गण्डकीका खेलकुद मन्त्री थापा : राज्यबाट प्राप्त रकम सामाजिक सेवामा
१८ चैत्र २०८१
•
१ मिनेट पाठ
गण्डकीका खेलकुद मन्त्री थापा : राज्यबाट प्राप्त रकम सामाजिक सेवामा
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले झण्डै ८० लाख सामाजिक सेवामा खर्चिएका छन् । राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका थापाले पछिल्लो ७ वर्षमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक सेवामा खर्च गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।




२०७४ सालबाट निरन्तर दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित थापा हाल विगत दुई वर्षदेखि प्रादेशिक मन्त्री छन् । उनले ७ वर्षको अवधिमा प्रदेशसभा र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेपनि त्यसमा थपेर झण्डै ८० लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएको बताए ।

थापाले पहिलो वर्ष १० लाख ५४ हजार ६ सय ५५, दोस्रो वर्ष ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, तेस्रो वर्ष १२ लाख ४७ हजार ४० रुपैयाँ, चौथो वर्ष १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, पाँचौं वर्ष ११ लाख ३६ हजार ७ सय रुपैयाँ छैटौं वर्ष ११ लाख १२ हजार रुपैयाँ र सातौं वर्ष वि.स.२०८० मा १० लाख १ हजार ३२४ रुपैयाँ खर्च गरेको जानकारी दिए । आफूले शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाहरूको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोगलगायतमा खर्च गरेको उनको भनाई छ ।

थापाले आगामी दिनमापनि सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । ‘मैले देखाउनका लागि होईन, आम जनताले सेवा पाओस् भनेर हो । त्यसैले मेरो सामाजिक सेवा निरन्तर रहनेछ’–उनले भने ।
अर्को समाचार
गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
०४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।




गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले सरकारले गरेको सिफारिस पत्र आइतबार प्राप्त भएलगत्तै प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिए ।

गण्डकी प्रदेश सभाको पछिल्लो अधिवेशन गत चैत २६ मा अन्त्य भएको थियो । बजेट अधिवेशनमा बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुनुका साथै छलफलसहित पारित हुने गर्दछ । सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुपर्दछ ।

गण्डकी प्रदेशमा जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी प्रदेश सरकारको छ । अर्थमन्त्री डा.टकराज गुरुङ अहिले मन्त्रालयहरुको सिलिङ लिएर बजेटको सिद्धान्त र प्राथमिकतासँगै बजेट निर्माणको काममा जुटेका छन् ।

गण्डकी प्रदेशमा अहिले गत वर्ष भन्दा झण्डै ४ अर्ब कम बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षका लागि अघिल्लो साल गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट ल्याएको थियो । तर यस पटक साढे २९ अर्बको बजेट ल्याउने तयारीमा अर्थमन्त्री जुटेको निकट श्रोतले बताएको छ । यस वर्ष बजेट घट्छ,मन्त्रालय श्रोतले भन्यो,।।।सम्भवत २९ अर्ब ५० करोडको सेरोफेरोमा बजेट ल्याउने तयारी छ ।’

किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस