राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले पार्टी सभापति रवि लामिछाने बिनाको पार्टीको परिकल्पना नगरेको बताएका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
'हामीले रवि लामिछाने बिनाको रास्वपाको परिकल्पना गरेका छैनौँ। त्यसैले कानूनी प्रक्रियाहरूको फेस गर्दै प्रकियगत रूपमा अगाडि बढिरहेका छौँ,' उनले भने।
यस्तै उनले पार्टी सभापति लामिछाने पार्टीमा सक्रिय नहुँदा पार्टी सोचेअनुरूप अगाडि बढ्न नसकेको बताए।
लामिछाने रास्वपाका संस्थापक हुन्। तर, पछिल्लो समय उनी थुनामा छन्। सहकारी ठगी प्रकरणमा मुछिएका उनी अहिले जिल्ला प्रहरी रुपन्देहीको हिरासतमा छन्।