डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वबारे हरेक दिन सकारात्मक पोस्ट गर्नैपर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रमुख राजेश कुमार मण्डलले जानकारी दिए।
'पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर/एक्स, टिकटक आदि) मा गर्नु पर्नेछ,' बैठकको निर्णय नं. १ मा भनिएको छ।
बैठकले पार्टी, नेतृत्व वा नेताका बारेमा नराम्रो कुरा भए त्यो नबाहिर्याउन निर्देशन गरेको छ ।
‘पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्त्रीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ। अथवा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ,’ निर्णयमा भनिएको छ।