कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव बेचबिखनको आरोप लागेका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिइएका अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको छ। अधिकारीलाई हवाई मार्गबाट काठमाडौं ल्याउन लागिएको हो।
अधिकारीले नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ। सोही आरोपपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। नेकपा एमालेका सांसद समेत रहेका अधिकारीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ।
मानव बेचबिखनमा आफ्नो प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि सम्बन्ध नरहेको भन्दै अधिकारीले आफुलाई फसाइएको जिकिर गर्दै आएका छन् । सो प्रकरणमा प्रहरीले अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरियासहितको टोली अधिकारीको निवासमा
सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित पेस भएको निवेदन दरपीठ गरिदिएको छ।
सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदन दर्ता नगर्ने आदेश गरेका हुन्।
दरपीठ आदेश चित्त नबुझेमा रिट निवेदन पेश गर्नेले रजिष्ट्रारको आदेशविरुद्ध सर्वोच्च अदालतमा छुट्टै निवेदन दिन पाउने व्यवस्था पनि छ।
कुनै पनि मुद्दा दर्ता गर्ने वा नगर्ने सरकारी वकिल र महान्यायाधीवक्ताको संवैधानिक अधिकारविरुद्ध सर्वोच्च अदालतमा आउन नमिल्ने रजिष्ट्रार पोखरेलको भनाइ छ।
मानव बेचबिखनको आरोपमा पक्राउ परेका निवर्तमान मन्त्री अधिकारी १६ दिनको हिरासत बसेर गतसाता रिहा भएका थिए। उनीमाथि प्रक्रिया नपुर्याई जापान भ्रमणमा गएको आरोप रहेको छ।