ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ‘एक शिक्षण संस्था,एक उद्यम कार्यक्रम सञ्चालन गर्न थालेको छ । उद्यमशिलतामार्फत सार्वजनिक शिक्षाको सवलीकरण गर्न पालिकाले यस्तो कार्यक्रम अघि बढाउने निर्णय लिएको पालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले कार्यविधि बनाएको छ । शिक्षण संस्थामार्फत सामाजिक रुपान्तरण गर्ने, शिक्षण संस्थालाई उद्यम गर्ने सिकाई स्थलको रुपमा विकास गर्ने, सार्वजनिक शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशिलता विकास गरी शिक्षण रुपान्तरण गर्ने अभियानका साथ कार्यक्रम अघि बढाउने योजना बनाएको पालिका अध्यक्ष कार्कीले जानकारी दिए ।
कार्यविधिले शिक्षण संस्थामार्फत उद्यमशिलता गर्न सक्ने व्यवसायिक क्षेत्रहरु समेत तोकेको छ । जसअनुसार कृषि तथा पशुपंक्षिमा आधारित उद्यम व्यववसाय, जडिबुटी र वनपैदावारमा आधारित उद्यम व्यवसाय, विज्ञान तथा सूचना, सञ्चार र प्रविधिमा आधारित व्यवसाय र पर्यटन प्रवर्द्धन (होटल, होमस्टे, रिर्सोट)मा आधारित उद्यम व्यवसाय रहेका छन् । यस्तै निर्माणमा आधारित, कलामा आधारित, संस्कृति, साहित्य, गीतसंगितमा आधारित उद्यम व्यवसाय समेत ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम सञ्चालनका कार्यक्षेत्रमा पर्ने भएका छन् ।
कार्यक्रम कार्यान्वयनका लागि विद्यार्थी उद्यमी क्लव निर्माण गरिने भएको छ । क्लवमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी लक्षित वर्गमा समेटिने छन् । विद्यार्थी उद्यमी क्लव १५ सदस्यीय हुने छ ।
‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रमको रेखदेख गर्ने, सरोकारवालासँग सहकार्य र समन्वय गर्ने, कार्यक्रमका लागि उपयुक्त उद्यम छनौट गर्ने, कार्यक्रमको प्रोफाइल बनाई अभिलेखको अद्यावधिक गर्ने, उद्यम कोषबाट थप उद्यम बिस्तार, उद्यमशिलता विकास तथा विद्यार्थी कल्याण कार्यक्रम सञ्चालन गर्ने दायित्व विद्यार्थी उद्यम क्लवको हुने भएको छ ।
पालिकाले पालिकाभरीका माध्यमिक तह सञ्चालन भएका बिद्यालयहरुबाट कार्यक्रम सञ्चालनका लागि परियोजना प्रस्ताव माग गर्ने भएको छ । परियोजना प्रस्तावलाई ८ वटा सूचक तयार पारी त्यसका आधारमा अंक मापन गरी कार्यक्रम सञ्चालन हुने बिद्यालय छनौट गर्ने भएको छ । छनौट भएको शिक्षण संस्था र पालिकाबिच द्विपक्षीय सम्झौता पश्चात कार्यक्रम अघि बढ्ने भएको छ ।
सम्वन्धित स्थानीय तह,सम्वन्धित प्रदेश सरकार, कार्यक्रम सञ्चालनका लागि छनौट भएका बिद्यालयका अभिभावकबाट संकलित रकम,पूर्व विद्यार्थीबाट प्राप्त रकम जम्मा गरी कार्यक्रम सञ्चालन गरिने छ । उद्यमकोषको सम्पूर्ण आम्दानीको ५० प्रतिशतमा नबढ्नेगरी उक्त रकम विद्यार्थी कल्याणका कार्यक्रममा खर्च गर्न सकिने भएको छ ।