नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेका छन्। बुधबार अस्पताल पुगेर बाबुरामले सशस्त्र संघर्षकालीन सहकर्मी वैद्यलाई भेटेका हुन्।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थाल्दा सुप्रिमो पुष्पकमल दाहालपछिका दुई खम्बाका रूपमा वैद्य र बाबुराम थिए। सार्वजनिक वृत्तमा चिनिएको ‘फेस’का रूपमा बाबुराम मानिन्थे भने पार्टीको वैचारिक धारको संयोजन वैद्यको मानिन्थ्यो।
पछिल्लो समय माओवादी शान्ति प्रक्रियामा आएपछि भने दुवै अलग धारमा यात्रा गरिरहेका छन्। हाल दुवै जना दाहाल नेतृत्वको माओवादी केन्द्रसँग छैनन्। अहिले अस्पतालमा उपचाररत् रहेका वैद्यलाई बाबुरामले भेट्दा दाहाल हालसम्म अस्पताल पुगेका छैनन्।
वैद्य दुई सातादेखि त्रिवि शिक्षण अस्पतालको आइसियू उपचाररत छन्।