२०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै धरान उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हर्क साम्पाङ धरानमा मात्रै रहँदैनन् ।
ठूलो राजनीतिक आकाङ्क्षा बोकेका हर्क त्यसयताका हरेक उपनिर्वाचनमा सक्रिय छन्, उनले कुनै न कुनै स्वतन्त्र उम्मेदवारका लागि मत नै मागिदिने गरेका छन्, त्यो पनि सम्बन्धित क्षेत्रमै गएर !
२०८१ वैशाख १५ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र सांसद डकेन्द्रसिं थेगिमका लागि मत माग्न हर्क इलाम नै पुगेका थिए । 'पार्टीले जित्ने तर, जनताले हार्ने' चलन नचल्ने भन्दै मत मागिदिएका डकेन्द्र पछि पराजित हुन पुगे ।
डकेन्द्रले ११ हजार ४५७ पाउँदा त्यहाँ विजयी सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएका थिए । अर्थात् डकेन्द्र झन्डै तेब्बर मतान्तरले पराजित भए ।
हर्क साम्पाङ र डकेन्द्रसिं थेगिम ।यसपटक पनि त्यस्तै भयो । गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचमा कीर्तिपुर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानवलाई हर्कले समर्थन गरेका थिए ।
हर्क दुई दुईपटक कीर्तिपुर आएर मानवका लागि मत मागिदिए । तर, पछि मानव पराजित हुन पुगे । उनी बल्लतल्ल दुई हजार ३६ मत पाएर चौथो भए । जबकि, त्यहाँ निर्वाचित नेपाली कांग्रेसका कृष्णमान डंगोलले पाँच हजार ३३४ मत प्राप्त गरे ।
हर्क साम्पाङ र राजमान मानव ।यसरी हर्कले समर्थन गरेका उम्मेदवारहरू जितेका छैनन्, उनले जसलाई समर्थन गरेका छन्, फ्याटफ्याट पराजित भएका छन् । त्यसो त स्थानीय सरकार प्रमुखले कसैका लागि मत माग्दै हिँड्नु अथवा घरदैलो कार्यक्रमै सरिक हुनु संवैधानिक तथा अभ्यासका हिसाबले राम्रो होइन । तर, हर्क मनमौजी छन्, उनलाई जे मन लाग्यो, त्यही गर्छन् ।
अनुकूलता हेरेर ०८४ को निर्वाचनसम्ममा पार्टी खोल्ने मौका हेरिरहेका हर्कले उपनिर्वाचनहरूमा विभिन्न स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेर त्यहाँको जनमत बुझ्न खोजिरहेका छन् । तर, उनले समर्थन गरेका उम्मेदवारहरूले भने जितेका छैनन् । यद्यपि, सम्मानजनक मत भने पाएको देखिन्छ ।
किन यस्तो भयो ? यसबारे हर्क भन्छन्, 'निर्वाचनमा कोही न कोही पहिलो हुन्छ नै, मैले देखाएको व्यक्ति (उम्मेदवार) लाई जनताले पहिलो बनाएनन्, दुखेसो छैन । चुनिएका व्यक्तिले अब काम गरेर देखाउँछन् कि गुमनाम रहन्छन्, हेर्नु छ ।'
त्यसो त हर्कको दाबी छ कि इलाममा डकेन्द्रले र कीर्तिपुरमा मानवले प्राप्त गरेको मत उनी आफैँले 'जगाएका' हुन् । 'जनताले जे चाहे, त्यही हुनेछ । तर, पनि कीर्तिपुरमा दुई हजार जना जनतालाई जगाउन म सफल भएकै हुँ,' उनले भने, 'इलाम पनि त्यही हो ।'
लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।
बिहीबार (हिजो) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितको सहभागितामा गम्भीर राजनीतिक छलफल भएको र सुमना श्रेष्ठको संयोजकत्वमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका भण्डारीले त्यसपछि पनि लगातार दुईवटा स्टाटस लेखेका थिए।
तर, उनले ती तीनवटै स्टाटस हटाइसकेका छन्। आफ्नो पहिलो स्टाटसमाथि समाचार बनेपछि उनले हिजै साँझ ६ बजेतिर ‘मिडियाले गलत बुझ्यो’ भनेर अर्को स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले भनेका थिए, ‘मिडियाले गलत बुझ्यो, नयाँ पार्टी खोल्न लागेको होइन, सबै समाहित भएर नयाँ नाम फेर्न खोजेको हो।’
भगवान् भण्डारीको दोस्रो स्टाटस, जुन अहिले हटाएका छन्।उनको त्यो स्टाटसको पनि तीव्र आलोचना भएको थियो। त्यसपछि उनले शुक्रबार (आज) आज बिहान अर्को स्टाटस लेखेका थिए। जहाँ, उनले रास्वपाकै नाम फेर्नेबारे मात्रै कुरा भएको बताएका थिए। ‘नयाँ पार्टीको कुरा होइन, रास्वपाको नाम फेर्ने अनि बालेन-हर्कहरू जोडिनेबारे छलफल भएको हो,’ उनको तेस्रो स्टाटसमा भनिएको थियो।
तर, अहिले उनले ती सबै स्टाटसहरू हटाइसकेका छन्। सर्वप्रथम: यहीँबाट उनका स्टाटसहरू ‘हावादारी’ रहेछ भन्ने पुष्टि हुन्छ। दोस्रो, उनले स्टाटसमार्फत जे-जे भनेका थिए, ती कुराको सम्बन्धित पक्षहरूले खण्डन गरिसकेका छन्।
भगवान् भण्डारीको पहिलो स्टाटस, जुन अहिले हटाइसकेका छन्।भण्डारीले गम्भीर छलफल भएको भनेर दाबी गरेकामध्ये हर्क साम्पाङले बिहानै फेसबूक स्टाटसबाटै खण्डन गरेका छन्। ‘हर्क-बालेनसहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रहेछ। त्यस्तो कुनै भर्च्यूअल मीटिङ नबसेको सबैलाई जानकारी गराउँदछु,’ हर्कले भनेका छन्।
यता रास्वपा नेताहरूले पनि यसबारे अनभिज्ञता प्रकट गरेका छन्। रास्वपा नेताहरू डा. तोसिमा कार्की, हरि ढकाललगायतका नेताहरूले यसबारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञाता प्रकट गरेका छन्। ढकालले भनेका छन्, ‘सुमनाजी र हामी पनि आश्चर्यचकित छौँ। त्यस्तो कुनै कुरा छैन।’ यता बालेनले भने अहिलेसम्म केही भनेका छैनन्।
हर्क साम्पाङले गरेको खण्डारीको स्टाटसको खण्डन।त्यसो त भण्डारी नेपालमा रहँदासम्म नेकपा (एमाले) निकट भनेर निचिन्थे। तर, पछिल्लो समय भने उनी रास्वपानिकट मानिन्छन्। नेपालका हरेक राजनीतिक घटना र सन्दर्भबारे प्रतिक्रिया ‘जनाउनैपर्ने’ उनको अहिले तीव्र आलोचना भइरहेको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...