सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
२८ माघ २०८१
•
१ मिनेट पाठ
सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्‌मा सार्वजनिक महत्त्वका तीन प्रस्ताव दर्ता गराएका छन्।




बजगाईंले सोमबार (आज) संसद्‌मा सार्वजनिक महत्त्वका तीन प्रस्ताव दर्ता गराएका हुन्। उनले दर्ता गराएका पहिलो प्रस्ताव 'दुर्घटना न्यूनीकरणका लागी मोटरसाइकल यात्रु अर्थात् पछाडि सिट सवार व्यक्तिले अनिवार्य रूपमा हेलमेट लगाउन पर्ने' छ। प्रस्तावका समर्थकहरूमा उदय शम्शेर जबरा, राजेन्द्र कुमार केसी र सञ्जय कुमार गौतम छन्।

यस्तै उनले दर्ता गराएको दोस्रो प्रस्तावमा 'यार्सागुम्बा सङ्कलमा बालश्रम निषेध' छ। समर्थकहरूमा सुरेन्द्र राज आचार्य, चन्दा चौधरी र कान्तिका सेजुवाल छन्।

यस्तै 'मानव-जङ्गली जनावर द्वन्द निवारण' सार्वजनिक महत्त्वको अर्को प्रस्ताव छ। समर्थकहरूमा राजेन्द्र कुमार केसी र उदय शम्शेर जबरा छन्।
अर्को समाचार
गोरखाली सांसदको प्रस्ताव: देशको नाम ‘गोरखा’ राखौँ, राजधानी सारौँ
२५ पौष २०८१
•
२ मिनेट पाठ
गोरखाली सांसदको प्रस्ताव: देशको नाम ‘गोरखा’ राखौँ, राजधानी सारौँ
गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईँले नेपालको नाम परिवर्तन गरेर गोरखा राख्न प्रस्ताव गरेका छन् । यस्तै काठमाडौँबाट देशको राजधानी पनि सार्नुपर्ने बजगाईँले प्रस्ताव गरेका हुन् । बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।  




‘यो देशको नाम ‘गोरखा’ राख्नुपर्छ,’ बजगाईँले लेखेका छन्, ‘मोबाइल वा कम्प्युटर ह्याङ्ग भयो भने रिस्टार्ट वा स्विच अफ गर्नुपर्छ। ब्रान्ड फेल भयो भने नयाँ युएसपी र नाम दिन सकिन्छ, जस्तै मुम्बई–बम्बई, मंगलुरु–बंगलोर।’ 

उनले त्यसपछि काठमाडौंमा सांस्कृतिक अतिक्रमण रहेको उल्लेख गरेका छन् । ‘काठमाडौँ सांस्कृतिक अतिक्रमणमा छ। र, रैथानेहरू विस्थापित भइरहेका छन्। राजधानी अन्यत्र सारेर काठमाडौँलाई संरक्षित सांस्कृतिक सहर बनाउनुपर्छ,’ बजगाईँले प्रस्ताव छ ।

उनले अगाडि यिनै कुरा चार बुँदामा उल्लेख गरेका छन् । 

देशको नाम गोरखा राख्नुपर्ने कारणमा बजगाईँले पहिलो बुँदामा लेखेका छन्, ‘‪गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक हो। यो नामले देशको गौरवशाली इतिहासलाई प्रखर बनाउँछ। तर नाम परिवर्तनले मात्र समस्याहरू समाधान हुँदैन। जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय गर्नुपर्छ।’ 

दोस्रो बुँदा राजधानी अन्यत्र सार्नुपर्छ भनेका छन् । ‘‪काठमाडौँ सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वले पीडित छ। यसलाई संरक्षित सांस्कृतिक सहर बनाउन राजधानी अन्यत्र सार्नु उपयुक्त हुन्छ’, बजगाईँको तर्क छ । 

जसमा ‘नयाँ राजधानीका सम्भावना: तुलसीपुर, चितवन, पोखरा।’ लाई भनेका छन् । यसले काठमाडौँलाई पर्यटक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्‍याउँने उनको दाबी छ । 

तेस्रो बुँदामा ‘रैथानेहरूको संरक्षण गर्नुपर्छ’ भनेका छन् । जसमा ‪परम्परागत जीवनशैली विस्थापित भइरहेको कुरा उल्लेख गर्दै थप दुई बुँदामा रैथाने समुदायको सांस्कृतिक अधिकार सुरक्षित गर्नुपर्ने, संरक्षित क्षेत्र घोषणा गरी समुदायलाई सहभागी गराइ संरक्षण योजनाहरू बनाइनुपर्ने प्रस्ताव राखेका छन् । 

यस्तै चौथो बुँदामा ‘नाम परिवर्तन र ब्रान्डिङ गर्नुपर्ने’ विषय प्रस्ताव गरेका छन् । ‘‪ब्रान्डिङ र पहिचान परिवर्तनले नयाँ अवसर सिर्जना गर्छ। जस्तै: मुम्बई–बम्बई, मंगलुरु–बंगलोर,’ उनले लेखेका छन् । नेपालका लागि सांस्कृतिक जरा बचाउँदै आधुनिक पहिचान स्थापित गर्न नयाँ दृष्टिकोण आवश्यक रहेको उनको दाबी छ । 

‪निष्कर्षमा उनले ‘काठमाडौँको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता विचार र कदम महत्त्वपूर्ण छन्। तर यसको कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव छैन’ भनेका छन् । 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस