वागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको जारी अधिवेशन बुधबार राति ११ः५९ बजेदेखि अन्त्य हुने घोषणा गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिपक्षी दलहरुले बजेटको विषयलाई लिएर प्रदेशसभामा विरोध गर्दै आएका थिए । सोही कारण मंगलबारका लागि बोलाइएको बैठक बुधबार दिउँसो एक बजेका लागि सारिएको थियो । तर बुधबार पनि नेकपा (माओवादी केन्द्र)ले विरोध गर्ने भएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको हो ।
यसैबीच बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतिपक्ष दलहरूले बागमती सरकार असफल भएको टिप्पणी गरेका छन् । आकस्मिकरुपमा चालु अधिवेशन अन्त्य गर्नु सरकार असफलताको प्रमाण रहेको बताउँदै उसले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा माओवादी केन्द्र, राप्रपा र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद सहभागी थिए ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।
नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उनले सहज उपचारको व्यवस्था गर्ने बताएका हुन्।
“क्यान्सर पीडितलाई एक लाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको छु, आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा निर्देशन दिइसकेको छु”, प्रदेशमन्त्री थापाले भने, “त्यहीअनुसार जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नेछु।”
अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्त्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उनको भनाइ छ।
प्रदेशका ११ अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उनले बताए। नागरिकले उपचार नपाउने अवस्था अस्पतालले सिर्जना गराए कानुनी कारबाही गर्ने बताउँदै उनले काठमाडौँका दुई स्थानमा पानीका कारण देखिएको हैजा नियन्त्रण गर्न विज्ञ टोली खटाइएको बताए।
उनले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रूपमा विकास गरेर जनताको विश्वासलाई कायम राख्ने धारणा राखे।
विगतमा काम गरिरहेका करारका कर्मचारीको एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढिसकेको बताउँदै उनले निजी तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिए।
जिल्ला समन्यव समितिका प्रमुख ईश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापा लगायतले विकासमा विभेद नगरी भक्तपुरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...