अध्यादेशले बढायो उपेन्द्रको 'बार्गेनिङ पावर' !
२२ माघ २०८१
•
४ मिनेट पाठ
अध्यादेशले बढायो उपेन्द्रको 'बार्गेनिङ पावर' !
संसद् अधिवेशन चालू नरहँदा सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेश माघ २४ गते संसद्‌मा पेस हुँदैछ। संवैधानिक प्रावधानअनुसार त्यसरी आएको अध्यादेशलाई संसद् खुलेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनबाट बहुमतले पारित गर्नुपर्छ। तर, अहिलेको सत्तापक्षसँग राष्ट्रिय सभामा बहुमत छैन।




यसमा मानेमा राष्ट्रिय सभामा तीन सिट भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल निर्णायक देखिएको छ। अहिले राष्ट्रिय सभामा सत्तापक्ष दलहरू नेपाली कांग्रेससँग १६, नेकपा (एमाले)सँग १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १ सिट छ। सत्तामा रहेका अरु दलहरूसँग राष्ट्रिय सभामा सिट छैन।

कांग्रेस, एमाले र लोसपाको सिट जोड्दा जम्मा २७ सिट पुग्छ। जबकि बहुमतका लागि ५९ सदस्यीय राष्ट्रिय सभामा न्यूनतम ३० सिट चाहिन्छ। यसरी हेर्दा सत्तापक्षलाई अझै तीन सांसद चाहिन्छ। जुन सङ्ख्या उपेन्द्र यादवसँग छ।

राष्ट्रिय सभामा तीन सदस्य राष्ट्रपतिबाट मनोनीत हुन्छन्। अहिलेका लागि नारायण दाहाल, वामदेव गौतम र अञ्जना शाक्य मनोनीत हुन्। यसमध्ये दाहाल माओवादी निकट हुन्। वामदेव गौतमको समर्थन कता हुन्छ, टुङ्गो लागिसकेको छैन। तर, उनले एमाले अर्थात् सत्तापक्षलाई समर्थन गर्ने सम्भावना भने कम छ। किन पनि भने भर्खरै उनलाई एमालेले पार्टीमा भित्र्याउने भनेर चिढ्याएको छ।

शाक्य भने एमाले निकट हुन्। यसर्थ, उनले भने सत्तापक्षलाई समर्थन गर्न सक्छिन्। तर, उनले समर्थन जनाए पनि सत्तापक्षसँग जम्मा २८ सिट पुग्छ। यसरी हेर्दा सत्तापक्षलाई उपेन्द्र यादवको समर्थन चाहिने नै हुन्छ।

यही बुझेर सोमबार (हिजो) मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई पालैपालो फोन गरेर अध्यादेश पारित गरिदिनका लागि बिन्ती बिसाएका छन्। यसपछि उपेन्द्र यादवले तत्कालै नेता राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल बनाएका छन्। कार्यदलकै प्रतिवेदनअनुसार पार्टी अगाडि बढ्ने उपेन्द्र यादवले बताएका छन्। उनले नागरिकसँग भने, 'कार्यदलको प्रतिवेदनमा जे आउँछ, त्यहीअनुसार अगाडि बढ्छौँ।'

उपेन्द्र यादव।
तर, यही मौकालाई समातेर उनले 'बार्गेनिङ' थालेका छन्। सङ्घीय र प्रादेशिक दुबै सरकार बाहिर रहेका उनले मधेस प्रदेश सरकार 'हत्याउन' चाहेको स्रोत बताउँछ। स्रोत भन्छ, 'जसपा नेपाल यही मौका छोपेर मधेस प्रदेशमा सरकारको नेतृत्व लिन चाहन्छ।'

त्यसो त उपेन्द्र यादवका लागि सत्ताभन्दा टाढा रहनु त्यति रुचिकर होइन। सप्तरी २ बाट आवधिक निर्वाचन पराजित भएर पनि बारा २ बाट उपनिर्वाचन लडेर संसद् छिरेका उनी यसबीचमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए। तर, उनको पार्टी विभाजन भएसँगै उनी सरकारबाट बाहिरिए र मधेसकेन्द्रित भए। 

मधेसमा झन्डै चार महिना घुमेर फर्किएका उनका लागि अहिले उपयुक्त बेला आएको छ। उनले सरकारलाई समर्थन त दिएका छन्। तर, सरकारसँग त्यति खुसी छैनन्। बरु उनले सरकारकै आलोचना गरिरहेका छन्। मङगलबार (आज) उनले नागरिकसँग भने, 'सरकारले केही काम नै गरेन। सरकार पनि कहिलेसम्म हो, थाहा छैन। अब सरकारलाई हाम्रो पार्टीको समर्थनको कुनै अर्थ छैन।'

त्यसो त स्रोतको दाबी छ कि मधेस प्रदेश सरकारको नेतृत्व वा सङ्घीय सरकारमा केही मन्त्रालय पाउने निश्चित भए उपेन्द्र यादवले अध्यादेशको पक्षमा मतदान गरिहाल्छन्। तर, अहिलेसम्म उनी अनिर्णीत छन्। कार्यदलको नाममा सत्तापक्षलाई जवाफ दिन ढिलाइ गरिरहेका छन्।

अर्कोतिर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूले अध्यादेशको तीव्र विरोध गर्दै अस्वीकृत हुनुपर्ने भन्दै संसद्‌मा प्रस्ताव नै हालेका छन्।

उनीहरूले पनि उपेन्द्र यादवसँग कुराकानी गरिरहेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसालले अध्यादेश अस्वीकृत गर्नका लागि उपेन्द्र यादवसँग कुराकानी गरिरहेको बताए।

उपेन्द्र यादव यसरी दोहोरो तानातामा समेत परेका छन्। उनले प्रतिपक्षको कित्तामा पनि त्यति सहज रूपमा समर्थन जनाउने छैनन्। प्रतिपक्षीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दाहालसँग उपेन्द्र यादवको सम्बन्ध राम्रो छैन। दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री भएका उपेन्द्र यादव अमेरिका पुग्दा नेपालमा उनको पार्टी विभाजित भएको थियो।

यो काम प्रधानमन्त्री दाहालले नै गरेको ठम्याइ उपेन्द्र यादवको छ। १२ मध्ये ७ सांसदले साथ छाड्दा खुत्रुक्कै भएका उनले अमेरिकाबाट फर्किनासाथ प्रधानमन्त्री दाहाललाई 'तपाईंले पार्टी फुटाइदिनुभयो' भनेर भनेका थिए। त्यसयता दाहाल र उपेन्द्र यादवबीच त्यति राम्रो बोलचालसमेत छैन।

यसर्थ, उपेन्द्र यादव सङ्घ र प्रदेशमा केही सुनिश्चितता भए बरु अध्यादेशको पक्षमै उभिने मनसायमा पुगेको बताइन्छ। तर, सत्तापक्षबाट त्यस्तो केही 'ग्रीन सिग्नल' प्राप्त गरेका छैनन्। नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले पनि मध्यमार्गी तवरको प्रस्ताव ल्याउने आशङ्का गरिएको छ, ताकि परिआउँदा आफूअनुकूल निर्णय लिन सकियोस्।

एमालेका एक नेता भने अहिलेका लागि सघाउन र ०८४ को निर्वाचनपछि मधेस प्रदेश सरकार नै लिन भनेको बताउँछन्। 'अहिलेलाई सघाउनुस् र पछि मधेस प्रदेश सरकार नै लिनुस् भनेका छौँ। थप कुरा भएको छैन,' ती नेताले भने।

यो पनि पढ्नुहोस्

उपेन्द्र भन्छन्- यो सरकारको ठेगान छैन, कहिलेसम्म रहन्छ थाहा छैन
अर्को समाचार
सरकारसँग बिच्किँदै साना दल
१९ असार २०८२
•
३ मिनेट पाठ
सरकारसँग बिच्किँदै साना दल
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिश्रित झन्डै दुईतिहाइको सरकारसँग साना दल बिच्किँदै गएका छन्।




गत वर्षको असार ३० गते गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस-एमालेका अलवा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मिसिएका छन्।

तर, सरकार गठनको एक वर्ष बित्दा-नबित्दै जसपा नेपाल र नागरिक उन्मुक्ति चिढिएका छन् र सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेका छन्। नागरिक उन्मुक्तिले बिहीबार (आज) मात्रै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने घोषणा गरिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका पार्टीका सांसद रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि चिढिएको नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट पनि बाहिरिने घोषणा गरेको हो।

यो पनि पढ्नुहोस्

'जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो, संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो'

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले २३ गतेको सदनबाट आफूहरू प्रतिपक्षमा बस्ने बताइन्। ‘हामी २३ गतेको सदनबाट प्रतिपक्षमा बस्छौँ,’ अध्यक्ष श्रेष्ठले नागरिकसँग भनिन्, ‘सङ्घ र प्रदेश दुबैतिर प्रतिपक्षमा बस्नेछौँ अब।’ उनले सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका पार्टीका सांसद अरूणकुमार चौधरीले राजीनामा दिने बताइन्। ‘अहिले प्रधानमन्त्रीज्यू बाहिर हुनुहुन्छ। उहाँ फर्किनुभएपछि मन्त्रीले राजीनामा दिनुहुन्छ। त्यसपछि हामी सरकारबाट बाहिरिन्छौँ,’ उनले भनिन्।

जसपा नेपाल पनि समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेको छ। गत असार ७ र ८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्णत: असफल भइसकेको र अब समर्थन गरिरहनुको कुनै औचित्य नरहेको निष्कर्ष निकालिसकेको छ। उक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गर्नका लागि पार्टीको संसदीय दललाई निर्देशन दिइसकेको छ। अब निर्देशनअनुसार चाँडै निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

चन्द्रकान्त राउत, रञ्जिता श्रेष्ठ र उपेन्द्र यादव।
उनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको तर, आधिकारिक निर्णय गर्न मात्रै बाँकी रहेको बताएका छन्। 'पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो। अब सङ्घीय सरकारलाई दिएको समर्थन पनि छिट्टै फिर्ता लिनुपर्छ भन्ने हो,' बस्नेतलेनागरिकसँग भने, 'समर्थन फिर्ता लिइसकिएको जस्तो हो। संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो।'

जसपा नेपालले सरकार संविधान संशोधन, सुशासन कायम र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको छ। त्यसैले समर्थन गरेर बस्नुको कुनै औचित्य नरहेको जसपा नेपालको तर्क छ।

यो पनि पढ्नुहोस्

राजीनामा दिँदै मन्त्री चौधरी, प्रतिपक्षमा बस्ने नागरिक उन्मुक्तिको घोषणा

यता जनमत पार्टी पनि सरकारसँग सन्तुष्ट छैन। मधेस प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर जनमत सङ्घीय सत्ता गठबन्धनसँग रुष्ट बनेको छ। प्रदेश सरकार जनमतकै नेतृत्वमा छ, पार्टीका सांसद शतिसकुमार सिंह मुख्यमन्त्री छन्। तर, बजेट मुख्यमन्त्री सिंहलाई नै ‘बाइपास’ गरेर ल्याएको आरोप जनमतको छ। अर्थमन्त्री कांग्रेसका सुनीलकुमार यादव छन्। उनले मुख्यमन्त्री सिंहलाई नै बाइपास गरेर बजेट ल्याएको आरोप जनमतको छ।

यही विषयलाई देखाएर जनमतले समर्थन फिर्ता लिनेसम्मको निर्णय गर्नसक्ने बताइन्छ। प्रवक्ता डा. शरदसिंह यादवले भने अहिल्यै त्यस्तो निर्णय नभइसकेको तर, यसबारे थप छलफल तथा समीक्षा हुने बताएका छन्। जसपा नेपाल र नागरिक उन्मुक्ति जस्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने घोषणा त गरिसकेको छैन तर, सरकारसँग सन्तुष्ट छैन।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस