नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादीले गरेको सशस्त्र सङ्घर्ष हिंसा नरहेको दाबी गरेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
‘अरूले ठोकिरहेका छन् जनयुद्धलाई । जनयुद्ध राजनीतिक आन्दोलन होइन भनेर! यो बेला त हामीले एकजुट भएर प्रतिवाद गर्ने हो,’ सचिव पौडेलले भने, ‘बादलको कुरा गर्नुभयो, सबैभन्दा बढी कमान्डर भनेर उहाँको नाम थियो। व्यक्तिगत रूपमा उहाँसँग कुनै पूर्वाग्रह छैन, तर उहाँले जुन शब्द प्रयोग गर्नुभयो, आफै लागेर सुरुवात गरेको फाउन्डरले त्यहीँ आन्दोलनलाई शब्द चयन गर्दा ख्याल पुर्याउनुपर्छ नि।’
माओवादीले अन्य पार्टीले विगतमा गरेको आन्दोलनको कहिल्यै अपमान नगरेको दाबी गर्दै माओवादीको संघर्षलाई पनि अपमान नगर्न आग्रह गरे । ‘हामी झापा आन्दोलनलाई कहिल्यै अपमान गर्दैनौँ। कांग्रेसले गरेको मुक्ति आन्दोलनलाई कहिल्यै अपमान गर्दैनौँ,’ उनले भने।
माओवादीले ‘जनयुद्ध’लाई सल्युट गरेजस्तै ती आन्दोलनलाई सल्युट गर्ने उनले बताए। उनले भने, ‘राजनीतिक संस्कारको विकास गर्न हामी अनुरोध गर्न चाहन्छौँ।’
जनयुद्ध हिंसा नभएको पनि पौडेलले बताए। ‘म हजार पटक भन्न चाहन्छु, जनयुद्ध हिंसा होइन, न्याय, मुक्ति र स्वतन्त्रताका निम्ति जनताले लडेको आन्दोलन हो,’ उनले भने।