धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नगर क्षेत्रमा रातारात सडक कालोपत्रे गरेको भन्दै अख्तियारलाई पत्र लेखेका छन्। मेयर साम्पाङले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्री राईले गरेको काम गुणस्तरहीन भएको भन्दै छानबिन गर्न माग गर्दै पत्र पठाएका हुन्।
साम्पाङले लेखेका पत्रमा उपमहानगर पालिकालाई कुनै जानकारी नदिइ शनिवार राति ९–१० बजेको समयमा मन्त्री राईबाट धरानको वडा नम्बर ४ र १५ को बिचको काठे पुलमा पर्ने सडकमा कालोपत्रे गरेको उल्लेख छ। जसमा राति ९–१० बजेदेखि बिहान ३ बजेसम्म सडक कालोपत्रेको काम भएको ‘बुझिएको’ भनेका छन्।
‘यसरी आधारातमा पिच गर्नु पने, नगरी नहुने ताहुती के पयो र काम गर्दा धरान उपमहानगरपालिकालाई कुनै जानकारी नदिई काम गर्नु पर्ने बाध्यता के आइपर्यो?,’ पत्रमा भनिएको छ,‘सो लेखिबुझी उताको उत्तर जानकारी गराइदिन अनुरोध छ।’
रात्रिकालीन समयमा धरानमा कालोपत्रेको काम गर्दा प्रकाश नपुग्ने भएकाले गुणस्तरीय काम नहुने दाबी गर्दै साम्पाङले यो विषयमा छानबिन गर्न अनुरोध गरेका छन्। ‘साथै, धरान उपमहानगरपालिका क्षेत्रमा राति कालोपत्रेको काम नहुने÷गर्न नपाइने नियमको जानकारी गराउँदै अन्य स्थानहरूमा समेत यस प्रकारको कमसल गुणस्तरीय काममा रोक लगाउनका लागि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइदिन हुन अनुरोध छ,’ पत्रको ब्यहोरामार्फत हर्कले भनेका छन्।
हर्कले अख्तियारको इटहरी कार्यालयले लेखेको उक्त पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ दिएका छन्।
लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।
बिहीबार (हिजो) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितको सहभागितामा गम्भीर राजनीतिक छलफल भएको र सुमना श्रेष्ठको संयोजकत्वमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका भण्डारीले त्यसपछि पनि लगातार दुईवटा स्टाटस लेखेका थिए।
तर, उनले ती तीनवटै स्टाटस हटाइसकेका छन्। आफ्नो पहिलो स्टाटसमाथि समाचार बनेपछि उनले हिजै साँझ ६ बजेतिर ‘मिडियाले गलत बुझ्यो’ भनेर अर्को स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले भनेका थिए, ‘मिडियाले गलत बुझ्यो, नयाँ पार्टी खोल्न लागेको होइन, सबै समाहित भएर नयाँ नाम फेर्न खोजेको हो।’
भगवान् भण्डारीको दोस्रो स्टाटस, जुन अहिले हटाएका छन्।उनको त्यो स्टाटसको पनि तीव्र आलोचना भएको थियो। त्यसपछि उनले शुक्रबार (आज) आज बिहान अर्को स्टाटस लेखेका थिए। जहाँ, उनले रास्वपाकै नाम फेर्नेबारे मात्रै कुरा भएको बताएका थिए। ‘नयाँ पार्टीको कुरा होइन, रास्वपाको नाम फेर्ने अनि बालेन-हर्कहरू जोडिनेबारे छलफल भएको हो,’ उनको तेस्रो स्टाटसमा भनिएको थियो।
तर, अहिले उनले ती सबै स्टाटसहरू हटाइसकेका छन्। सर्वप्रथम: यहीँबाट उनका स्टाटसहरू ‘हावादारी’ रहेछ भन्ने पुष्टि हुन्छ। दोस्रो, उनले स्टाटसमार्फत जे-जे भनेका थिए, ती कुराको सम्बन्धित पक्षहरूले खण्डन गरिसकेका छन्।
भगवान् भण्डारीको पहिलो स्टाटस, जुन अहिले हटाइसकेका छन्।भण्डारीले गम्भीर छलफल भएको भनेर दाबी गरेकामध्ये हर्क साम्पाङले बिहानै फेसबूक स्टाटसबाटै खण्डन गरेका छन्। ‘हर्क-बालेनसहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रहेछ। त्यस्तो कुनै भर्च्यूअल मीटिङ नबसेको सबैलाई जानकारी गराउँदछु,’ हर्कले भनेका छन्।
यता रास्वपा नेताहरूले पनि यसबारे अनभिज्ञता प्रकट गरेका छन्। रास्वपा नेताहरू डा. तोसिमा कार्की, हरि ढकाललगायतका नेताहरूले यसबारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञाता प्रकट गरेका छन्। ढकालले भनेका छन्, ‘सुमनाजी र हामी पनि आश्चर्यचकित छौँ। त्यस्तो कुनै कुरा छैन।’ यता बालेनले भने अहिलेसम्म केही भनेका छैनन्।
हर्क साम्पाङले गरेको खण्डारीको स्टाटसको खण्डन।त्यसो त भण्डारी नेपालमा रहँदासम्म नेकपा (एमाले) निकट भनेर निचिन्थे। तर, पछिल्लो समय भने उनी रास्वपानिकट मानिन्छन्। नेपालका हरेक राजनीतिक घटना र सन्दर्भबारे प्रतिक्रिया ‘जनाउनैपर्ने’ उनको अहिले तीव्र आलोचना भइरहेको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...