चीनको तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकामा निर्माण भएको अध्यागमन विभागको कार्यालयको उद्घाटन गरिएको छ।
बुधबार बिहान गृहमन्त्री रमेश लेखकले बुधबार बिहान कोरालानाका पुगेर कार्यालयको उद्घाटन गरेका हुन्। त्यस्तै गृहमन्त्री लेखकले लोमान्थाङ—१ छोसेरस्थित नेचुङमा नवनिर्मित (बीओपी) भवनको पनि उद्घाटन गरेका छन्। गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारीसहितको टोली उद्घाटनका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर बुधबार बिहान कोरलानाका पुगेका हुन्।
सरकारी टोलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुवर,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रमुखलगायत सहभागी छन्।
भारतीय नाकाबन्दीपछि सरकारले कोरलानाकालाई विशेष प्राथमिकतामा परेर पूर्वाधार निर्माण तथा सडक सञ्जाल विस्तारलाई अघि बढाइरहेको छ। नाकामा सरकारले भन्सार ,क्वारेन्टाइन,इमिग्रेसन, सुख्खाबन्दरगाह र एकिकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माणका लागि १ हजार रोपनी जमिन छुट्याइसकेको छ।
सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को आइतवार स्थापना गरेको छ। योसँगै चीनतर्फ बिओपीको संख्या १० पुगेको बलका डिएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको उनले बताए।
नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायतका कार्यमा सहज हुने छ।
समुन्द्री सतहतबाट करीव ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। हाल भारततर्फ २ सय ४४ र चीनतर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...