उपनिर्वाचन नतिजाः एमाले नै शंकर पोखरेलको द्विदलीय पैरवी बाहिर!
१८ मंसिर २०८१
•
३ मिनेट पाठ
उपनिर्वाचन नतिजाः एमाले नै शंकर पोखरेलको द्विदलीय पैरवी बाहिर!
एमाले महासचिव शंकर पोखरेल ।
गत असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाएपछि नेकपा (एमाले)का महासचिव शंकर पोखरेल द्विदलीय प्रणालीमा झन् मुखरित हुन थाले । त्यसअघि पनि उनी बेला-बेला त्यसबारे पैरवी गरी नै रहन्थे । 




कांग्रेससँग सत्ता सहकार्य भएपछि पोखरेल थप एक कदम अघि बढेर त्यसबारे अभिव्यक्त हुन थाले । उनी जहाँ पुगे, जुन मञ्चमा उभिए पनि त्यही अजेन्डा उठाउन थाले । पोखरेलको भाषणको आशय हुन्थ्यो– द्विदलीय प्रणालीअनुकूल हुने गरी संविधान संशोधन गर्ने । त्यसका लागि थ्रेसहोल्डको दायरा बढाएर १० प्रतिशतसम्म पुर्‍याउने ।

असार १७ गतेको कांग्रेस–एमाले सात बुँदे समझदारीको मुख्य बुँदा नै संविधान संशोधन थियो । पोखरेलले त्यहीँ बुँदामा टेकेर द्विदलीय प्रणालीको पैरवी गरिरहेकै छन् । 

तर, कांग्रेस–एमालेको साझेदारीको साढे चार महिनापछि मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा भने पोखरेलको द्विदलीय पैरवीलाई झट्का दिने गरी जनताले अभिमत प्रकट गरेका छन् । यस अर्थमा पोखरेलको द्विदलीय पैरवीलाई जनताले ‘हावा’ खुवाइदिएका छन्, एमाले नै पोखरेलको द्विदलीय पैरवी बाहिर गएको छ । 

सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पोखरेलको दल एमाले पहिलो वा दोस्रो दलमा नै अटाउन सकेन, तेस्रो बन्यो । ४४ पदका लागि भएको उपनिर्वाचनमा एमालेले जम्मा ८ पद जित्यो । एमालेभन्दा तीन पद बढी त नेकपा (माओवादी केन्द्र)ले नै जितेको छ । 

उसो त एकथरी यो उपनिर्वाचनलाई सानो वा भेगीय रूपमा असमान निर्वाचन भएकाले नतिजालाई पूर्ण रूपमा हेर्न मिल्दैन भन्नेहरू पनि छन् । अर्काथरीले भने यो उपनिर्वाचन एउटा मात्रै प्रदेश वा एउटै मात्रै भेगको निर्वाचन नभएकाले यसको सन्देशलाई समग्र रूपमै लिन सकिने टिप्पणी गरिरहेका छन् । यो पक्षले सुदूरपश्चिमको कञ्चनपुरदेखि बझाङ, कोशीको ताप्लेजुङदेखि झापा, कर्णालीको डोल्पादेखि हुम्ला, मधेसको सप्तरीदेखि महोत्तरीसम्मका मतदाताले कुनै न कुनै रूपमा आफ्नो अभिमत प्रकट गरेकाले यसमा समग्र भूगोलका मतदाताको मनोविज्ञान समेटिएको विश्लेषण गरिरहेका छन् । 

पक्ष र विपक्षमा यस्ता टीकाटिप्पणी भइरहँदा एमाले महासचिव पोखरेलले कुनै अभिव्यक्ति दिएका छैनन् । कुनै पनि घटनाका सन्दर्भमा सामाजिक सञ्जालमार्फत तुरुन्त प्रतिक्रिया जनाउने पोखरेल अहिले चुपचाप छन् । यसबारे उनको प्रतिक्रिया बुझ्न सम्पर्क गर्न खोज्दा उनले फोन काटे, मेसेज गर्दा उनले जवाफ फर्काएनन् । 

एमाले महासचिव शंकर पोखरेलको द्विदलीय सिद्धान्त असफल भयो, जनताले नै अस्वीकार गरिदिएका छन् ।
केही राजनीतिक विश्लेषकहरू पनि निर्वाचन नतिजाको सन्देशले पोखरेलको द्विदलीय प्रजातन्त्रको बहसलाई जनताले 'हावा' ठानेको विश्लेषण गर्छन् ।

‘एमाले महासचिव शंकर पोखरेलले निकट विगतमा गरेको अमेरिकी मोडेलको द्विदलीय प्रजातन्त्रलाई जनताले हावा ठानेकै हुन,’ विश्लेषक हरि रोकाले भन्छन् । कांग्रेस र एमाले नमिलेका भए यस पटकको उपनिर्वाचनमा माओवादी केन्द्र पहिलो हुनसक्ने उनको विश्लेषण छ । 

‘यद्यपि, माओवादीको पक्षमा प्राप्त मत उसले आर्जन गरेको सैद्धान्तिक, वैचारिक र कार्यक्रमिकभन्दा पनि कांग्रेस र एमाले गठबन्धन सरकार प्रतिको  वितृष्णा हुनसक्छ,’ रोका अगाडि भन्छन् । 

अर्का विश्लेषक डम्बर खतिवडा पनि पोखरेलको द्विदलीय सिद्धान्त जनताले अस्वीकार गरेको टिप्पणी गर्छन् । ‘अब उहाँ (एमाले महासचिव शंकर पोखरेल) को द्विदलीय सिद्धान्त असफल भयो, जनताले नै अस्वीकार गरिदिए,’ उनी भन्छन्, ‘उहाँकै दल नै तेस्रो भए द्विदलीय सिद्धान्त मान्नेले एमाले परित्याग गरी कांग्रेस वा माओवादीमध्ये कुनै एक दलमा प्रवेश गरे कसो होला ?’ 

पोखरेलको सिद्धान्त दुईभन्दा बढी दल नै हुनु नहुने, दुईभन्दा बढी टिक्नै र जित्नै नसक्ने भन्ने रहेको उल्लेख गर्दै उनी त्यसलाई जनताले नै नरुचाएको नतिजाले देखाइसकेको बताउँछन् ।

‘कांग्रेस र एमालेसहित माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, रास्वपा, नेमकिपा गरी ७ दलले जितेका छन् । अब बहुदलीय जनवादीहरूको द्विदलीय जनवाद के हुने भो ?’, उनी प्रश्न गर्छन् ।
अर्को समाचार
एमाले महासचिव पोखरेलद्वारा लिभरपुल विश्वविद्यालयको अवलोकन
०४ असार २०८२
•
१ मिनेट पाठ
एमाले महासचिव पोखरेलद्वारा लिभरपुल विश्वविद्यालयको अवलोकन
बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लिभरपुल विश्वविद्यालयको अवलोकन गरेका छन्।




प्रवासी नेपाली मञ्च, बेलायतको अधिवेशनमा सहभागी हुन आएका पोखरेलले मङ्गलबार विश्वविद्यालयको भौतिकशास्त्र विभागमा पुगेर पदार्थको सुस्मकण (एटम) सम्बन्धी अध्ययन र जानकारी लिएका हुन्।

उक्त अवसरमा विश्वविद्यालयका प्राध्यापक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पोखरेललाई भौतिकशास्त्र क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका अनुसन्धान र नवीन प्रयोगहरूको बारेमा जानकारी गराएका थिए।

महासचिव पोखरेलले विश्वविद्यालयको प्रयोगशाला, पुस्तकालय, अनुसन्धान कक्ष लगायतका संरचनाहरूको पनि अवलोकन गरेका थिए। उनलाई लिभरपुलस्थित नेपाली समुदायका अध्यक्ष नेत्र खरेलले स्वागत गरेका थिए।

पोखरेलसँगै अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका अध्यक्ष सजय थापा, एमाले नेता भक्त गुरुङ, प्रभु थापा, डा. मनोहर बुढाथोकी, विनोद शर्मा, एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य धनश्याम पाण्डे र प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले समेत विश्वविद्यालयको अवलोकन गरेका थिए। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस