समानान्तर बाटोमा शेखर-गगन
१२ चैत्र २०८१
•
५ मिनेट पाठ
समानान्तर बाटोमा शेखर-गगन
नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र गगन थापा पार्टीको १४औं महाधिवेशनयता एउटै गुटमा गाभिए। १४औं महाधिवेशनमा शेखर सभापतिका उम्मेदवार बनेर पराजित भए भने गगन महामन्त्रीका उम्मेदवार भएर निर्वाचित बने।




त्यसयता उनीहरू एउटै गुटमा रहेर राजनीतिक गतिविधि गर्दै आएका थिए। तर, महाधिवेशनको तेस्रो वर्ष जाँदा नजाँदै उनीहरू समानान्तर बाटोमा हिँड्न सुरु गरेका छन्। हुन त उनीहरू केही पहिलेदेखि नै आ-आफ्नै तवरले हिँडिरहेका हुन्।

तर, पार्टीको भातृ सङ्गठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनसम्म आइपुग्दा उनीहरूबीच नै प्रतिस्पर्धा बन्ने वातावरण बन्यो। प्रतिस्पर्धा पनि भयो, जितचाहिँ गगनको भयो। चैत ९ गते सम्पन्न महाधिवेशनबाट माधव चौलागाईं अध्यक्ष निर्वाचित बने, जो गगन निकट मानिन्छन्।

यता शेखर निकट मानिने विकास थापाले समानान्तर समिति नै घोषणा गरिसकेका छन्। गत चैत ११ गते उनले समानान्तर समिति घोषणा गरेका छन्। त्यहाँ केन्द्रीय समिति सदस्यद्वय गुरुराज घिमिरे, गोविन्द पोखरेललगायतका नेताहरू पनि सहभागी थिए। घिमिरे-पोखरेलहरू शेखर निकट नेता हुन्।

विकास थापाको नेतृत्वमा घोषणा भएको समानान्तर समिति शेखरकै निर्देशन र सहयोगमा बनेको बताइन्छ। स्रोतका अनुसार घोषणामा सहभागी भएका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र गोविन्द पोखरेललाई शेखरले नै फोन गरेर त्यहाँ जान निर्देशन दिएका थिए।

माधव चौलागाईं नेतृत्वको समिति भने संस्थापन हो। जो, गगन निकट भनिन्छ। यसरी हेर्दा पहिले एउटै गुटमा रहेका शेखर र गगन अब 'आधिकारिक' रूपमा समानान्तर बाटोमा हिँडेका छन् अर्थात् छुट्टिएका छन् मात्रै होइन, प्रतिस्पर्धामै उत्रिएका छन्।

यो कुरा स्वयम् शेखर-गगन निकट नेताहरू पनि नकार्दैनन्। पहिले जुनसुकै तवरले पनि शेखर-गगनलाई छुट्टिन नदिने बताउँदै आएका शेखर निकट नेता गुरुराज घिमिरे भन्छन्, 'राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनसम्म आइपुग्दा एउटा सीमाङ्कन बनाएर आ-आफ्नो तरिकाले हिँड्ने प्रवृत्ति देखियो।'

अब १५औं महाधिवेशनसम्म पुग्दा उहाँहरू एक ठाउँ देखिनुहोला ? भन्ने जिज्ञासामा उनी भन्छन्, 'त्यसका लागि प्रयास गर्ने हो। हामी सधैँ सकारात्मक छौँ। तर, सीमाङ्कन बनाएर अघि बढ्ने एउटा प्रवृत्ति स्पष्टै देखियो। जुन, राम्रो सङ्केत होइन र कसैलाई राम्रो गर्दैन।'

शेखर कोइराला र गगन थापा।
गगन निकट एक नेता पनि शेखर-गगन अब समानान्तर बाटोमा हिँडेका हुन् भन्ने प्रश्नमा होइन भन्दैनन्। 'अफ दी रेकर्ड' कुरा गरेका ती नेताले नागरिकसँग भने, 'गगन थापा त संस्थापन हुन्। १५औं महाधिवेशनपछि उहाँ संस्थापन नै बन्नुहुन्छ। फेरि पार्टी महाधिवेशनको निर्वाचनमा जितेर आएका सबै संस्थापन हुन्छन्। उहाँले १४औं महाधिवेशनमा लोकप्रिय मत पाएर महामन्त्री बन्नुभएको छ। अब उहाँ रोकिनुहुन्न, अगाडि बढ्नुभयो।'

त्यसो त शेखर-गगन दुबै पार्टीको १५औं महाधिवेशनमा सभापतिका आकाङ्क्षी हुन्। उनीहरू त्यसको तयारीमा जुटिसकेका छन्। शेखर देशव्यापी रूपमा गुट भेला गर्दै हिँडेका छन् भने गगन पनि जिल्ला-जिल्ला चहारेर आफ्नो शक्ति दाँज्दैछन्।

अबको ९ महिनाभित्र भइसक्नुपर्ने पार्टीको १५औं महाधिवेशनका लागि कसैले सबैभन्दा बढी तयारी गर्दैछ भने ती शेखर र गगन नै हुन्। उनीहरू दुबैले १५औं महाधिवेशनमा सभपातिका उम्मेदवार बन्ने अनौपचारिक मञ्चहरूमार्फत घोषणा गरिसकेका छन्। 

यहीकारण उनीहरू आपसमा नमिलेको र समानान्तर बाटोमा हिँडेको बताउँछन् संस्थापनपक्षीय एक नेता। 'पार्टीको १५औं महाधिवेशनमा उहाँहरू दुबै सभापतिका आकाङ्क्षी हुनुहुन्छ। त्यसैले अहिले मिल्नुभएको छैन। उहाँहरू छुटिसक्नुभएको देख्छौँ हामी। मलाई के लाग्छ भने अब उहाँहरू फेरि एउटै गुटमा रहनुहुन्न पनि होला,' ती नेताको अड्कल छ।

देउवा फकाउने प्रयास

पार्टी विधानअनुरूप बहालवाला सभापति शेरबहादुर देउवा अब पुन: सभापतिका उम्मेदवार बन्न पाउँदैनन्। तर, यति कुरा- उनले जसलाई समर्थन जनाउँछन्, त्यो पार्टी सभापति बन्छ। १४औं महाधिवेशनपछि अझ आफूअनुकूल पार्टी बनाएका उनी अहिले 'पर्ख र हेर'को अवस्थामा छन्।

यो पनि पढ्नुहोस्

संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर

यद्यपि, उनलाई उत्तराधिकारी घोषणा गरिहाल्नुपर्ने दबाब छ। शेखर-गगन बाहेकका नेता, जो सभापतिका आकाङ्क्षी छन्, उनीहरूले आफ्नो उत्तराधिकारीबारे बोल्न देउवालाई सुझाव दिएका छन्। तर, देउवा भने बोलिहाल्ने पक्षमा देखिँदैनन्। 

गत फागुन २ गते कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्कालगायतका ११ नेता उनको निवास पुगेर १५औं महाधिवेश केन्द्रित छलफल मात्रै गरेनन्, १५औं महाधिवेशनमा तपाईंको समर्थन कसलाई भन्ने प्रश्नसमेत सोध्न भ्याए।

तर, देउवाले ठोस जवाफ दिएनन्। उनले सल्लाह गरेर एक जनाको नाम ल्याउन भनेको भनिन्छ। यसपछि यी नेताहरूले १४औं महाधिवेशनमा एक ठाउँ उभिएकाहरू १५औं महाधिवेशनमा पनि एकै ठाउँ उभिनुपर्ने बताउन थालेका छन्। अनौपचारिक रूपमा छलफलसमेत सुरु गरेका छन्।

शेरबहादुर देउवा।
तर, यी नेताहरूलाई राम्रोसँग थाहा छ कि शेखर-गगनले पनि देउवालाई फकाइरहेका छन्। यो थाहा पाएरै ११ नेताहरूले देउवामाथि आफ्नो उत्तराधिकारी घोषणा गरिहाल्न दबाब बढाएका हुन्।

शेखर-गगनले पालैपालो देउवासँग नजिकिन खोजिरहेका छन्। पछिल्लो समय गगनले देउवासँग नजिकबाट कुरा गरिरहेको बताइन्छ। गगन निकट एक नेता दाबी गर्छन्, 'उहाँले शेरबहादुर दाइसँग नजिकबाट कुराकानी गरिरहनुभएको छ। शेरबहादुर दाइ पनि सकारात्मक नै हुनुहुन्छ।'

ती नेताका अनुसार शेखर भने देउवाको आस नगरी हिँड्न सुरु गरिसकेका छन्। 'उहाँ (शेखर कोइराला) त शेरबहादुर दाइको साथ पाउँदिनँ भन्ने थाहा पाएर आफ्नै तरिकाले हिँड्न थालिसक्नुभएको छ। तर, गगन थापा भने संस्थापन बन्नेमा हुनुहुन्छ।'

जे होस्, कांग्रेसी वृत्तमा हेर्दा गगनभन्दा अझ आक्रामक तयारी भने शेखरकै देखिन्छ। तर, उनीहरू दुबै १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि तम्तयार छन्। यसले पनि उनीहरू समानान्तर बाटोमा हिँडिरहेका छन् भन्न गाह्रो छैन।

यो पनि पढ्नुहोस्

विन्दास देउवा !
अर्को समाचार
देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला
२३ चैत्र २०८१
•
१ मिनेट पाठ
देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।




आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे। उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए।

उनले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए।

उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर प¥यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । विचौलियाहरु । हाम्रा नेतृत्वहरु विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस