नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य मातृशोकमा छन्। उनले गत वैशाख २६ गते मात्रै आमा गुमाएका छन्।
यसबीचमा उनी घर (दाङ) बसे। र, सोमबार (आज) मात्रै भैरहवा विमानस्थलबाट काठमाडौं फर्किने क्रममा थिए। दमका रोगी वैद्य भैरहवा विमानस्थलको भीआईपी कक्षमा फ्लाइट कुरेर आराम गरिरहेका थिए।
यता प्रधानमन्त्री केपी शर्मा ओली बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्न ठ्याक्कै त्यही समय भैरहवा अवतरण भए। उनले सुने कि वैद्य यतै छन्।
यसपछि उनले वैद्यलाई खोज्न थाले। र, सिधै भीआईपी कक्षमा पुगेर वैद्यसँग हात मिलाए र कुराकानी गर्न थाले।
भैरहवा विमानस्थलको भीआपी कक्षमा ओली र वैद्यबीच भेट।उनले सुरुमै 'तपाईंको स्वास्थ्य कस्तो छ ?' भने वैद्यलाई सोधे। वैद्य दमका रोगी हुन् भन्ने कुरा अवगत नै भएका ओलीले फेरि 'दमले सताएको होला' भनेर भने। साथमा आमाका प्रति श्रद्धाञ्जलीसहित 'आफ्नो ख्याल गर्नुहोला' भने।
जवाफमा वैद्यले ठीकै भएको बताए। उनले पनि ओलीलाई 'तपाईंलाई कस्तो छ त ?' भनेर सोधे। ओलीले 'म त अझै जवान छु' भनेर ठट्यौली जवाफ दिए।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्यलाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आइसियुमा) राखिएको थियो । लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।
नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’ पुन दम्पती आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरूबिच राजनीतिक भन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे।
वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोश्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए । ०६१ सालमा पुन दम्पतीको दोश्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरु सँगै थिए । ‘हाम्रो बिचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुष्मा भाउजू (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो । हामीले ती कुराहरु पनि सम्झियौँ ।’
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...