बिहीबार अछाम पुगेका नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापाले 'माओवादी जनयुद्ध हिंसा नै हो' भन्ने अभिव्यक्ति दिए।
यसपछि खासगरी माओवादी नेता, कार्यकर्ता र समर्थकहरूले उनको तीव्र आलोचना गरिरहेका छन्। तर, एमालेजनहरूले भने उनको प्रशंसा गरेका छन्।
उनको प्रशंसामा एमाले नेता महेश बस्नेतले लेखेका छन्, 'एमाले उपाध्यक्ष रामबहादुर थापाले अछाम पुगेर माओवादी जनयुद्ध हिंसा नै हो भन्नुभएछ। जुनसुकै उद्देश्यले गरिएको होस्, जुनसुकै परिवर्तन र क्रान्तिलाई त्यसले सपोर्ट गरेको होस्, जनयुद्ध भन्ने हिंसा नै हो।'
उनले थपेका छन्, 'तसर्थ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यूले भन्नुभएको हिंसा शब्दमा हाम्रो सहमति छ।'
उनले जनयुद्ध दिवस मनाउने र बिदा दिने प्रचलन संसारमा कहीँ नभएको बताएका छन्। 'त्यो हामीले पनि गर्नु हुँदैन। रामबहादुर थापाज्यूको सच्चाइप्रतिको यो बुझाइलाई हार्दिक अभिवादन।'
त्यसो त थापा पूर्वमाओवादी नेता नै हुन्। माओवादी जनयुद्धमा उनी पनि सामेल थिए।
एमाले र माओवादीबीच एकता भएर २०७४ सालमा बनेको नेकपा विभाजन हुँदा थापा एमालेकै कित्तामा रहे। त्यसयता उनी माओवादी र त्यसका नेताप्रति अनुदार रहँदै आएका छन्।