मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले राप्रपाले बोकेको राजतन्त्रको नारा कहिल्यै सफल नहुने दाबी गरेका छन्।
लहानमा आयोजित ‘पत्रकार आचारसंहिता पालना’ सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री लेखीले नेपालमा अब प्रतिगमन असम्भव रहेको बताए।
उनले भने, ‘’अब नेपाली नागरिक प्रतिगमन सम्भव छैन। कति प्रतिशतले प्रतिगमन रुचाउँछन्, अनुमान गर्नुस् त ? राप्रपाको पक्षमा मतदान गर्ने एक प्रतिशत जनताले पनि नपत्याउने प्रतिगमन फर्किने सम्भव छैन’’
मन्त्री लेखीले सिंगो देशका जनतालाई दास र रैती बनाएको राजतन्त्र कुनै हालतमा पुनःस्थापित हुन नसक्ने जिकिर गरे।