राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन्। उनलाई जिल्ला अदालत, कास्कीले बिहीबार (आज) ६५ लाख धरौटीमा रिहा गरेको हो।
यसपछि रास्वपा नेताहरूमा खुसीयाली छाएको छ। यसैबीच नेता सोबिता गौतमले फेसबूकमा लेखेकी छन्, 'अटल, अडिग, अविचलितl'
उनले सभापति लामिछानेसहितको तस्बिर साझेदारी गर्दै यस्तो लेखेकी हुन्। उनले रास्वपा र सभापति लामिछाने जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्न सक्ने सङ्केत गरेकी छन्। अरुबेला पनि उनले यही बताउँदै आएकी छन्।