निष्क्रिय हुनबाट जोगिए प्रतिस्थापन विधेयक, दुवै सदनबाट पारित
१७ चैत्र २०८१
•
२ मिनेट पाठ
निष्क्रिय हुनबाट जोगिए प्रतिस्थापन विधेयक, दुवै सदनबाट पारित
अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएका सबै पाँचवटा विधेयक संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका छन् । योसँगै पाँचैवटा विधेयकहरु निष्क्रिय हुनबाट जोगिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गर्दै प्रतिपक्षी दलहरुले सदन अवरुद्ध पार्दै आएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दुवै सदनमा जवाफ दिएसँगै गतिरोध अन्त्य भएको थियो ।




सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा संघीय संसद् सचिवालयमा दर्ता गरेको ६० दिनभित्र दुवै सदनबाट पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ । सरकारले गत माघ १८ गते प्रतिस्थापन विधेयक दर्ता गरेको थियो ।  

सोमबार प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच प्रतिस्थापन विधेयक राष्ट्रियसभाले एकैदिन छलफल गरेर सन्देशसहित फिर्ता पठाएको थियो । प्रतिनिधि सभाको दोस्रो बैठकमा सोमबार नै सन्देशसहित फिर्ता भएको विधेयक प्रस्तुत भएका थिए । 

‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,  ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,  ‘निजीकरण (पहिलो संशोधन) विधेयक, र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका हुन् ।

राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाएका ती विधेयक प्रतिनिधिसभाले पनि सोमबार नै पारित गरेको छ । ती विधेयक सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयक कानुन बन्नेछन् ।  

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस मसान्तभित्र ती अध्यादेश जारी गरेका थिए । सरकारले बहुमत नपुग्ने देखेपछि भूमिसम्बन्धी अध्यादेश भने अगाडी बढाएको थिएन । 
अर्को समाचार
संसद्को गतिरोध अन्त्यका लागि सभामुखको पहल जारी, प्रतिनिधिसभा बैठकमा ढिलाइ
२० जेष्ठ २०८२
•
१ मिनेट पाठ
संसद्को गतिरोध अन्त्यका लागि सभामुखको पहल जारी, प्रतिनिधिसभा बैठकमा ढिलाइ
सभामुख देवराज घिमिरेले संसदीय गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन्।




प्रतिनिधि सभामा मंगलबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची भए पनि प्रतिपक्षी दलको अवरोध जारी रहेपछि सभामुखले सहमतिको पहल जारी राखेका हुन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएपछि राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी) लगायत दलले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने तयारी गरेका हुन्। संविधानमा नै जेठ १५ गते बजेट सार्वजनिक हुने कार्यतालिका रहेकाले सो दिनको बैठकमा भने उनीहरुले अवरोध पुर्याएनन्।  

सहमतिको पहलस्वरुप सभामुख घिमिरे आज बिहान माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। गतिरोध अन्त्य गर्दै संसद बैठकमा बजेटमाथिको छलफल चलाउन दिन सभामुखले गरेको आग्रहमा प्रमुख सचेतक पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध कायम राख्ने बताएको सभामुखको सचिवालयले उल्लेख गरेको छ।

माओवादीले आजैमात्र पनि अवरोध कायम राख्ने बताएको थियो। पाण्डेसँगको छलफल लगत्तै अहिले सभामुखले नेकपा (एमाले)का मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस