सरकारसँग चन्द र राउत सशंकित
०९ पौष २०८१
•
२ मिनेट पाठ
सरकारसँग चन्द र राउत सशंकित
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सरकारसँग सशंकित भएका छन् ।




आफूहरू मूलधारको राजनीतिमा फर्किँदा सरकारसँग भएको सहमति कार्यान्वयनको सन्दर्भलाई लिएर उनीहरू सरकारसँग सशंकित भएका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुँदा २०७५ फागुन २४ गते राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो भने २०७७ फागुन २० सरकार र चन्दबीच ३ बुँदे सहमति भएको थियो ।

तत्कालीन सरकार र नेकपाबीच भएको सहमति ।
ती सहमतिमा पार्टीका नेता-कार्यकर्ताहरूमाथि लागेको मुद्दा एक पटकका लागि सरकारले फिर्ता लिने विषय समेटिएको थियो । सहमतिअनुरूप नै दुवै पार्टीका केही नेता-कार्यकर्ता रिहा पनि भए । 

तर, चन्द र राउतले भने सहमतिको पूर्णत: कार्यान्वयन नभएको बताएका छन् ।

चन्दले यसलाई षड्यन्त्र भनेका छन् । 'नेपाल सरकारले पुस ७ गते केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने प्रस्ताव गरेको समाचारप्रति पार्टी गम्भीर भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफैँ पछि हट्नु छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको छ,' चन्दले भनेका छन् ।

तत्कालीन सरकार र तत्कालिन स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमति ।
उनले थपेका छन्, 'राजनीतिक दलमाथि लागेका मुद्दा फिर्ता लिने निर्णय बदर गर्ने गरी वर्तमान कानुनमन्त्री अजय चौरसियाद्वारा विधेयक प्रस्ताव गर्नुलाई तीन बुँदे सहमतिबाट पछि हट्नु जनविरोधी कार्य भएको हाम्रो ठहर छ,' चन्दले भनेका छन् ।'

राउतले पनि बेइमानी भनेका छन् । 'सहमतिलगत्तै पूर्ण रूपमा कार्यान्वयन गर्ने भन्ने थियो । तर, आजसम्म आउँदा कार्यान्वयनको साटो फिर्ता गर्नु बेइमानी हो,' उनले भनेका छन् ।

सरकार पक्षले भने फिर्ता लिन मिल्नेसम्म मुद्दाहरू फिर्ता भइसकेको जवाफ दिएको छ ।

चन्द र राउतसँग भएको सहमति कार्यान्वयनका लागि भनेर तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले २०८० को वैशाखमा केही नेपाल ऐन संशोधन विधेयक ल्याएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया ।
उक्त विधेयकको दफा ६४ मा यससम्बन्धी व्यवस्था छ । त्यसमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था राख्ने प्रस्ताव छ ।

तर, यो फिर्ता लिएको जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले दिएका छन् । 'फिर्ता भइसकेको छ । बरु उहाँहरू (चन्द र राउत)सँग भएको सहमतिलाई कार्यान्वयनका लागि छुट्टै ऐन पनि बनाउन सकिन्छ,' मन्त्री चौरासियाले संसदीय समितिमा भनेका छन् ।

सरकार पछाडि हटेपछि चन्द र राउत सशंकित बनेका छन् ।
अर्को समाचार
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
३० असार २०८२
•
१ मिनेट पाठ
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली च:मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।




हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रष्ट्याए। ''हामी पनि न्यायका लागि लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ,' उनले भने, 'बुझेरै हस्ताक्षर गरेका हौँ।'

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।

अरु राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस