जनमत र नाउपाको कार्यदलबीच छलफल
०९ चैत्र २०८१
•
१ मिनेट पाठ
जनमत र नाउपाको कार्यदलबीच छलफल
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यदलबीच छलफल भएको छ।




दुई कार्यदलबीच आइतबार (आज) साँझ काठमाडौंमा छलफल भएको हो।

पार्टी एकता के-कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको जनमतको तर्फबाट गठित कार्यदल सदस्य तथा पार्टी प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

छलफलमा जनमतको तर्फबाट अब्दुल खान, शरदसिंह यादव र बाल गोविन्द चौधरी छन्।

नाउपाको तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगोरा थारु सहभागी छन्।
अर्को समाचार
फेरि बल्झियो नागरिक उन्मुक्तिको व्यथा !
०२ जेष्ठ २०८२
•
४ मिनेट पाठ
फेरि बल्झियो नागरिक उन्मुक्तिको व्यथा !
यसअघि आन्तरिक विवादकै कारण सुदूरपश्चिम प्रदेशमा 'पाइसकेको' मुख्यमन्त्री गुमाएको नागरिक उन्मुक्ति पार्टीभित्र पुन: विवाद बल्झिएको छ।




गत वर्षको वैशाखतिर नागरिक उन्मुक्तिले प्रदेशमा मुख्यमन्त्री पाइसकेको थियो, यता सङ्घीय गठबन्धनमा पनि त्यो सहमति जुटिसकेको थियो। तर, पछि आन्तरिक विवादकै कारण उसले मुख्यमन्त्री गुमायो। यदि आन्तरिक विवाद नभएको भए नागरिक उन्मुक्ति देशमा पहिलो थारु मुख्यमन्त्री बनाउने पार्टी बन्थ्यो।

पार्टीभित्रको विवाद अरु केही होइन, उही नेतृत्व 'हत्याउने' दाउ नै हो। अरु कसैको होइन, उही श्रीमान्-श्रीमती अर्थात् रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीबीचकै हो। जो क्रमश: संरक्षक र अध्यक्ष छन्। 

जतिबेला नागरिक उन्मुक्ति बन्यो,त्यसबखत रेशम कारागारमै थिए। तर, उनकै 'आइडिया' अनुरूप पार्टी बनेको थियो। उनले पार्टी अध्यक्षका रूपमा श्रीमती रञ्जितालाई अघि सारे। पार्टी गठन भयो र पछिल्लो संसदीय निर्वाचनमा तीन प्रतिशतको थ्रेस होल्डसमेत कट्यो। रञ्जिता मन्त्रीसमेत बनिन्।

तर, जब रेशम कारागारमुक्त भए, उनीहरूका बीचमा विवाद सुरु हुन थाल्यो। रेशम कारागारमुक्त हुनासाथ अङ्कुरिएको विवाद पार्टीको पहिलो महाधिवेशनसम्म आइपुग्दा उत्कर्षमा पुग्यो। रेशम-रञ्जिताका बीचमा पार्टी अध्यक्ष को बन्ने भन्नेबारे विवाद देखियो।

उनीहरूबीचकै विवादका कारण महाधिवेशन लम्बियो, अन्तिममा रेशम नै अध्यक्ष बने। तर, पार्टी अध्यक्षका रूपमा उनको नाम दर्ज गर्न निर्वाचन आयोगले अस्वीकार गर्‍यो र पुन: पार्टी अध्यक्षका रूपमा रञ्जिता नै आइन्।

त्यसपछि रेशम निर्वाचन आयोगप्रति मात्रै होइन, रञ्जिताका प्रति पनि सहज देखिएनन्। उनीहरूबीच पार्टी बैठकमै भनाभनसमेत हुन थाल्यो। उनीहरूबीचको यही प्रवृत्ति सुदूरपश्चिम प्रदेशमा पाइसकेको मुख्यमन्त्री गुमाउन काफी बन्यो। पार्टीको सात सदस्यीय प्रदेश संसदीय दल विभाजित भयो। जो अहिले फेरि पनि विभाजित बनेको छ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरी।
एक थान मन्त्रीका लागि अहिले पुन: रेशम-रञ्जिताका बीचमा विवाद देखिन्छ। रञ्जिताले मन्त्रीमा कैलाश चौधरीलाई सिफारिस गरेकी थिइन्। तर, संसदीय दलले रामेश्वर चौधरीको नाम सिफारिस गर्‍यो। कैलाश रञ्जिता पक्षीय सांसद हुन् भने रामेश्वर रेशम पक्षधर मानिन्छन्। 

बिहीबार (हिजो) संसदीय दलका नेता घनश्याम चौधरीले बैठक आह्वान गरेका थिए। बैठकमा प्रमुख सचेतक इन्दिरा गिरी, रामेश्वर चौधरी र खुसीराम डगौरा थारु सहभागी थिए। उक्त बैठकले कैलाशको नभइ रामेश्वरको नाम सिफारिस गर्‍यो। दलको जुन निर्णय अध्यक्ष रञ्जिताको विपरीत थियो। 

यसले रेशम-रञ्जिताका बीचमा पुन: विवाद झिकेको छ। यता खुसीरामले फेरि संसदीय दलका नेता घनश्यामले सिफारिस गरेका मन्त्री रामेश्वरको शपथ रोक्नका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाएका छन्। जबकि रामेश्वरलाई मन्त्रीका रूपमा सिफारिस गर्ने बैठकमा उनी स्वयम् पनि सहभागी थिए। तर,रञ्जिताले संसदीय दललाई त्यो निर्णय रोक्न निर्देशन दिएको बताइन्छ। यो रेशम-रञ्जिताबीचको स्पष्ट विवाद हो।

स्मरण रहोस्,गतसाल वैशाखमा पनि रञ्जिता पक्षका कैलाश चौधरी र रेशम पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेस गरेका थिए। त्यसबेला कैलाशले एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका थिए भने लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी गरेका थिए।

विवाद नभएको जिकिर

विवाद छताछुल्ल भए पनि नेताहरू भने विवाद नभएको बताउँछन्। फेरि विवाद कसरी भयो ?भन्ने नागरिकको जिज्ञासामा रञ्जिताले भनिन्, 'विवाद भएको छैन। मन्त्री जो बन्दा पनि भयो। जो बने पनि त्यो पार्टीकै हो।' आफूले सिफारिस गरेको सांसद मन्त्री नबनेको सन्दर्भमा उनले भनिन्, 'जो बने पनि मलाई आपत्ति छैन। मैले भनिसकेँ, जो बने पनि पार्टीकै हो।'

प्रमुख सचेतक इन्तिरा गिरी पनि होमा हो मिलाउँछिन्। पार्टीभित्र कुनै प्रकारको विवाद नभएको उल्लेख गर्दै उनले भनिन्, 'प्रदेशमा त्यस्तो केही छैन। माथिका कुरा खासै थाहा नि हुँदैन।'

त्यसो त अहिले विवाद बल्झिनुमा रेशम पक्राउ पर्नुले पनि बल पुर्‍याएको विश्लेषण नागरिक उन्मुक्तिभित्र हुन थालेको छ। 'जनमत पार्टीसँग एकता हुन लाग्दा जसरी संरक्षक पक्राउ पर्नुभयो। त्यसले पनि उहाँहरूका बीचमा खटपट ल्यायो कि जस्तो लाग्छ,'एक नेताले भने। 

रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरी।
जनमत पार्टीसँग एकताका लागि ठीक्क परेका रेशम गत वैशाख १७ गते पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे पनि त्यहाँ पार्टीभित्रैबाट केही भयो कि भन्ने आशङ्का रहेको ती नेता बताउँछन्। 

जसै रञ्जिता जनमत पार्टीसँगको एकता चाहँदिनन् थिइन्। पार्टी अध्यक्ष रहिरहेकी उनलाई एकीकृत पार्टीको सहअध्यक्ष बनाउने भनिएको थियो। त्यसमा उनले चित्त बुझाइरहेकी थिइनन्। उनले सहअध्यक्ष भए पनि आफूलाई कार्यकारी अधिकार दिइनुपर्ने माग गरिरहेकी थिइन्। त्यही पृष्ठभूमिमा हुने भनिएको एकता भाँडिएपछि रेशम-रञ्जिताका बीचमा थप विवाद भएको छ।

रेशमले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपछि पार्टी एकतामा जोड दिँदै आएका थिए। तर, रञ्जिता भने यसमा खुसी थिइनन्। यही पृष्ठभूमिमा सुदूरपश्चिम प्रकरणले उनीहरूका बीचमा थप विवाद उधिनेको छ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस