सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) संयुक्त कार्यदलको बैठक एक एक महिनामा आलोपालो गरी बस्ने भएको छ। केपी ओली नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई सफल बनाउन भन्दै कात्तिक १५ गते गठन भएको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले आलोपालोमा बस्ने निर्णय गरेको हो।
मंगलबार बसेको पहिलो बैठकका अनुसार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मंसिर २० गतेसम्म बैठकको संयोजन गर्नेछन्। त्यसपछि एमालेले बैठकको संयोजन गर्ने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै बैठकले चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणको तयारी गर्ने निर्णय गरेको छ। त्यसको संयोजन प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने छिन्। दुई शीर्ष नेताको निर्देशनअनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने जनाइएको छ।
कात्तिक १५ गते गठन गरिएको संयन्त्र प्रदेश र जिल्ला तहसम्म गर्ने दुवै दलले जनाएका छन्। केन्द्रमा कांग्रेसको तर्फबाट उपसभापति खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री माननीय रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री देउवा छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।