राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित
१७ चैत्र २०८१
•
१ मिनेट पाठ
राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित
राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित भएका छन् । 




सोमबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयक बहुमतले पारित गरेको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गरेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेश गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विपधेयक बहुमतले पारित भएको हो । 

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र ‘निजिकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएका हुन् । 

सरकारले प्रतिस्थापन विधेयकहरु गत माघ १८ गते पेश गरेको थियो । सोमबारसम्ममा विधेयक पारित नभए निष्कृय हुने भएपछि प्रतिपक्षी दलको मागबारे प्रधानमन्त्रीले सम्बोधन गर्दै सरकारले राष्ट्रिय सभाबाट विधेयक पारित गराएको हो ।
अर्को समाचार
राष्ट्रिय सभाले थाल्यो सातै प्रदेश र स्थानीय तहसँग छलफल
११ जेष्ठ २०८२
•
२ मिनेट पाठ
राष्ट्रिय सभाले थाल्यो सातै प्रदेश र स्थानीय तहसँग छलफल
राष्ट्रिय सभाले सात वटै प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसँग संघीयता कार्यान्वयनका बारेमा छलफल थालेको छ ।




राष्ट्रिय सभाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाका आइतबार प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सम्पन्न गरेको छ ।  

छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभा स्थानीय तहसँग बढी जवाफदेही भएकै कारण हामीलाई निर्वाचित गर्ने निर्वाचकमण्डलसँग छलफल थालेको बताउँदै आगामी दिनमा राष्ट्रिय सभाको भूमिकालाई अझै प्रभावकारी बनाउनका लागि सहयोग पुग्छ भन्ने विश्वास लिएको बताइन् ।  

‘संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कानून निर्माणमा भएको ढिलाई र बनेका कानुनको पालना भए नभएको मापन नगर्ने प्रवृत्तिले संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘एकातिर तीनै तहका सरकारबाट कानुन बनाउन ढिलाई गरिएको छ भने भएको कानुनको प्रभावकारी कार्यान्वयन  सफल ढंगले भएको छैन । अब हामीले त्यसको समीक्षा गरेर सुधारको पहल गर्नैपर्छ।’

उपाध्यक्ष घिमिरेले अहिलेसम्म बनेका कानूनको कार्यान्वयनको चरणमा उठेको प्रश्नको उत्तर कानूनको मापनबाट मात्र गर्न सकिन्छ भन्दै कानून लागू गर्न समस्या भएमा कार्यविधि र निर्देशिकाको सहारा लिने प्रवृत्ति बढेको छ यो चिन्ताको विषय भएको उल्लेख गरिन् ।

अन्तरक्रियामा राष्ट्रिय सभाका सदस्यहरु गोपाल भट्टराई, झक्कु प्रसाद सुबेदी, जगप्रसाद शर्मा, राज्यलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, बिष्णु सापकोटा, गोपाल प्रसाद शर्मा, नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थी, गाउँपालिका महासंघ लुम्बिनीका अध्यक्ष बिष्णुकुमार गिरी लगायत स्थानीय तहका प्रमुखहरुले आफ्ना धारणा राखेका थिए ।  

स्थानीय तहका प्रतिनिधिले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक भएको बताउँदै ससर्तका अनुदान बढ्ने तर समानीकरण अनुदान घट्ने गरेकाले संघीयता कार्यान्वयन नै हुन नसकेको उनीहरुको धारणा थियो । सार्वजनिक खरिद नियमावलीले विकास निर्माणका काममा सबैभन्दा कठिन भएको बताउँदै उनीहरुले मालपोत, नापी जस्ता कार्यालयहरु ज्ति सक्यो छिटो स्थानीय तहमा हस्तान्तरण गर्दा त्यसले सेवा प्रवाह बढाउँने तथा शिक्षा ऐन स्थानीय तहलाई अप्ठेरो पर्ने गरि नल्याउन आग्रह गरे ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस