कहिले पर्छ संसद्को कार्यसूचीमा अध्यादेश ?
२८ माघ २०८१
•
३ मिनेट पाठ
कहिले पर्छ संसद्को कार्यसूचीमा अध्यादेश ?
अधिवेशन नचलेको बखत सरकारले ल्याएको ६ वटा अध्यादेश संसद्‌मा टेबुल हुन सकेको छैन। संसदीय अङ्कगणितमा कमजोर भएपछि कार्यसूचीमा परिसकेको अध्यादेश हटाएको सरकार पुन: कहिले अगाडि बढाउने, अन्योलमा छ।




संवैधानिक प्रावधानअनुरूप त्यसरी ल्याएको अध्यादेश संसद् अधिवेशन सुरु भएपछि दुबै (प्रतिनिधिसभा र राष्ट्रियसभा) सदनबाट बहुमतले पारित हुनुपर्छ। तर, अहिलेको सरकारसँग राष्ट्रिय सभामा बहुमत छैन। राष्ट्रिय सभामा निर्णायक दल जनता समाजवादी पार्टी, नेपाल अनिर्णीत हुँदा सरकारलाई थप सकस परेको छ।

अध्यादेशबारे संवैधानिक प्रावधान।
हिउँदे अधिवेशन सुरु भएको गत माघ १८ गते हो। अध्यादेश दुबै सदनबाट निष्क्रिय र राष्ट्रपतिबाट खारेज नभएको खण्डमा ६० दिनभित्र स्वत: निष्क्रिय हुनेछ। अर्थात्, सरकारले अध्यादेश चैत १८ गतेसम्म जसरी पनि पास गर्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस्

अध्यादेशले बढायो उपेन्द्रको 'बार्गेनिङ पावर' !

त्यसो त अध्यादेश दुईतिहाइको सरकारको प्रतिष्ठाको विषय बन्दै गएको छ। सरकारलाई यो अध्यादेश दुबै सदनबाट निष्क्रिय हुनबाट र राष्ट्रपतिबाट खारेज हुनबाट जोगाउनु छ र सँगैमा दुबै सदनबाट पास पनि गराउनु छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा।
यसको एउटै मात्रै उपाय हो, जनता समाजवादी पार्टी, नेपालको साथ। अध्यादेश अध्ययन कार्यदल नै बनाएर निर्णय लिएको जनता समाजवादी पार्टी, नेपालले निर्णय गरिसकेको छ। तर, सार्वजनिक गरेको छैन। यसले गर्दा सरकारलाई थप सकस परेको छ।

अध्यादेश पास गर्ने कार्यमा निर्णायक बनेपछि उसले बरु 'बार्गेनिङ' सुरु गरेको छ। चर्चा छ कि जनता समाजवादी पार्टी, नेपालले अध्यादेश पास गर्नका लागि सरकारलाई दुईवटा विकल्प दिएको छ। पहिलो, सङ्घमा उपप्रधानसहित गृह वा स्वास्थ्य मन्त्रालय। दोस्रो, मधेस प्रदेशमा मुख्यमन्त्री।

यो पनि पढ्नुहोस्

सत्तापक्षसमक्ष उपेन्द्रका दुई विकल्प- कि सङ्घमा उपप्रधानसहित स्वास्थ्यमन्त्री, कि प्रदेशमा मुख्यमन्त्री

यसमा सरकारमा रहेका दलहरू नेपाली कांग्रेस नेकपा (एमाले) ले अहिलेलाई सहयोग गर्न र अर्कोपटक मधेस प्रदेशमा सरकार गठन गर्नका लागि प्रस्ताव त गरेका छन्। तर, जनता समाजवादी पार्टी, नेपाल मानेको छैन। उसलाई 'हात्ताहुत्ती' चाहिएको छ।

अध्ययन कार्यदलको प्रतिवेदन बुझ्दै उपेन्द्र यादव।
तर, प्रवक्ता मनीष सुमन भने यो मान्न तयार छैनन्। उनी भन्छन्, 'हामीले कुनै बार्गेनिङ गरेका छैनौँ। हामीले सत्तासँग सिद्धान्त साट्दैनौँ। अध्यादेशबारे निर्णय लिइसकेका छौँ। कार्यसूचीमा चढेको दिन निर्णय सार्वजनिक गरिहाल्छौँ।'

यो पनि पढ्नुहोस्

उपेन्द्र यादवको दाबी: मन्त्रालय चाहिएन, अध्यादेशबारे रचनात्मक निर्णय दिन्छौँ

यता सरकारको नेतृत्वकर्ता दल एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला फागुन पहिलो हप्ताभित्र अध्यादेश कार्यसूचीमा चढ्ने बताउँछन्। 'माघमा अब सम्भावना देखिएन। फागुन नै पुग्ने देखिन्छ। फागुनको पहिलो हप्ताभित्र कार्यसूचीमा पर्ला,' उनले नागरिकसँग भने।

किन ? भन्ने प्रश्नमा उनले तयारी नपुगेको बताए। 'यो संसद्को बिजनेस हो। सहज परिस्थितिमा चढाइहाल्छ। तर, कतिपय अवस्थामा तयारी पुगेका छैन। भोलि पनि बैठक छ। यसबारे छलफल गर्छौँ। तर, यो फागुन नै पुग्ने देखिन्छ,'बर्तौलाले भने।

जनता समाजवादी पार्टी, नेपालले गरेको प्रस्तावलाई भने उनी साधारण मान्छन्। 'राजनीतिमा त्यो साधारण कुरा हो। यसलाई ठूलो रूपमा लिएका छैनौँ। तर, उहाँहरूलाई हामीले अहिलेलाई सहयोग गर्नुस् र पछि तपाईंहरू अगाडि बढ्नुस् भनेका छौँ,'उनले भने।
अर्को समाचार
भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन अन्तत: बाध्य भयो सरकार
१२ चैत्र २०८१
•
३ मिनेट पाठ
भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन अन्तत: बाध्य भयो सरकार
०८१ माघ १८ गते संसद् अधिवेशन सुरु हुँदै थियो। तर, सरकारले केही दिन अगाडि मात्रै विभिन्न छ वटा अध्यादेशहरू जारी गर्‍यो।




जसमध्ये पाँचवटा अध्यादेशहरू गत फागुन २१ गते दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर कानून बन्ने पक्रियामा छन्। तर, भूमिसम्बन्धी अध्यादेश भने अघि बढ्न सकेको थिएन। सरकारमै रहेका दलहरूले पनि त्यसको विरोध गरेका थिए। सरकारलाई समर्थन गरेर बसेको जनता समाजवादी पार्टी, नेपाल र सरकारमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग राखे।

अन्तत: उक्त अध्यादेश फिर्ता भएको छ। बुधबार (आज) बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। तर, जतिबेला अध्यादेशहरू जारी हुँदै थिए, सरकार सबै अध्यादेश; त्यो पनि जस्ताको त्यस्तै पारित गर्ने अड्डीमा थियो। तर, यहाँसम्म आइपुग्दा सरकार असफल भयो, सबै अध्यादेश पारित गर्न सकेन। र, अन्तत: भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनैपर्ने अवस्था बन्यो।

सदन नचलेको बखत त्यसरी ल्याइएका अध्यादेशहरू संसद् अधिवेशन सुरु भएपछि बहुमतले दुबै सदनबाट पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ। तर, अहिलेको सरकारसँग भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा राष्ट्रिय सभामा बहुमत थिएन। राष्ट्रिय सभामा तीन सिट भएको जसपा नेपाल र एक सिट भएको लोसपाले हात उठाएपछि सरकारलाई थप सङ्कट पर्‍यो। 

सरकारमा रहेका दलहरूमध्ये कांग्रेस, एमाले, जसपा नेपाल र लोसपासँग मात्रै राष्ट्रिय सभामा सिट छ। त्यसबाहेक जसपा, नागरिक उन्मुक्ति र जनमतसँग सिट नै छैन। कांग्रेससँग १६, एमालेसँग १०, जसपा नेपालसँग तीन र लोसपासँग एक सिट छ। यसरी हेर्दा सरकारको पक्षमा जम्मा २६ मत मात्रै देखियो। त्यसमा जसपा नेपालको तीन र लोसपाको एक गरी जम्मा ३० मत हुन्थ्यो। तर, जसपा नेपाल र लोसपा अध्यादेशको विपक्षमा उभिए।

यसकै कारण सरकार भूमिसम्बन्धी अध्यादेश लिन बाध्य भयो र लियो पनि। तर, सरकारले अन्तिम समयसम्म अध्यादेश अघि बढाउने ढिपी गर्दै थियो। तर, सकेन। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम समयसम्म प्रयास गरेकै थिए। कांग्रेसले अध्यादेश पारित गराउनका लागि राष्ट्रिय सभामा आठ सिट भएको एकीकृत समाजवादीलाई फकाउनदेखि 'फुटाउन' सकिने निष्कर्ष पनि निकालेको थियो भनिन्छ। यस्तै उसले जसपा नेपाललाई फकाउन पनि जारी नै राख्नुपर्ने प्रधानमन्त्री ओलीलाई सुझाएको थियो। 

तर, अन्तिममा कुनै उपाय चलेन र अध्यादेश फिर्ता लियो। जसपा नेपाल र लोसपा बरु सरकार छाड्न र समर्थन फिर्ता लिन तयार भए तर, भूमिसम्बन्धी अध्यादेशमा समर्थन जनाउन तयार भएनन्। माओवादी केन्द्र प्रमुख प्रतिपक्षी भइहाल्यो, उसले समर्थन जनाउने कुरा भएन। माओवादी नेताहरूले सुरुदेखि नै अध्यादेशको कडा विरोध गरेका थिए। एकीकृत समाजवादीसँग स्वयम् प्रधानमन्त्री ओलीको राम्रो सम्बन्ध छैन। त्यसका अध्यक्ष माधवकुमार नेपालसँग उनको सधैँजसो कटाक्ष चलिरहन्छ। 

जे होस्, अवस्था यस्तो बन्यो कि सरकार जे-जसो गरे पनि भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नसक्ने ठाउँमा पुग्यो। यसैले त प्रधानमन्त्री ओली फिर्ता लिन बाध्य भए। अन्यथा, उनी जब्बर नेता हुन्।

संवैधानिक प्रावधानअनुरूप त्यसरी ल्याइएका अध्यादेशहरू संसद् अधिवेशन सुरु भएको मितिले दुई महिनाभित्र पारित भइसक्नुपर्छ। अन्यथा, ती स्वत: निष्क्रिय हुन्छन्। अर्थात् माघ १८ गते संसद् अधिवेशन सुरु भयो। यदि सरकारले फिर्ता लिने निर्णय नगरेको भए यो अध्यादेश चैत १८ गते अर्थात् अबको पाँच दिनपछि स्वत: निष्क्रिय हुँदै थियो। तर, सरकारले स्वत: निष्क्रिय भएको भन्दा फिर्ता लिएकै बेस भन्ठानेर फिर्ता लियो।

जसै, दुईतिहाइको सरकारले जे सोचेर अध्यादेशहरू ल्याएको थियो, पारित गर्नका लागि त्यही तवरमा सहज भएन। अन्तत: भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भयो।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस