केन्द्रीय कमिटी बैठकमा अनुपस्थित किसानलाई माधवको फोन- किन आउनुभएन ?
०९ फागुन २०८१
•
१ मिनेट पाठ
केन्द्रीय कमिटी बैठकमा अनुपस्थित किसानलाई माधवको फोन- किन आउनुभएन ?
शुक्रबार (आज) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठलाई अध्यक्ष माधवकुमार नेपालले फोन गरेका छन्।




श्रेष्ठलाई फोन गरेर अध्यक्ष नेपालले 'बैठकमा किन आउनुभएन ?' भनेर सोधेका छन्। श्रेष्ठले नागरिकसँग भने, 'माधव नेपालजीले अघि फोन गरेर किन आउनुभएन भनेर भन्दै हुनुहुन्थ्यो। मैले प्रयागराज गएको थिएँ, आजै मात्रै आइपुगेको गलेको छु, आराम गर्दैछु भनेँ।'

बारामै रहेका उनलाई भोलिको बैठकमा जानुहुन्छ भनेर जिज्ञासा राख्यौँ। जवाफमा श्रेष्ठले टुङ्गो नभएको बताए। 'जानुपर्छ कि जस्तोचाहिँ लागेको छ। खै के हुन्छ हेरौँ,' उनले भने।

त्यसो त श्रेष्ठ गत असारमा सम्पन्न पार्टीको महाधिवेशनयता सन्तुष्ट छैनन्। सकेसम्म पार्टीका सबै पदाधिकारी र सदस्य निर्वाचित हुनुपर्ने माग गरेका थिए। तर, पछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत भए। त्यसपछि पनि बाँकी पदाधिकारी र सदस्यमा निर्वाचन हुनुपर्ने अडान श्रेष्ठले लिएका थिए।

तर, सदस्यमा निर्वाचन भएन। पछि अध्यक्ष माधवकुमार नेपालले ९३ केन्द्रीय सदस्यको नाम घोषणा गरे। त्यसमा पनि उनी परेनन्। त्यसयता उनी पार्टीमा सक्रिय छैनन्। अब के गर्नहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, 'म पार्टीको भन्दा पनि जनताको काममा छु। जनताकै काम गर्छु।'
अर्को समाचार
रेशम चौधरीमाथि ज्यादती भयो, घोर भर्त्सना गर्छु : श्रेष्ठ
२४ वैशाख २०८२
•
१ मिनेट पाठ
रेशम चौधरीमाथि ज्यादती भयो, घोर भर्त्सना गर्छु : श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी) का सांसद किसान श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउको घोर भर्त्सना गरेका छन्।




बुधबार (आज) बसेको संसद् बैठकमा श्रेष्ठले चौधरीमाथि ज्यादती भएको बताए।

'सर्वप्रथम म नागरिक उन्मुक्तिका संरक्षक एवम् तराईंका भूमिपुत्र, थारुका छोरा रेशम चौधरीमाथि भएको ज्यादतीको घोर भर्त्सना गर्दै नागरिकको सुरक्षाका लागि सचेत रहन सरकारसँग माग गर्न चाहन्छु,' उनले भने।

यसअघि गत वैशाख १७ गते चौधरी पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे। सर्वोच्च अदालतका प्रशासकीय अधिकृत महिमानसिंह विष्टले अनधिकृत रूपमा पत्र काटेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस