'बर्बाद गरिदिन्छु' भन्दै सीके राउतले धम्की दिएको साहको आरोप
२४ चैत्र २०८१
•
२ मिनेट पाठ
'बर्बाद गरिदिन्छु' भन्दै सीके राउतले धम्की दिएको साहको आरोप
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले आफूलाई पार्टी अध्यक्ष डा. सीके राउतले धम्की दिएको बताएका छन्।




२०८१ असोज ७ गते सोमबार करिब १२ बजेर ३८ मिनेटको समयमा फोन गरेर 'साहहरूले पार्टी कब्जा गर्न खोजेका छन्, तिमीलाई बर्बाद गरिदिन्छु' भनेर अध्यक्ष राउतले धम्क्याएको साहले बताएका छन्।

अध्यक्ष राउतको उक्त धम्कीबारे आफूले पार्टीको स्थायी समितिका सदस्यहरूलाई समेत जानकारी गराएको साहले बताएका छन्। 'पछि महेश इसर र नरेन्द्र चौधरीसँग २/३ पटक छलफल गरेर अन्तमा राउतसँगै बसी अब यस्ता कुराकानी नगर्ने अमूर्त सहमति भएको थियो,' उनले भने।

साहले अध्यक्ष राउतको त्यो धम्की कार्यान्वयन भएको जिकिर गरेका छन्। उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ। साहले उक्त कारबाहीलाई अध्यक्ष राउतको उक्त धम्कीको कार्यान्वयनका रूपमा अर्थ्याएका छन्।

'त्यो धम्की कार्यान्वयनमा आएको छ। गैरराजनीतिक पोस्टहरूमार्फत मलाई ग‌द्दार घोषित गरिएको छ। यस्ता कार्यहरू मेरो राजनीतिक छवि समाप्त पार्ने, मानसिक तनाव दिनेर चरित्र हत्या गर्ने प्रयास मात्र हुन्,' उनले भनेका छन्।

साहले पार्टीका आफूविरुद्धका यस्ता प्रचार बन्द गर्नुपर्ने बताएका छन्। यदि बन्द नभए आफू आत्महत्या दुरुत्साहन मान्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। 'यदि यस्तो प्रवृत्ति तत्काल नरोकिए म यसलाई व्यक्तिगत प्रतिशोधको आधारमा नियोजित रूपमा गरिएको आत्महत्या गर्न दुरुत्साहन मान्न बाध्य हुनेछ,' उनले भनेका छन्।

कारबाही फिर्ता लिन आग्रह

साहले पार्टीलाई आफूमाथिको कारबाही फिर्ताका लागि समेत आग्रह गरेका छन्। गत चैत १९ गते पार्टीको अनुशासन समितिलाई पत्र लेख्दै कारबाही फिर्ताका लागि आग्रह गरेका हुन्।

'विसं २०८१/१२/१४ गते पठाइएको कारबाही पत्रप्रति गम्भीर असहमति जनाउँदै स्पष्ट पार्न चाहन्छु कि मैले कहिल्यै जानाजानी जनता, पार्टी वा अध्यक्षविरुद्ध तथा पार्टीको अहित हुने कार्य गरेको छैन। कसैले गलतको विरु‌द्ध वा कसैको समर्थनमा लेखेकामा समर्थन र विरोध गर्नु जसको पनि अधिकारभित्र पर्दछ। अनुशासन समितिमार्फत लगाइएका निराधार, काल्पनिक र षड्यन्त्रपूर्ण आरोपहरू खारेज गरी ममाथि गरिएको कारबाही तत्काल फिर्ता गर्न अनुरोध गर्दछु,' उनले भनेका छन्।

उनले पार्टीले आरोप मात्रै लगाएको उल्लेख गर्दै अध्यक्ष राउतलाई सन्तानको टाउकोमा हात राखेर कसम खान चुनौतीसमेत दिएका छन्। 'कानुनी मान्यता नभए पनिसत्यताको प्रमाणका लागियदि आरोप लगाउनेले आफ्नो अभिभावक वा सन्तानको टाउकोमा हात राखी सपथ खाए म सम्पूर्ण आरोप स्वीकार गर्न र कारबाही भोग्न तयार छु,' उनले पत्रमा भनेका छन्।

पार्टीले गत फागुन २१ गते साह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो। उनीहरूले समयसीमाभित्रै स्पष्टीकरण बुझाएका थिए। तर, चित्त नबुझेको भन्दै पार्टीले साहलाई गत चैत १४ गते कारबाही गर्‍यो। यसपछि साहले एक हप्ताभित्र कारबाही फिर्ता लिनका लागि पत्र लेखेका हुन्।
अर्को समाचार
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
१२ असार २०८२
•
१ मिनेट पाठ
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्। 




राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ। 

राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।

राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। 

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस