राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्।
शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आन्दोलनमा सहभागी नभएका मान्छेलाई गोली हान्ने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्री र गोली हान्ने प्रहरीलाई पक्राउ गर्नुपर्छ।’ उनले सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि गोली चलाउन नपाइने पनि स्पष्ट पारेका छन्।
उनले थप लेखेका छन्, ‘बाटोमा हिँडेका मान्छेलाई, घरबाट निस्केका मान्छेलाई गोली हान्दै हिँड्न पाइँदैन। तिमीहरूसँग जनता डराउनुपर्ने हो र? तिमीहरूले झुटा मुद्दा लगाउँदै मान्छे थुन्नुपर्ने हो र? तिमीहरूले भ्रष्टाचार गर्ने, देश लुट्ने हो र? युवाहरूलाई बेरोजगार बनाउने र? अनि आवाज उठायो भने गोली हान्दै हिँड्ने, झुटो मुद्दा लगाएर थुन्ने? होसियार, एक दिन अवस्था यस्तो हुनेछ कि तिमीहरूलाई लुक्नका लागि पनि ठाउँ भेटिने छैन।?’
गत चैत्र १५ गते (शुक्रबार) तीनकुने क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका ठूला आयोजनाहरू रातारात सम्पन्न नहुने भन्दै यस्ता विषयमा व्यंग्य गर्नुभन्दा भविष्यका सन्ततिको सुविधालाई ध्यानमा राख्न आग्रह गरेका छन्।
दाङको टरिगाउँ विमानस्थल र पोखरा-काठमाडौं रेलमार्गबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले दीर्घकालीन योजनाअनुसार काम गरिरहेको बताएका हुन्।
बुधबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकारले निरन्तर प्राथमिकता दिएको बताए।
उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एक-एक करोड बजेट विनियोजन भएको स्वीकार्दै यो रकम विमानस्थल विस्तारका लागि नभई हवाई सेवा सञ्चालनलाई सहज बनाउन मात्रै भएको स्पष्ट पारे। ‘सरकारको दीर्घकालीन योजनाअनुसार यस विमानस्थलको स्तरोन्नति कार्य अगाडि बढाइने कुरा म स्पष्ट पार्न चाहन्छु,’ उनले भने।
पोखरा-काठमाडौं रेलमार्ग अन्तर्गत कुश्मामा स्टेसन बनाउने विषयमा बजेट नपरेको भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्रीले व्यंग्यात्मक टिप्पणी गरे।
‘माननीयज्यूले कुश्मामा रेल्वे स्टेसन भनेर व्यंग्य गर्न खोज्नुभयो जस्तो लाग्छ,’ उनले भने, ‘हिजो बेलुका बनाउनु भनेको रेल्वे बिहानसम्म तयार भएन भन्ने प्रश्न हो ? रेल भनेको बेलुका भनेर बिहानसम्म वा रातिभरिमा तयार हुने हो र ?’
उनले स्वस्थानी व्रतकथामा शिवजीले पार्वतीलाई देखाएको महल जस्तो विकास निर्माण नहुने भन्दै यसको आफ्नै प्रक्रिया र पद्धति हुने बताए। ‘विकास निर्माणको कामको आफ्नो प्रक्रिया हुन्छ, आफ्नो तौरतरिका हुन्छ,’ उनले थपे।
प्रधानमन्त्री ओलीले विगतमा रेलको कुरा गर्दा उडाइएको खिल्लीको पनि स्मरण गरे। ‘जनकपुरमा रेल चलाइएको छ। चल्दै चल्दैन भनेर रेलमा यो गफ मात्रै हो भन्नेहरू पनि थिए,’ उनले भने।
उनले दैलेखमा ग्यास उत्खननको कुरा गर्दा पनि व्यंग्य गरिएको तर अहिले १० अर्ब घनमिटर ग्यास रहेको पुष्टि भइसकेको र अर्को वर्षदेखि उत्पादन सुरु हुने अवस्थामा पुगेको बताए।
‘त्यतिबेला व्यंग्य गर्नेहरूले अहिले यसमा हाम्रो पनि योगदान छ भन्न थालेका छन्,’ उनले भने, ‘यो रेलमार्गको बारेमा पनि अहिले व्यंग्य गर्ने माननीयले पछि हाम्रो पनि योगदान छ, एकलौटी जस लिन पाइँदैन भन्नुभयो भने म खुसी नै हुनेछु।’
प्रधानमन्त्रीले सरकारले आजको लागि मात्र नभई भविष्यका सन्ततिको सुविधा, विकास र सौलियतलाई समेत ध्यानमा राखेर काम गरिरहेको बताए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...