संविधान संशोधनको 'च्याप्टर क्लोज' !
२१ चैत्र २०८१
•
४ मिनेट पाठ
संविधान संशोधनको 'च्याप्टर क्लोज' !
गत असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता गठबन्धन बनाए। गठबन्धनको मुख्य अजेन्डा थियो— संविधान संशोधन। संविधान संशोधन मुख्य अजेन्डा बनाएको उक्त सरकार गठन भएको ९ महिना बित्यो। तर, संविधान संशोधनबारे भने सामान्य छलफलसमेत सुरु भएको छैन।




सत्तासीन दलहरू कांग्रेस-एमालेले आफैँले उठाएको संविधान संशोधनको अजेन्डालाई 'भुल्दै' गएका छन्। केही महिना अघिसम्म यसबारे सार्वजनिक मञ्च तथा अनौपचारिक रूपमा विचार व्यक्त गर्ने गरेका नेताहरू अहिले मौनप्राय: छन्।

त्यसो त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको भाखा ०८७ पुर्‍याएका छन्। गत पुस २३ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए— संविधान संशोधन ०८७ सालमा हुन्छ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि दोस्रो तथा तेस्रो तहका कांग्रेस नेताहरूले त्यसको विरोध गरे। तर, सभपाति शेरबहादुर देउवाले भने यसबारे मुख नै खोलेनन्, अहिलेसम्म केही बोलेका छैनन्। जे होस्, संविधान संशोधनको अजेन्डा गुमनाम छ, प्रस्तावकर्ता दलका नेताहरू निकम्मा छन्।

कांग्रेसको पहिलो प्राथमिकता संविधान संशोधन होइन, पूर्ण कार्यान्वयन हो।
यहाँसम्म आइपुग्दा त अझ कांग्रेस-एमाले नेताहरूले संविधान संशोधनबारे आफूलाई थाहै नभएको बताउन थालेका छन्। सरकार गठनपूर्व तपाईंहरूले संविधान संशोधनको अजेन्डा अगाडि सार्नुभएको थियो, त्यसबारेको गृहकार्य कहाँ पुग्यो ? भन्ने नागरिकको जिज्ञासामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसबारे आफूलाई केही थाहै नभएको बताए। 'केही हुँदै नभएको विषयमा मैले तपाईंलाई के भन्नु?,' उपाध्यक्ष पाण्डेले भने, 'यस विषयमा मलाई केही थाहा छैन। केही भएको पनि छैन।'

उपाध्यक्ष पाण्डेको भनाइलाई आधार मान्दा सरकारले संविधान संशोधनबारे केही गृहकार्य गरिरहेको छैन, गर्ने कार्यक्रम पनि बनाएको छैन। त्यसो त अहिलेको सरकारलाई अङ्कगणितीय जटिलता छ। संविधान संशोधनका लागि सङ्घीय संसद्का दुबै सदनमा दुईतिहाइ आवश्यक पर्छ। तर, वर्तमान सरकारसँग प्रतिनिधि सभामा जसोतसो दुईतिहाइ पुगे पनि राष्ट्रिय सभामा बहुमत पुग्नु पनि मुस्किल छ।

प्रधानमन्त्री ओलीले ०८७ भाखा पुर्‍याउँदा पनि यही कुरा उद्धृत गरेका थिए। एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला पनि वर्तमान सरकारसँग अङ्कगणितीय जटिलता रहेकाले अगाडि बढिहाल्न गाह्रो भएको स्वीकार्छन्। 'सरकारले जति गृहकार्य गरे पनि, जति तयारी गरे पनि अन्ततोगत्वा: पारित गर्ने निकाय मुख्य हुन्छ। यद्यपि, हामीले आवश्यकताअनुसार छलफल गर्ने नै छौँ, गृहकार्य गर्ने नै हो,' उनले भने।

सत्ता गठबन्धनको बैठक।
बरु संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिँदा उचित हुने भनाइ बर्तौलाको छ। 'संविधानको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अहिलेका लागि कार्यान्वयनमा ध्यान दिनु उचित होला,' उनले भने।

उसो त संविधान संशोधनबारे प्रस्तावकर्ता दलहरू कांग्रेस-एमालेबीच नै प्रशस्त संवाद भएको छैन। सरकार बनेलगत्तै यसमाथि केही तहसम्म विमर्श र छलफल भए पनि पछिल्लो समय यो बहस शून्यताको अवस्थामा छ, एक हिसाबले भन्दा यसको 'च्याप्टर क्लोज' भइसकेको छ।

कांग्रेसले त संविधान संशोधन आफ्नो पहिलो प्राथमिकतामै नरहेको बताउँछ। 'संविधान संशोधनको विषय हाम्रो पहिलो प्राथमिकतामा छैन,' कांग्रेसका एक नेताले नागरिकसँग भने।

संविधान संशोधनबारे केही भएकै छैन, हुँदै नभएको कुरामा के भन्नु ?
ती नेताले अहिले संविधान संशोधन नभई पूर्ण कार्यान्वयनमा जानुपर्ने विचार व्यक्त गरे। 'कांग्रेसको प्राथमिकता सुरुमा संविधान कार्यान्वयनका लागि ऐन बनाउने र ऐन बनाउँदै जाँदा जटिलता देखिँदै गयो भने बल्ल संशोधनमा जाने भन्ने हो,' उनले भने, 'संशोधनचाहिँ दोस्रो प्राथमिकतामा छ। अहिल्यै सम्भव पनि हुँदैन।'

त्यसो भए संविधान संशोधनको 'च्याप्टर क्लोज' भएको हो ? भन्ने जिज्ञासामा उनले भने, 'अहिल्यै त्यसो नभनौँ। अझै दुई वर्ष पूरा समय छ। यसबीचमा आवश्यक पर्‍यो भने हुँदैन भन्न सकिँदैन। तर, अहिलेका लागि हुन्छ भन्न पनि सकिँदैन।'

कांग्रेसका अर्का नेता मीन विश्वकर्मा पनि अहिलेका लागि संविधान संशोधनको सम्भावना देख्दैनन्। प्रधानमन्त्री स्वदेश फर्किएपछि आवश्यक छलफल अगाडि बढाउने उल्लेख गर्दै उनले भने, 'प्रधानमन्त्रीजी स्वदेश फर्किनुभएपछि आवश्यक छलफल गर्छौँ। हाम्रा बीचमा अनौपचारिक छलफलहरू भइरहेकै छन्। तर, अहिलेका लागि त्यसको सम्भावना कम नै देखिन्छ।'

जसै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्ष दलहरू नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरूले दुई ठूला दलहरू कांग्रेस-एमालेले मिलेर सरकार बनाउनका लागि मात्रै संविधान संशोधनको हवाला दिएको आरोप लगाउँदै आएका छन्। यति कुरा- यदि यो सरकारले संविधान संशोधन नगरे प्रमुख प्रतिपक्षी तथा विपक्षी दलहरूको आरोप झुटा भन्न नसकिएला!
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस