'नागरिक जनमत पार्टी'को केन्द्रीय समिति ७०० सदस्यीय, बागमती प्रदेशमा दुई अध्यक्ष
१३ वैशाख २०८२
•
२ मिनेट पाठ
'नागरिक जनमत पार्टी'को केन्द्रीय समिति ७०० सदस्यीय, बागमती प्रदेशमा दुई अध्यक्ष
डा. चन्द्रकान्त राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा।




एकतापूर्व दुबै पार्टीले बैठक बोलाएका छन्। ती बैठकले आपसमा एकता गर्ने निर्णय गर्नेछन् र पार्टी एकता प्रक्रियामा समाहित हुनेछन्। 

एकताका लागि तयारी पूरा भएको दुबै तर्फका नेताहरूले बताएका छन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकसँग भनिन्, 'लगभग तयारी पूरा भएको छ। १७ गतेसम्म पूरा भइसक्छ र एकता घोषणा हुन्छ।'

जनमतका प्रवक्ता डा. शरदसिंह यादव पनि एकताका लागि आफूहरू तयार रहेको बताउँछन्। आफूहरू अघि नै पनि तयारी नै रहेको उल्लेख गर्दै प्रवक्ता यावले भने, 'अब एकीकृत रूपमा अगाडि बढ्ने पक्का भइसक्यो। एकता भइहाल्छ।'

एकीकृत पार्टीबारे

दुई पार्टी एकीकृत भएपछि बन्ने नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी हुने भएको छ। यसका लागि सहमति भइसकेको नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

नेताहरूले बताएअनुसार नागरिक जनमत पार्टीको केन्द्रीय पदाधिकारी २५ सदस्यीय हुनेछ। यस्तै केन्द्रीय समिति भने ७०० सदस्यीय हुनेछ। 

पार्टीको चुनाव चिह्न ढकिया नै रहने भएको छ। यसअघि ढकिया नागरिक उन्मुक्तिको चुनाव नै चिह्न हो। पार्टीको झण्डा भने वैजनी रङको चौकुने आयातभित्र ढकिया हुनेछ।

एकतापछि सात प्रदेशमध्ये जनमत र नागरिक उन्मुक्तिले क्रमश: ३/३ वटामा नेतृत्व लिनेछन्। त्यसमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिले र कोशी, मधेश र गण्डकीमा जनमतले नेतृत्व गर्नेछन्। बागमतीमा भने दुई अध्यक्षात्मक प्रणाली अपनाइने नेताहरूले बताएका छन्।

एकीकृत पार्टीको नेतृत्वबारे

नागरिक जनमत पार्टीको अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) रहनेछन्। उनी जनमत पार्टीका अध्यक्ष हुन्। उनलाई एकीकृत पार्टीको पनि अध्यक्ष बन्ने मौका मिलेको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी एकीकृत पार्टीकी सहअध्यक्ष रहनेछिन्। 

पार्टीको संरक्षक भने रेशम चौधरी रहनेछन्। उनी नागरिक उन्मुक्तिका संरक्षक हुन्। उनलाई एकीकृत पार्टीको संरक्षक नै बन्ने मौका मिलेको छ। उनी सहअध्यक्ष रञ्जिता श्रेष्ठकी पतिसमेत हुन्। 
अर्को समाचार
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी
०४ साउन २०८२
•
१ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।




आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।

चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए। 

उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस