रास्वपाको आरोप: शिक्षकलाई ‘बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने चिन्ता देखियो, सरकारमा देखिएन
०६ वैशाख २०८२
•
१ मिनेट पाठ
रास्वपाको आरोप: शिक्षकलाई ‘बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने चिन्ता देखियो, सरकारमा देखिएन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारले शिक्षकको आन्दोलनलाई आलटाल गरिरहेको आरोप लगाएका छन्। शनिवार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै बुर्लाकोटीले यस्तो अवस्था दुखद रहेको बताएका छन्। 




‘लामो समयदेखि शीघ्र शिक्षा विधेयक ल्याइयोस् भनी आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न आगामी संसद् अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सशक्त प्रस्तुत हुन केन्द्रीय समितिले संसदीय दललाई निर्देशन गरिएको विदितै छ,’ बुर्लाकोटीले लेखेका छन्,‘विधेयक त पक्का पनि सदनबाटै ल्याउने हो। तर  आन्दोलनरत शिक्षक संघ सङ्गठनलाई यो विषयमा विश्वस्त पार्ने काम सरकारको हो।’

शैक्षिक सत्र सुरु हुँदै गर्दाखेरि चलिरहेको यस आन्दोलन समयमै सम्बोधन हुन नसक्दा खस्कँदो सार्वजनिक शिक्षाको गुणस्तर माथि थप बज्रपात हुने उनले उल्लेख गरेका छन्। ‘आन्दोलनमा रहेका शिक्षकहरू स्वयं ‘हाम्रो बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने गीत गाइरहनुभएको छ। शिक्षकहरूमा देखिएको यो चिन्ता सरकारमा देखिएन,’ बुर्लाकोटीले लेखेका छन्। 

सरकारले सबै मागहरू तत्काल पूरा गर्न नसक्ने अवस्थालाई भने उनले स्वीकार गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर त्यसको संवाद गरी साङ्गोपाङ्गो लगाउने जिम्मा सरकारकै हो।’ 

सरकार शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्ने विषयमा नभागोस् र आउने सातादेखि हाम्रा विद्यालयहरू नियमित खुलुन् भन्ने अपेक्षा कार्यवाहक महामन्त्री बुर्लाकोटीले राखेका छन्। 
अर्को समाचार
वकिलको दलबलसहित निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री
०४ साउन २०८२
•
१ मिनेट पाठ
वकिलको दलबलसहित निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी कानुन व्यवसायीको दलबलसहित निर्वाचन आयोग पुगेका छन्। पार्टीले पछिल्लो समय गरेका विभिन्न हेरफेरहरू अद्यावधिकको अवस्था बुझ्न आइतबार निर्वाचन आयोग पुगेको बुर्लाकोटीले बताए। 




‘हामी पार्टीको कानुन विभागका कानुन व्यवसायी साथीहरू सहित आएको कारण चाहिँ निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी हेरफेर अद्यावधिक गर्न अलिकति विलम्ब गरेको जस्तो अवस्था देखियो,’ बुर्लाकोटीले भने, ‘यो विलम्ब नगर्नुपर्ने, यसमा कैफियत छ कि भन्ने हिसाबले यो कुरा राख्न आएको हौँ।’ यो कुरा आफूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त र सचिवहरूसँग राखेको उनले बताए। 

‘पार्टीका तर्फबाट बुझाइएका कागजातहरू लगभग सबै पुगेको छ भन्ने उहाँहरूले जानकारी दिनुभयो,’ बुर्लाकोटीले भने। आफूहरूले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको, त्यसपछाडि हेरफेर भएका विवरण पटक–पटक बुझाएको उनले दाबी गरे। ‘यो अद्यावधिक हुनुपर्ने कुरामा किन विलम्ब भयो? भन्दा उहाँहरूले गर्दै छौँ भन्ने प्रतिक्रिया दिनुभयो,’ उनले भने।

यसअघि डा. मुकुल ढकालले दिएको निवेदनको जवाफमा निर्वाचन आयोगले रास्वपाको पदाधिकारी हेरफेर अद्यावधिक नभएको र मुकुल नै महामन्त्री कायम रहेको पत्र दिएको थियो। 

त्यस लगत्तै मुकुल पार्टीको पदाधिकारी हेरफेरका सम्बन्धमा सर्वोच्च अदालतमा रिट सहित पुगेका थिए। उनको मुद्दा अदालतमा विचाराधीन छ। त्यही मुद्दाका कारणले पनि आयोगमा हेरफेरको निर्णय अद्यावधिक गर्न ढिलाइ भएको हुनसक्ने बुर्लाकोटीले आशङ्का व्यक्त गरे। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस