नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपालको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलवार आयोजित एक सभालाई सम्बोधन गर्दै नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका हुन् ।
‘अहिले हामी संयुक्त सरकारमा छौँ, ठुला ठुला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ,’ नेता सिटौलाले भने,‘तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ।’
राज्य सञ्चालन प्रधानमन्त्री ओलीले गरे पनि समग्र देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको उनले बताए ।
देशका वर्तमान समस्याको समाधानको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको सिटौलाले बताए । उनले भने, ‘दिगो शान्ति स्थापना गराउनु छ। शान्ति प्रक्रियाको बाँकी कामलाई हामीले सहमतिकै आधारमा टुंग्याउनु छ । लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु छ। यसको माध्यमबाट जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नु छ । यसको नेतृत्व पनि कांग्रेसले गरिरहेको छ ।’