘अमेरिकी उपविदेशमन्त्रीले नेपाल सरकारलाई विपद् प्रतिकार्यका लागि सैन्य सामग्रीअन्तर्गत दुई स्काई ट्रक र दुई वेल हेलिकोप्टर दिने प्रतिबद्धता जनाएका थिए। यसका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ’, नेपाली सेनाका प्रवक्ता केसीले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवासँगको भेटमा अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोगस्वरूप नेपाली सेनालाई दिने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजागाईंले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटघाटमा अमेरिकी उपविदेशमन्धी बर्माले यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। ‘अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्रीसँगको भेटमा नेपाल सरकारलाई विपद् प्रतिकार्यका लागि सैन्य सामग्रीअन्तर्गत दुई स्काई ट्रक र दुई वेल हेलिकोप्टर दिने प्रतिबद्धता जनाउनुभएको हो’, प्रेस संयोजक बजगाईंले भने।

उपविदेशमन्त्री बर्मा स्वदेश फर्केपछि अमेरिकाकाले विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको विपद् प्रतिकार्य र सेनाको क्षमता बढाउन अमेरिका प्रतिबद्ध रहेको जनाइएको थियो। यस विषयमा परराष्ट्रमन्त्री देउवाले नेपालको विपद् व्यवस्थापन प्रयासमा सहयोग पुर्‍याउन दुईवटा स्काई ट्रक (जहाज) र दुईवटा वेल हेलिकोप्टर ‘उपहारका निम्ति’ अमेरिकी उपविदेशमन्त्री बर्मा र विदेश मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी थिइन्।

नेपाली सेनाले यसअघि अमेरिकाबाट सन् २०१९ मा पनि दुईवटा स्काई ट्रक सहयोग पाएको थियो। सन् २०१९ को डिसेम्बरमा नेपाली सेनाले अमेरिकी अनुदान सहयोगमा दुईवटा कार्गो जहाज (स्काई ट्रक) सहयोग लिएको थियो।

दुई स्काई ट्रकको मूल्य २ करोड २४ लाख ७२ हजार ५ सय ७५ अमेरिकी डलर थियो। नेपाली सेनासँग हाल आठवटा मात्र हेलिकोप्टर चालु अवस्थामा छन्। सेनाका १० वटा जहाज र हेलिकोप्टर ग्राउन्डेड छन्। ग्राउन्डेडमध्ये पाँचवटा साधारण मर्मत गरे हुने खालका छन्।

५ वटा भने सामान्य मर्मतबाट नहुने खालका छन्। नेपाली सेनाले विपद्का बेला आफूसँग रहेका हेलिकोप्टरलाई परिचालन गर्दै आएको छ। सेनाले बाढीपहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार र राहतका लागि सातवटा हेलिकोप्टर तयारी अवस्थामा राख्ने गरेको छ। सेनासँग एमआई १७, एएलएच, अगस्टा, इक्युरेल जस्ता हेलिकोप्टर छन्। बाढीपहिरो लगायतका विपद्मा सेनाले आफ्ना हेलिकोप्टर परिचलान गर्दै आएको छ ।
अर्को समाचार
सहायक रथी खड्का सैनिक हिरासतमा
०५ वैशाख २०८२
•
१ मिनेट पाठ
सहायक रथी खड्का सैनिक हिरासतमा
नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई अनुसन्धानका लागि सैनिक हिरासतमा राखिएको छ।




कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा राखिएको हो। ‘कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ,’ सैनिक उच्च स्रोतले भन्यो। सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दाबी छ। कोषको सात करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिरहेको छ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो। सहायक रथी खड्कालाई सैन्य हिरासतमा लिइएको विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले अनभिज्ञता प्रकट गरे।

‘यो विषयमा मलाई जानकारी छैन,’ उनले भने। महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वाइरीले तत्कालीन आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्युठ टीकाराम गोतामे र जमदार रवीन्द्र लुंगेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। गुरुङ भने विदेश पुगिसकेको स्रोतले जनाएको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस