बाबुरामको पछुतो: बेइमानसँग ठगियौँ, अब पुरानासँग सहकार्य हुन्न
१६ माघ २०८१
•
१ मिनेट पाठ
बाबुरामको पछुतो: बेइमानसँग ठगियौँ, अब पुरानासँग सहकार्य हुन्न
नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय ‘बेइमान’सँग सहकार्य गर्दा ठगिएको भन्दै पछुतो प्रकट गरेका छन्। बुधवार आफ्नै पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो दुखेसो पोखेका हुन्।




‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौँ। त्यसमा केही बाँगोटिंगो भयो,’ अध्यक्ष भट्टराईले भने, ‘बेइमानहरूसँग सहकार्य गर्दा ठगिएका मात्र हौँ, हामीले अरू केही गल्ती गरेका होइनौँ ।’ 

आफूले अझैँ पनि वैकल्पिक शक्ति निर्माण गर्ने सिद्धान्त र विचार नछाडेका भट्टराईले दाबी गरे । उनले भने, ‘खालि के हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । राजावादीहरूले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठुलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन ।’

अध्यक्ष भट्टराईले अब पुराना राजनीतिक दलसँग एकता र सहकार्य हुने सम्भावना नै सकिएको बताए। ‘पुराना पार्टीहरूसँग मिल्ने कहिल्यै भनेकै छैन । सहकार्य गरेको हो त। मधेसवादी र क्षेत्रीय दलहरूसमेत आन्दोलनबाट आएका हुनाले सहकार्य गरिएको हो,’ उनले भने। तर मधेसवादी दल पनि धेरै पर पुगिसकेको भट्टराईले टिप्पणी गरे।
अर्को समाचार
बाबुरामको सहकार्य अब कोसँग ? भन्छन्–बेइमान र गन्हाएका शक्तिसँग सहकार्य गर्दैनौँ
१० असार २०८२
•
१ मिनेट पाठ
बाबुरामको सहकार्य अब कोसँग ? भन्छन्–बेइमान र गन्हाएका शक्तिसँग सहकार्य गर्दैनौँ
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफूले बेइमान र गन्हाएका शक्तिसँग सहकार्य नगर्ने दाबी गरेका छन्। मंगलवार पोखरामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।  




‘हामी जनताका मुद्दामा सहकार्य गर्छौँ। मुख्य रुपमा जो बेइमान, गन्हाएका छन्, तीसँग त हामी सहकार्य गर्दैनौँ,’ भट्टराईले भने, ‘तर चाहिँ जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन्। त्यस्ता कुनै पनि शक्तिसँग हामी सहकार्य गर्न सक्छौँ।’  

सहकार्यका लागि पार्टीले वार्ता समिति बनाएको र त्यसले  विभिन्न शक्तिसँग पहल गरिरहेको उनले बताए।  

भट्टराईले आफू शक्तिमा हुँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको पनि दाबी गरे । उनले भने, ‘हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भनेजस्तो विज्ञापन गर्ने कुरा गर्नुभएन। त्यो हाँस्यास्पद हुन्छ। बाबुराम भट्टराईले कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने म अहिल्यै चुनौती दिन्छु।’  

आफू रेकर्डमै रहेको व्यक्ति भएकाले ‘सबैभन्दा पहिला छानबिन मबाट गरौँ भनिराखेको’ पनि उनले दाबी गरे। ‘त्यो गर्ने आँट गर्दैन्। त्यसकारण बाबुराम भट्टराईको बारेमा कसैले औँला उठाउने आँट गरेको छैन अहिलेसम्म,’ भट्टराईले भने।  
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस