दाहाललाई रघुजी पन्तको जवाफः संसद कुण्ठा पोख्ने ठाउँ होइन
२४ माघ २०८१
•
१ मिनेट पाठ
दाहाललाई रघुजी पन्तको जवाफः संसद कुण्ठा पोख्ने ठाउँ होइन
नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताएका छन्। बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 




उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा कुण्ठा पोखेको भन्दै संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताए। उनले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ ? भन्दै प्रश्न गरे। उनले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताए।

उनले भने, ‘बढो रमाइलो दृश्य हाम्रो संसदमा देखिँदा अत्याधिक खुशी लागेको छ । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको ¥याङठ्याङ आज मिलेको देखियो यो वास्तवमै रमाइलो छ । आज प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भाषण निकै ध्यानपूर्वक सुनेँ । उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । तर ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको छ । तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा भाषण सुनेर बस्ने देशवासीलाई यो प्रमुख प्रतिपक्ष दलको नेताले भनेको ठिक छ भन्ने होस् न ।’
अर्को समाचार
डिस्को खाली हुँदा शिक्षामन्त्री चिन्तित
१३ जेष्ठ २०८२
•
३ मिनेट पाठ
डिस्को खाली हुँदा शिक्षामन्त्री चिन्तित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवाहरू नाँच्ने-गाउने उमेरमा विदेश पलायन हुँदै गएकाले स्वदेशमा डिस्कोहरू रित्तिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। 




सोमबार राजधानीमा नेपाली कांग्रेस शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसअन्तर्गत ‘उच्च शिक्षाका आयाम’ विषयक विमर्श कार्यक्रममा मन्त्री पन्तले वास्तवमा उच्च शिक्षाको बेथितिबारे उपकुलपति, प्राध्यापक र डिन तथा शिक्षाका विज्ञहरूसँग पटकपटक कुराकानी भएको तर उच्च शिक्षालाई कहाँ लैजानेबारे खोजी हुन नसकेको उनले स्पष्ट पारे।

उनले आजको आवश्यकता विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति विश्वविद्यालयहरूले उत्पादन गर्नु नै रहेको धारणा राखे। ‘गत वर्ष एक खर्ब ५० अर्ब रूपैयाँभन्दा बढी रकम विद्यार्थीले लिएर विदेश गएको तथ्यांक छ। यो त तथ्यांकमा देखिने पैसा हो, तर यसबाहेक पनि जाँदा साथमा लैजाने र पछिबाट परिवारले पठाउने रकमको त हिसाबै छैन’, मन्त्री पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रा युवा बिदेसिँदै गएकै कारण आज देश सुनसान छ। कपडा पसल सुनसान छन्। हाम्रा डिस्कोहरूमा पनि पहिलेजस्तो भीडभाड छैन।’ 

मन्त्री पन्तले नाच्ने उमेरका युवा विदेश गएकामा चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘किन छैन? किन छैन भन्दा नाच्ने उमेरका विदेश गएका छन्। नयाँ फेसनका लुगा लगाइदिने युवा विदेश गएका छन्। साथीभाइसँग रेस्टुरेन्टमा खाने उमेरका विदेश गएका छन्। यो युवा अवस्थाकालाई विदेश पठाएर न देशको अर्थतन्त्र नै चल्छ न त मुलुक नै अगाडि बढ्न सक्छ।’ उनले शिक्षकसँग भएका वार्ता र सहमतिअनुसारकै माग सम्बोधन गरी विद्यालय शिक्षा ऐन सरकारले ल्याउनेमा विश्वास दिलाए। ‘निजी र सरकारी साझेदारीमा शिक्षा चल्नुपर्छ। निजी लगानीलाई बन्देज गरी शिक्षा चल्न सक्दन’, मन्त्री पन्तले भने। उनले अनुगमन र नियमन राज्यले गर्नुपर्ने बताए। 

‘हाम्रा विद्यार्थीलाई विदेश जानबाट रोक्न र विदेशी स्तरको डिग्री स्वदेशमै उपलब्ध गराउने निजी शिक्षामा निजी लगानी भित्र्याउनुपर्छ’, मन्त्री पन्तले भने, ‘ निजीले लगानीका साथै पूर्वाधार पनि बनाउनुपर्छ र राज्यले सहकार्य गरी अघि बढ्छ। भारतका प्रधानमन्त्री मोदी र चीनका सरकारी निकायहरूले पनि यही अवधरणा अपनाएका छन्।’ उनले आवश्यकता र औचित्य पुष्टि हुने गरी विश्वविद्यालय खोलिनुपर्नेमा समेत जोड दिए।

कार्यक्रमा त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाले विद्यालय शिक्षामा चुनौती कायमै रहेकाले विद्यालय शिक्षा विधेयक बृहत् छलफल गरी ल्याउनुपर्ने सुझाए। ‘केन्द्रमा रहेका शिक्षक व्यवस्थापनका विषयवस्तु एकैपटक विनातयारी स्थानीय पालिकामातहतमा राख्नु पछिसम्म चुनौती थपिने हुन्छ’, पूर्वउपकुलपति खनियाले भने, ‘सन् २०३० सम्म देशमा छरिएर रहेका क्याम्पसहरू एकत्रित गर्ने विश्वविद्यालयको ०७६ को नीतिले पनि समेट्न सकेको छैन। यो चिन्ताको विषय बन्दै गएको छ। हाम्रो देशमा निर्देशिकाबाट विदेशी सम्बन्धनका कलेजहरू चल्छ जबकि भारतमा समेत ऐनबाट चल्छ। यसकारण शिक्षाका ऐन तथा नीतिमा सुधार टड्कारो देखियो।’

शिक्षाविद् एवं त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाका अनुसार शिक्षा क्षेत्रलाई पूर्णत: राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न सके मात्र नेपालको शिक्षा क्षेत्रले फट्को मार्न सक्छ। ‘विश्वविद्यालयहरू प्राज्ञहरूको गणतन्त्र हो’, शिक्षाविद् माथेमाले भने, ‘विश्वविद्यालयले के पढाउने? कसरी पढाउने र कस्तो र किन पढाउने? यो नितान्त विश्वविद्यालयको विषय हो।’ 

उनले जोड दिए, ‘त्रिवि ऐन ०५० मेरै पालामा बनाएको हो, तर हामीले दुई विषय थप्न चुक्यौं। त्यो हो– त्रिविलाई बोर्ड अफ ट्रस्टीबाट चल्न दिने र अर्को विषय हो– सम्बन्धनको सवाल। यी दुवै विषय अबका पदाधिकारीले ऐन संशोधन गरी सम्बोधन गर्नुपर्ने देखियो। तब मात्र उच्च शिक्षा राजनीतिक हस्तक्षेपमुक्त बन्छ।’ उनका अनुसार देशमा कति र कस्तो विश्वविद्यालय आवश्यक पर्ने भन्नेबारे अध्ययनपछि मात्र खोलिनुपर्छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस