जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता पक्का, संसद्‌मा छैटौँ ठूलो दल बन्दै
३० माघ २०८१
•
३ मिनेट पाठ
जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता पक्का, संसद्‌मा छैटौँ ठूलो दल बन्दै
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुने पक्का भएको छ।




अहिले एकताको 'मजबुत' आधार तयार पार्नका लागि जनमतका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी लागिपरेका छन्। उनीहरूका बीचमा शृङ्खलाबद्ध रूपमा संवादसमेत हुने गरेका छन्।

पार्टी एकता हुने पक्का भइसकेको र अन्तिम संवाद मात्रै बाँकी रहेको नेताहरूले बताएका छन्। अन्तिम संवाद नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी नेपाल फर्केपछि हुने संरक्षक रेशम चौधरीले जानकारी दिए। अहिले रञ्जिता देश बाहिर छिन्।

चौधरीका अनुसार पार्टी एकताको आधार तयार भइसकेको छ। 'एकताका लागि आधार लगभग तयार भइसकेको छ। हाम्रा बीचमा समान विचारधारा भएकाले पनि एकताका लागि सहज छ। फेरि हामी दुबै आन्दोलन, सडकबाट उठेको नेता हौँ। जनताका खातिर जेलनेल भोगेका नेता हौँ। त्यसकारण एकताका लागि आधार तयार भइसकेको छ। शुभखबर चाँडै सुन्न पाउनुहुन्छ,' चौधरीले नागरिकसँग भने, 'सकेसम्म चाँडै गर्दैछौँ। अध्यक्षज्यू (रञ्जिता श्रेष्ठ चौधरी) नेपाल फर्किनुभएपछि अन्तिम संवादमा बस्छौँ।'

त्यसो त जनमत र नागरिक उन्मुक्तिको बीचमा पार्टी एकताको प्रयास पछिल्लो संसदीय निर्वाचनलगत्तै सुरु भएको हो। यद्यपि, यसबारे धेरै कुराहरू बाहिर आएका थिएनन्। तर, यहाँसम्म आइपुग्दा एकताको आधार तयार भइसकेको जनमतका प्रवक्ता डा. शरदसिंह यादव बताउँछन्। 'एकता हुने भनेरै अगाडि बढिसकेका छौँ। त्यसको आधार तयार भइसकेको छ। उच्च तहमै सहमति भएको छ, थप संवाद हुँदैछन्,' प्रवक्ता यादवले नागरिकसँग भने।

यादवले राज्यसत्ताको विभेदविरुद्ध शक्ति निर्माण गरेरै खडा हुनुपर्ने निष्कर्ष आफूहरूले निकालेको पनि सुनाए। 'थारूहरूमाथि पनि विभेद छ। यसमा हामी मिलेरै अगाडि बढ्ने भन्ने सहमति भएको छ। पहिले पनि हामीले कार्यगत एकता गरेका हौँ। जनताका हक र हितका लागि अब हामी मिल्दैछौँ,' उनले भने।

कसले गर्छ एकीकृत पार्टीको नेतृत्व ?

एकतापछिको पार्टीको नेतृत्व कसले गर्छ ? भन्नेबारे टुङ्गिन बाँकी रहेको दुबैतर्फका नेताहरूले बताएका छन्। तर, त्यसमा कुनै समस्या नरहेको उनीहरूको दाबी छ।

पार्टीको नाम के हुने, सङ्गठनात्मक स्वरूप कस्तो हुने, कसले नेतृत्व गर्ने, विचारधारात्मक रूपमा कसरी अगाडि जाने भन्ने कुरामा सहमति हुन बाँकी रहे पनि त्यसमा समस्या नरहेको चौधरी बताउँछन्। 'हेर्नुस् यो ठूलो कुरा होइन हाम्रा लागि। पहिलो त विचारधारात्मक कुरामा हामीबीच समान छ। डा. साब (चन्द्रकान्त राउत) सँग कुराकानी हुँदा त उहाँले तपाईं गर्नुस् भन्ने अनि मैले तपाईं गर्नुस् भन्ने भइरहेको छ। त्यसमा समस्या हुँदैन। मिलिहाल्छ,' उनले भने, 'हाम्रो प्रमुख स्वार्थ जनसेवा हो। उत्पीडितहरूको पक्षमा लाग्ने हो।'

त्यसबाहेक पार्टीको नाम, सङ्गठनात्मक स्वरूपबारे पनि आफूहरू चाँडै निष्कर्षमा पुग्ने उनले बताएका छन्। जनमतका प्रवक्ता यादव पनि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा समस्या नरहेको बताउँछन्। तर, संस्थागत रूपमा टुङ्गिन भने बाँकी रहेको उल्लेख गर्दै उनले भने, 'दुबै पार्टीको नीति जनसेवा हो। यही प्रष्ट नीति भइसकेपछि अरु गौण कुरा हुन्। समस्या हुँदैनन्,'उनले भने।

नेताहरूले यस क्रममा समान विचार भएका दलहरूलाई एकताका लागि प्रस्तावसमेत गरेका छन्। विचार मिल्ने दलहरू छुट्टै बसेर केही नहुने तर्क दुबैतर्फका नेताहरूको छ।

संसद्‌मा छैटौँ ठूलो दल

जनमत र नागरिक उन्मुक्तिबीच एकता भएपछि बन्ने एकीकृत दल संसद् (प्रतिनिधिसभा) को छैटौँ ठूलो दल बन्नेछ। अहिले संसद्‌मा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ ठूला दलहरू हुन्। यदि यी दुई दलका बीचमा एकता भयो भने त्यो पार्टी छैटौँ ठूलो दल बन्नेछ। 

अहिले संसद्‌मा क्रमश: कांग्रेस (८९), एमाले (७८), माओवादी (३२), रास्वपा (२१), राप्रपा (१४), एकीकृत समाजवादी (१०), जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नागरिक उन्मुक्ति (४), राष्ट्रिय जनमोर्चा (१) र नेमकिपा (१) छन्।

यी दुई पार्टीबीच एकता हुँदा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १० सिट हुन्छ। त्यो सिटको हैसियत संसद्‌मा छैटौँ हो। संसद्‌मा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सिट नै छ। यसरी हेर्दा दुईवटा छैटौँ ठूला दल हुन्छन्। त्यो सिटले सरकारलाई घच्घच्याउनका लागि पनि सहज हुने नागरिक उन्मुक्ति र जनमतका नेताहरूले बताएका छन्।

यो पनि पढ्नुहोस्

जनतमसँगको एकताको शुभखबर चाँडै सुन्न पाइन्छ : रेशम चौधरी
अर्को समाचार
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी
०४ साउन २०८२
•
१ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।




आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।

चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए। 

उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस