समाजवादी मोर्चाले पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमार्फत विशेष कार्यक्रम घोषणा गरिने मोर्चाका सदस्य-सचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
'देशमा विकसित नयाँ परिस्थिति र घटनाक्रमलाई लिएर सम्मेलन गरिँदैछ,' विश्वकर्माले भने। मोर्चाले चैत २ गते अर्थात् भोलि दिउँसो २:३० बजे काठमाडौंको हिमालयन होटलमा पत्रकार सम्मेलन गर्दैछ।
समाजवादी मोर्चाको शुक्रबार (आज) बिहान मात्रै बैठक बसेको थियो। उक्त बैठकले नागरिक समाज र बुद्धिजीवीसँग संवाद गर्ने निर्णय गरेको थियो।
मोर्चासम्बद्ध दल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल चलिरहेको छ।
अहिले चैत १५ गतेको राजावादी आन्दोलनबारे प्रमुख नेताहरूले ब्रिफिङ गरिरहेका छन्। तीनकुने केन्द्र बनाएर प्रदर्शित राजावादीहरूले घर तथा गाडी जलाएका छन् भने एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड गरेका छन्।
मोर्चाका नेताहरूले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...