बाबुराम अझै कति वैकल्पिक, कति नयाँ ?
०१ फागुन २०८१
•
३ मिनेट पाठ
बाबुराम अझै कति वैकल्पिक, कति नयाँ ?
डा. बाबुराम भट्टराई अक्सर भन्ने गर्छन्- 'पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउँदैन।' त्यसैले उनले पुराना दल र तिनका नेतासँग उठबस गर्न छोडिसकेका छन्। त्यसको ज्वलन्त उदाहरण माघ २७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको उनकै दल नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनको उद्घाटन सत्र नै भइहाल्यो। जहाँ, नयाँ दल सहभागी हुँदा पुराना दलहरूलाई निम्तो नै गरिएन। 




पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउँछ कि पाउँदैन ? यो मूलभूत प्रश्न होइन। मूलभूत प्रश्न यो हो कि पुरानाबाट नहुने देखेपछि निकास दिन वैकल्पिक राजनीतिमा लागेका बाबुरामहरू कति वैकल्पिक बन्न सके ? कति नयाँ बन्न सके ?

त्यसो त बाबुरामले नयाँ र वैकल्पिक हुन खोजेको झन्डै दशक बित्न लाग्यो। माओवादीका पूर्वनेता बाबुराम २०७३ जेठ ३० गते 'माओवादी काँचुली' फुकालेर नयाँ र वैकल्पिक बन्न हिँडेका थिए। तर, झन्डै दशकपछि पनि बाबुरामका यत्नहरू तिनै छन्, जुन झन्डै दशकअघि गरिरहेका थिए।

बाबुरामले विभिन्न दस्ताबेज, वक्तव्य र सार्वजनिक मञ्चहरूमार्फत किन त्यसो भयो भन्ने कुराको स्पष्टीकरण त दिँदै नै आएका छन्, कहाँ गल्ती गरियो भनेर आत्मसमीक्षा गरिरहेकै भेटिन्छन्। तर, के गल्ती गर्दै र आत्मसमीक्षा गर्दै हिँड्दा मात्रै नयाँ र वैकल्पिक भइन्छ ?अहम् प्रश्न छ।

बिहीबार (आज) मात्रै सम्पन्न पार्टीको पहिलो महाधिवेशनसम्म आइपुग्दा त बाबुराम वैकल्पिक र नयाँ बन्न हिँडेका हुन् कि होइनन् भन्नेमै प्रश्न उठेको छ। महाधिवेशनबाटअध्यक्षमा पुन: उनै बाबुराम दोहोरिएका छन्। सर्वप्रथम यही कुरालाई धेरैले आलोचना गरेका छन्। धेरैले प्रश्न गरेका छन् कि नयाँ र वैकल्पिक भन्ने अनि ७० उँभो लाग्दा पनि पार्टी भने आफैँसँग राखिरहने ?

महाधिवेशन स्थलमा बाबुरा-नेत्र।
स्वाभाविक रूपमा लाग्दछ, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालभन्दा बाबुराम भट्टराई कति र किन फरक ? तर्क गर्न सकिएलाकि ओली, दाहाल, नेपालहरू दुई/तीन दशकयता नेतृत्वमा छन् तर, बाबुराम धेरै भएकै छैन। यो जवाफ जवाफका लागि जवाफ मात्रै हो। कस्तो जवाफ दिने, स्वयम् बाबुराम जान्लान्।

अध्यक्षमा उनीसँगै युवा नेता नेत्र चापागाईंले पनि उम्मेदवारी दिएका थिए। नेत्रले ७१ मतमा सीमित हुनुपर्‍यो। खसेको कुल मत ८७३ मध्ये बाँकी सबै मत बाबुरामको पोल्टामा गयो। बाबुरामले बन्द सत्रमा पार्टी नेतृत्व तेस्रो पुस्तामा लैजाउँ भनेर प्रस्ताव गरेको तर, खासगरी दोस्रो तहका नेताहरू नमानेको कुरा बाहिरियो। त्यस्तो प्रस्ताव गरेका हुन् कि होइन, त्यो उनी स्वयम् जान्दछन्। तर, त्यहाँ पनि आलोचना भएको थियो कि कतै बाबुरामले छोरी मानुषी यमी भट्टराईका लागि त्यो प्रस्ताव गरेका त होइनन् ? खैर, त्यो प्रस्ताव मानुषी बाहेकका नेतालाई थियो भन्ने परपुष्टि दिन पनि त कसले सक्छ र ?

महाधिवेशन अगावै यो टिप्पणीकर्ताले बाबुरामसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न ठीक्क परेका नेत्र चापागाईंलाई सोधेको थियो- बाबुराम भट्टराई निर्वाचित अध्यक्ष हुन् भन्ने बनाउनका लागि त होइन नि तपाईंको उम्मेदवारी ? उनले पटक्कै होइन भन्ने जवाफ दिएपछि केही भनिएन। तर, अहिले आएर यही आलोचना उठेको छ। जसै सबै पदाधिकारी निर्वाचित भएर आउनुपर्ने व्यवस्था हुनु, अध्यक्षमा दुईजनाको बाहेक अरुको उम्मेदवारी नपर्नुलगायतका विषय जबरजस्त रूपमा बा! त्यस्तै त होइन ? भन्ने सवाललाई बल पुर्‍याउन आइपुग्छन्। 

समग्रमा यसो भनौँ, बाबुराम पुरानाभन्दा त्यति नयाँ देखिएनन्, जति उनले भन्ने गर्छन्। उसो त बाबुरामले जबरजस्ती नयाँ र पुरानाका बीचमा एउटा 'डिमार्केसन' कोरेका छन्। जुन अहिले उनैलाई छिचोल्न हम्मे-हम्मे परिरहेको छ।

यो पनि पढ्नुहोस्

नयाँ शक्तिको अध्यक्षमा पुन: बाबुराम भट्टराई
अर्को समाचार
बाबुरामको जनयुद्ध समीक्षामा किराती सहमत
०१ साउन २०८२
•
१ मिनेट पाठ
बाबुरामको जनयुद्ध समीक्षामा किराती सहमत
डा. बाबुराम भट्टराई र गोपाल किराती।
डा. बाबुराम भट्टराईले 'माओवादी जनयुद्ध'लाई मूलत: सफल भनेका छन्। नेतृत्व पुष्पकमल दाहालको ढुलमुले नीतिका कारण त्यो पूर्णत: सफल नभएको भए पनि मुख्य रूपमा जनयुद्ध सफल भएको समीक्षा भट्टराईले गरेका छन्।




जनयुद्धका मुख्यमध्येका एक नेता भट्टराईले गरेको यो समीक्षामा पूर्वमन्त्री गोपाल किरातीले पनि सहमति जनाएका छन्। ‘डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन समीक्षा पढियो। केही आत्मकेन्द्रित विवरण बाहेक मूलतः सहमत हुन सकिन्छ। पहिचानसहितको ११ प्रदेशविरुद्व अपराध गर्ने वैद्य, विप्लव, बादल, देव गुरुङ, पम्फा भुसाल इत्यादिले कहिल्यै माफ पाउने छैनन्,’ उनले भनेका छन्।

भट्टराई र किराती दुबै जनयुद्धकालीन माओवादी नेता हुन्। तर, अहिले उनीहरू माओवादीमा छैनन्। भट्टराई नेसपा (नयाँ शक्ति)को नेतृत्वमा छन् भने किराती मुख्यत: पहिचानवादी आन्दोलनमा छन्।

तर, पछिल्लो समय पूर्वमाओवादी नेता तथा समूहहरूको ध्रुवीकरणको आवाज उठिरहेको बेलामा उनीहरूले प्रतिक्रिया जनाएका हुन्। भट्टराईले त यसअघि फेसबूकमा लामो स्टाटस लेख्दै जनयुद्धको समीक्षा गरेका थिए। किरातीले त्यसमै सहमति जनाएका हन्।

यो पनि पढ्नुहोस्

दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखा
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस