रास्वपा संसदीय दलको नेतामा को ?
१२ पौष २०८१
•
२ मिनेट पाठ
रास्वपा संसदीय दलको नेतामा को ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै उनी पार्टी सभापति र संसदीय दलका नेताबाट निलम्बित भए।




यसपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरिसकेको छ। तर, संसदीय दलको नेता भने चयन गरिसकेको छैन।

यसबारे शुक्रबारको सचिवालय बैठकमा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 'यसबारे आजको बैठकले मोटीमोटी रूपमा छलफल हुन्छ। तर, एजेन्डामा चाहिँ छैन,' प्रमुख सचेतक परियारले भने।

रास्वपामा संसदीय दलका लागि मुख्यगरी चार जनाले दाबी प्रस्तुत गरेका छन्। दाबी प्रस्तुत गर्नेहरूमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका पूर्वउपनेता विराजभक्त श्रेष्ठ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ छन्।

त्यसमा पनि स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये एकजना संसदीय दलका नेता बन्ने नेताहरूले बताएका छन्। सभापति रवि लामिछानेको चाहना पनि त्यही रहेको नेताहरू बताउँछन्।

कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्।

तर, संसदीय दलका पूर्वउपनेता भइसकेका विराजभक्त श्रेष्ठले पनि बलियो दाबी प्रस्तुत गरेका छन्। यसर्थ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये नै एकजना नेता बन्नेमा दुईमत नरहेको रास्वपाका एक नेता बताउँछन्।

'उहाँहरू दुईजनामध्ये नै एकजना होला, सिनारियोअनुसार पनि उहाँहरूमध्येमै बन्नुपर्छ । को त भन्ने कुराचाहिँ केही दिनभित्रै टुङ्गिन्छ,' ती नेताले भने।

शिक्षामन्त्री भइसकेकी सुमना श्रेष्ठले पनि आफूलाई संसदीय दलको नेताका रूपमा उभ्याएकी छन्। उनले पार्टीको सोसल मिडिया ग्रूपमा संसदीय दलको नेतामा आफूलाई समर्थन जनाइदिनु भन्दै सन्देश पठाएको बताइएको छ।

त्यसो त संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्नेहरूमध्ये स्वर्णिम वाग्ले र विराजभक्त मात्रै प्रत्यक्ष निर्वाचित हुन्। डोलप्रसाद अर्याल र सुमना श्रेष्ठ समानुपातिक सांसद हुन् । पार्टीभित्र समानुपातिक सांसदलाई संसदीय दलको नेता बनाउन नहुने कतिपय नेताहरूले बताएका छन्।
अर्को समाचार
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
१२ चैत्र २०८२
•
१ मिनेट पाठ
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मत चयन भएका छन्।




बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता बनाउन गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा केन्द्रीय समितिको बैठक बसेको थियो।

सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय सदस्यहरूले एकमतले अनुमोदन गरेसँगै अब संसद्‌मा रास्वपाको नेतृत्व शाहले गर्ने पक्का भएको छ।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस