राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले सत्तारुढ गठबन्धनमाथि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गिजोलेको आरोप लगाएका छन्। मङ्गलवार सामाजिक सञ्जालमा गभर्नर नियुक्तिमा भएको रस्साकस्सीको ‘टाइमलाइन’ राख्दै झाले यस्तो आरोप लगाएका हुन्।
राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै फागुन २१ गते यता गभर्नरका लागि भएका रस्साकस्सीको समय र गतिविधि उल्लेख गरेका छन्।
जसमा फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गरेको देखि मङ्गलवार सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईको राजीनामासम्मका १६ वटा गतिविधि उल्लेख छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा आफूहरूको आन्दोलन जारी रहेको बताएको छ।
शुक्रबार (आज) बसेको संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपा सांसद मनीष झाले भने, 'हाम्रो आन्दोलन जारी छ।'
सांसद झाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लाई धन्यवादसमेत दिए। माओवादी केन्द्रका प्रति व्यङ्ग्य गर्दै उनले भने, 'अहिलेसम्मको सहयात्राका लागि प्रमुख प्रतिपक्षलाई धन्यवाद।'
उनले थप भने, 'लुटिएका नागरिकहरूले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...