समाजवादी मोर्चालाई पार्टीमा बदल्ने प्रयास !
०६ फागुन २०८१
•
४ मिनेट पाठ
समाजवादी मोर्चालाई पार्टीमा बदल्ने प्रयास !
तीन हप्तायता समाजवादी मोर्चाको गतिविधि शून्य अवस्थामा छ। माघ १५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विचार सभाको आयोजना गरेको मोर्चा अहिले चुपचाप छ।




मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा)छन्। यी दलहरूले मोर्चामार्फत जनताको आवाज सरकारलाई सुनाउने,सरकारका गलत गतिविधिविरुद्ध खबरदारी गर्ने भने पनि अहिले मोर्चा आफैँ गतिविधिविहीनको अवस्थामा छ।

त्यसो त खासगरी मोर्चासम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी आन्तरिक कार्यक्रमहरूमा नै व्यस्त छन्। माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि  मेची-महाकाली यात्रा गर्दैछ। जुन फागुन १२ गतेबाट सुरु हुनेछ। यस्तै एकीकृत समाजवादीले पनि फागुन ९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। उसले यसकै तयारी गरिरहेको छ।

समाजवादी मोर्चाका प्रमुख नेताहरू।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) भने आन्तरिक रूपमा त्यति व्यस्त छैनन्। त्यसैले उनीहरूले समाजवादी मोर्चा 'भाईब्रेन्ट' नभएको बताइरहेका छन्। तर, मुख्यत: मोर्चाका दुई ठूला दल माओवादी केन्द्र र एकीकृत समाजवादी आन्तरिक कार्यक्रमहरूमा व्यस्त भइरहँदा कुरेरै बस्नुपर्ने बाध्यता उनीहरूलाई पनि छ।

मोर्चा सक्रिय बनाएर तीन काम गर्ने

गत माघ १५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विचार सभामा मुख्य नेताहरूले मोर्चालाई सक्रिय बनाइराख्ने बताएका थिए। तर, ठीक त्यस बेलैदेखि मोर्चा सुस्तायो, गतिविधिविहीनको अवस्थामा पुग्यो।

अझै फागुन महिनाभरि मोर्चा सक्रिय नहुने माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा बताउँछन्। 'मोर्चामा जुन जुन दल छौँ। हामीहरू आफ्नै आन्तरिक गतिविधिमा भुलियौँ। त्यसैले अलिक गतिविधिविहीन देखिएको हो। तर, पूरै सुस्ताएको पनि छैन। अझै यो महिनाभरि अलिक कार्यक्रमहरू गर्न नपाइएला। तर, त्यसपछि चाहिँ सक्रिय हुन्छौँ,' शर्माले भने।

मोर्चा सक्रिय भएपछि मुख्यत: तीन काम गर्ने शर्मा बताउँछन्। उनले भनेअनुसार विगतमा भएका त्रुटिहरू सच्याउँदै थप योजना र कार्यक्रम बनाउने मोर्चाको पहिलो काम हुनेछ। यसैगरी मोर्चासम्बद्ध दलहरूका बीचमा एकताका लागि बहस चलाउने काम पनि गरिने शर्माले बताए।

योसँगै एकताका लागि आवश्यक गृहकार्य गर्ने कामलाई मोर्चाले तेस्रो प्राथमिकतामा राखेको शर्माले बताएका छन्। 'यससँगै सुशासन, सामाजिक न्याय र आर्थिक विकाससँगै भ्रष्टाचारलगायतका गतिविधिविरुद्ध मखबरदारी गर्नेछ। यो त सधैँ गरिने नै भयो,' उनले भने।

मोर्चालाई पार्टीमा बदल्ने 

सम्बद्ध दलहरूबीच मोर्चालाई एउटै पार्टीमा बदल्नेबारे पनि बेला-बेला छलफल हुने गरेको छ। तर, यसले मूर्त रूप भने लिएको छैन।

त्यसो त मोर्चामा छुट्टै अस्तित्वमा रहेका माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा) निकट भविष्यमै एक हुँदैछन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राययादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) बीच चाँडै पार्टी एकता हुँदैछ।

नेसपा र नेकपा दुबै माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार छन्। बरु उनीहरूले माओवादी केन्द्रकै कारणले एकतामा ढिलाइ भइरहेको बताउन थालेका छन्। तर, उनीहरू एकताबाट भाग्ने देखिँदैन। माओवादी केन्द्रले एकताका केही प्राविधिक कार्यहरू गर्न बाँकी रहेको बताउँदै आएको छ।

समाजवादी मोर्चाको बैठक।
यसपछि अब मोर्चामा एकीकृत समाजवादी मात्रै बाँकी रहन्छ। त्यसैले माओवादी केन्द्रले सम्भव भएसम्म उहीसँग अगाडि पार्टी एकता गर्ने मनसाय बनाएको बताइन्छ। जसै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग चाँडै एकता हुने पनि बताउँदै आएका छन्।

यसअघि चितवन र सुर्खेत पार्टी कार्यक्रमको सिलसिलामा पुगेका उनले यही बताएका थिए। उनले एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदै गएको बताउने गरेका छन्। यसबारे माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटासँग जिज्ञासा राख्दा उनले भने, 'यसबारे केही भन्नै परेन। कुरा प्रष्टै छ, हाम्रो अध्यक्षले जे भन्नुभयो, कुरा त्यही हो।'

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माको भनाइ पनि त्यही छ। 'एकीकृत समाजवादीसँग चाँडै एकता हुनसक्छ,' शर्माले भनेका छन्, 'त्यसका लागि आधार तयार हुँदैछ।'

एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराभ भुसाल पनि माओवादी केन्द्रसँग एकता हुँदैन भन्दैनन्। केही दिन अगाडि नागरिकसँग संवादका क्रममा उनले भनेका थिए, 'माओवादी केन्द्रसँग मात्रै होइन, सबै कम्युनिष्ट पार्टीहरूका बीचमा एकता हुनुपर्छ भन्ने हाम्रो सैद्धान्तिक बुझाइ हो। यसमा छलफल गर्नुपर्छ।'

माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा एकताका लागि चार नेताहरू सक्रिय रहेको बताइन्छ। माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्षद्वय डा. वेदुराम भुसाल र प्रमेश हमाल एकताका लागि सक्रिय रहेको चर्चा छ। अहिले खासगरी माओवादी केन्द्रको प्राथमिकता नेकपा र नेसपासँगको एकताभन्दा एकीकृत समाजवादीसँगको एकतामा रहेको पनि बताइन्छ।

एक नेता भन्छन्, 'समाजवादी मोर्चामा रहेका दलहरूबीच नै एकता गर्ने प्रयास हो। त्यसका लागि काम गर्छौँ।'
अर्को समाचार
समाजवादी मोर्चाको बैठक जारी
१५ चैत्र २०८१
•
१ मिनेट पाठ
समाजवादी मोर्चाको बैठक जारी
चारदलीय समाजवादी मोर्चाको बैठक जारी छ।




मोर्चासम्बद्ध दल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल चलिरहेको छ।

अहिले चैत १५ गतेको राजावादी आन्दोलनबारे प्रमुख नेताहरूले ब्रिफिङ गरिरहेका छन्। तीनकुने केन्द्र बनाएर प्रदर्शित राजावादीहरूले घर तथा गाडी जलाएका छन् भने एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड गरेका छन्।

मोर्चाका नेताहरूले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस